राजा अमेरिका नजाने ?
२०६२ भदौ २० सोमबार @ 1224 NST
संयुक्त राष्ट्रसंघको महासभामा भाग लिनका लागि राजा न्युयोर्क नजाने भएका छन्। तर यो समाचारलाई आधिकारिक रुपमा पुष्टि भने गरिएको छैन। (Update 4 pm NST: पुष्टि भइसक्यो, थप जानकारी का लागि यहाँ जानुस्)त्यसो त राजा जाने भनेर पनि घोषणा भएको थिएन। यद्यपि पछिल्ला घटनाक्रमलाई हेर्दा राजा अमेरिका नजाने कुरामा मलाई भने विश्वास लागेको छ। राजा अमेरिका जानुअघि देशमा राजनीतिक घटनाक्रम तीव्र रुपले विकास भइरहेका छन्। अमेरिकामा बस्ने नेपालीहरुले विशाल विरोध प्रदर्शनको तयारी गरिरहेका छन् भने नेपालमा पनि नागरिक समाजले राजा अमेरिका जाने दिन बाटोमा सुतेर भए पनि बाटो छेक्नुपर्छ भन्दै विरोध प्रदर्शनको तयारी गरिरहेका छन्। माअोवादीहरुले एकतर्फी युध्दविराम गरेका छन् र दलहरुले आन्दोलन चर्काएका छन्। अमेरिकी राष्ट्रपतिले पनि राजालाई नभेट्ने कुरा आएका छन्। राजा जाने भनिएको जर्मनीमा पनि नेपालीहरुले कालो झन्डा देखाउने तयारी गरेका छन्।
[Update: 6 Septmeber आज प्रकाशित कान्तिपुरले पनि यो समाचार प्रकाशित गरेको छ। मेरो संसारले पहिलो पटक यो समाचार सार्वजनिक गरेको हो]


जाओस पनि कसरि बिचरा … बाटो भरि काँडा नै काँडा भए पछि
रहर त थियो होला नि अमरिका घुम्ने , बुस ले पनि वास्ता नगर्ने
नेपाली पनि नहेर्ने । जर्मनि मा समेत वास्ता नगर्ने भए पछि
आफ्नो छोरा को जर्मनि भएको हालत नहोस भनेर समय मा
नै सजग भएको हुनुपर्छ। जर्मनि मा पारस ले गरेको बदनामी
अहिले सम्म बाकि छ । नभएको बुद्वि खर्च गरेछ नि राजा ले ।।।
Comment by Bhaute — September 5, 2005 @ 4:03 pm
उमेस दाइ
नमस्ते
राम्रो काम गरिरहनु भएको छ । अवश्य पनि तपाई को
पत्रकारिता लाई नेपाली पत्रकारिता सदैव आत्मसाथ गर्ने छ।
एक पटक हाम्रो रुबिन को पुरा गित र भिडियो हेर्ने चाहाना थियो ।
तपाई लाई मिल्छ भने पुरा गित र भिडियो यो ब्लग मा राखिदिनु
होला ।
तपाइ को पुरानो पाठक
जर्मनि बाट
Comment by बाबु — September 6, 2005 @ 3:44 am
bastavma mausoof sarkarlai america jana denu parthyo. chahincha bhane dus crore matra hoina ek arab rupaiya nai deyara pathaya hunthyo. tara mausoof lai farkana bhane dinu bhayana. nepalile thulo mauka gumayo, nepali ko buddhe firos.
Comment by xyz — September 6, 2005 @ 6:43 am
Raja jane najane vanda pani hamile bujhnu parne kura, raja ko UN jane birodh ko pachhadi kasko hat chha vanne ho. Suniye anusar RAW le party leader, so called Human Right activist and student leaders haru lai tanna paisa diyera yesma sanchalan gareko vanne ahile India tatha bangladesh bata sanchalit dherai web news haru ma padhna payinchha. UN jane bata rokne yesto birodh Nepal ko Raja matra haina Bangladesh ko PM ko birodh ma pani yestai chalayeko chha. Yo garnu ko khas karan chani ahile huna lageko surachhya parisad le thapna lageko permanent member ko voting ko karan ho. India pani euta Candidate ho ani Nepal ra Bangladesh bata usle vote napaune hunda Nepal ra Bangladesh ko vote aru ko ma najaos vanera rokne prayash ho yo. India le sponsor garera chalayeko yo pressure ko Nepal ko democracy ra human right sanga kunai sarokar chhaina. Tala diyeko website pani padhau aru thaha hunchha.
http://newstodaynet.com/guest/0109gu1.htm
Comment by Kurako Kura — September 6, 2005 @ 8:08 pm