कयौं ठाउँबाट एकै पटक निषेधाज्ञा तोडियो
२०६२ भदौ २०, सोमबार

वाह, क्या सिन हैः पक्राउ पर्ने र पक्रने दुवै मख्ख, हाँसिरहेको। नेपाली काँग्रेसका प्रवक्ता अर्जुन नरसिंह केसीलाई प्रहरी गिरफ्तार गर्दै। तस्वीरः उमेश
आज पनि दलहरुले निषेधित क्षेत्र तोडे। रत्नपार्कमा निषेधित क्षेत्र तोडिने भनिएकोले म ठीक ठाउँमा त्यहाँ पुगेको थिएँ। भोटाहिटीबाट रत्नपार्क निस्कने गल्लीमा प्रहरीले बाटो छेकेर बसेको थियो। रमितेहरुलाई रोक्न प्रहरीले त्यहाँको आकाशे पुलमा कसैलाई चढ्न दिएको थिएन। यसो हेर्दा निषेधित क्षेत्र तोड्न खोज्नेहरुको भीड खासै देखिएन। हिजोको आजै किन यसरी सहभागिता घटेको होला भन्ने ठानेको त पछि पो थाहा भयो, सात दलले एक ठाउँबाट मात्र हैन, विभिन्न ठाउँबाट एकै पटक निषेधित क्षेत्र तोड्ने प्रयास गरेका रहेछन्। न्युरोड, प्युखा, सुन्धारा, जमल आदि ठाउँबाट पनि निषेधित क्षेत्र तोड्ने प्रयास भएका रहेछन्। न्युरोडमा व्यापक टियरग्यास र लाठी प्रहार भएछ।

निषेधित क्षेत्रमा जान प्रहरीको घेरा तोड्न तयार नेताहरु।
यता म बसेको ठाउँमा भने खासै केही भएन। भोटाहिटीबाट रत्नपार्क निस्कने बाटोमा प्रहरीले घेरा हालेको थियो। “हाम्रो आन्दोलन जारी छ, निरंकुश राजा फालिन्छ” आदि नारा लगाउँदै केही बेर उनीहरु प्रहरीको घेरानजिकै बसिरहे। त्यहाँ भएका मैले चिनेका केही अनुहारमा काँग्रेसका रामशरण महत र अर्जुननरसिंह केसी थिए। एकैछिनमा आन्दोलनकारीहरुले घचेटाघचेट गरी प्रहरी घेरा तोडे। तत्काल प्रहरीले रामशरण महत र अर्जुननरसिंह केसीलाई समातेर भ्यानमा हाले। केसीलाई प्रहरीले पक्रँदै गर्दाको फोटो राम्रो आएछ। त्यसमा पक्रने पनि हाँसिरहेको छ, पक्राउमा पर्ने पनि हाँसिरहेको छ। त्यसरी नै एकएक गरी समात्दै भ्यानमा हाल्न थालियो।

निषेधाज्ञा तोड्न खोज्नेहरुलाई भोटाहिटी चोकमा रोक्दै प्रहरीहरु। तस्वीरः उमेश
यता नेताविहीन कार्यकर्ता फेरि प्रहरीको घेराभन्दा परै थिए। एकै छिनमा कहाँबाट हो, सडकमा पार्टीका झण्डा बोकेका केही कार्यकर्ता देखिए, नारा लगाउँदै। त्यो देखेपछि यता भोटाहिटीतिर बाटो छेकिरहेका प्रहरीहरु अलमलमा परे। त्यही मौकामा त्यताकाहरुले पनि रत्नपार्कतिर जान खोज्दा एक जना प्रहरीले ज्यादै नराम्रोसित एक जनालाई लाठीले हाने। बिचरा, टाउको सुम्सुम्याउँदै थिए। फेरि तुरुन्तै नियन्त्रणमा लिइहाले प्रहरीले स्थिति। खासै केही देखिएन। संख्या कम भएकोले पनि होला, प्रहरीको प्रतिरोध गर्न सकेनन्। प्रदर्शनकारी भन्दा रमिते र प्रहरी कै संख्या बढी देखिन्थ्यो।

पुलिसले रत्नपार्कको आकाशे पुलमा कसैलाई चढ्न दिएको थिएन। तस्वीरः उमेश
उता, पछि टिभीमा हेर्दा, न्युरोडमा भने गजबको भिडन्त भएछ। टायर बालिएछ, टियर ग्यासहरु छाडिएछन्। धन्न हिजो जस्तो आँसु चुहाउनु परेन त्यताको कार्यक्रम थाहा नभएर। पत्रकारहरुले पनि चुटाइ खाएछन्। तर यता हामी भएको ठाउँमा भने पत्रकारप्रति प्रहरीको व्यवहार राम्रै थियो। समयसमयमा मलाई प्रहरीले रोक्न खोज्थे तर मेरो हातमा क्यामेरा देखेपछि भने छाडिदिन्थे।

प्रहरी प्रदर्शनकारीलाई भ्यानमा कोच्दै। तस्वीरः उमेश
यता, भोटाहिटीमा भने बचेखुचेका केही प्रदर्शनकारीलाई प्रहरीले असन चोकसम्मै लखेट्यो। त्यसपछि अघिसम्म भीड भएको भोटाहिटीबाट रत्नपार्क निस्कने बाटो खुला भयो। पसलहरु बन्द भए। म पत्रकारबाहेक अरुलाई निषेध गरिएको आकाशे पुलको केही खुडकिला (माथिसम्म त हामीलाई पनि जान दिइएन) मा चढेर रमिता हेर्दै थिएँ। तर शो खासै रोचक नलागेकोले जति छ त्यति फोटो बरु तुरुन्तै अपडेट गरिदिनु पर्यो भनी भोटाहिटीको साइबरमा पसेँ। त्यतिबेलासम्म प्रहरी प्रदर्शनकारीहरुलाई असन चोकसम्म लखेटेर फर्कँदै थियो। पछि साइबरमा बस्दा पनि तलतिर कुदाकुद भइरहेको सुनिन्थ्यो।

प्रहरीको टियर ग्यास प्रहार गर्ने अत्याधुनिक यन्त्र, भ्यानको छतमा हेर्नुस्। तस्वीरः उमेश
साइबर त पसेँ तर त्यहाँ फोटोसप प्रोग्राम नै रहेनछ। साइबरमा बस्ने साहुजी सहयोगी थिए। कुन चाहिँ एउटामा छ होला भन्दै खोज्दै थिए। एउटा कम्प्युटरमा पिक्चर म्यानेजर प्रोग्राम भेटियो। फोटो एडिटिङको लागि मलाई फोटोसप नै सजिलो लाग्छ। तर नहुनु मामाभन्दा कानो मामा जाति। अरु नभए पनि साइज चाहिँ पिक्चर म्यानेजरबाट नै मिलाउँला भन्ने सोचेँ। मिलाएँ र अपलोड गरेँ। लेख्न भने युनिकोडमा लेख्न नमिल्ने हुनाले रोमन लिपिमा लेखेँ। साइबर सार्है स्लो थियो। फोटो अपलोड गर्न नै निकै टाइम लाग्यो। झन्झट पनि लाग्यो त्यसपछि त।

प्रदर्शनकारीलाई राख्न मिनी टाटा पनि राखिएको थियो तर भ्यान नै काफी भयो। तस्वीरः उमेश
जे होस्, रोमनमा नै भए पनि लेखेर केही फोटो राखेर अपलोड गरिहालेँ। घटना भएको एक घण्टा नबित्दै मैले ती फोटो अपलोड गरिसकेको थिएँ। तर थाहा छैन कतिले हेरे। मेरो मेहनत कतिको सफल भयो, म आफैलाई थाहा छैन।
साइबरबाट यति पोस्ट गरेको थिएँ,
Sat Dal le aaja pani nisedhit chhetra tode
2062 bhadra 20 @1604 NST
congress ka Arjun Narsingh KC giraftar hundai…(Photo:Umesh)
[chhito samachar dina cyber bata update gareko….yehhan unicode chhaina tesaile roman lipi ma nai lekheko]
Sat dal le aaja pani ratnapark ma nisedhit kshetra todne prayas gare. Tara uniharu ko prayas lai prahari le asafal pari diye. Aaja ko karyakram ma hijo jastai sirsha neta haru ko sahabhagita thiyena ra bhid pani dherai thiyena, tesaile hijo jasto tear gas haina lathi charge le nai bhid titarbitar bhayo. Nepali congress ka arjun narsingh kc , ramsharan mahat aadi giraftar bhaye. bhotahity ko cyber bata yee words type garda samma bahira ko sthiti tanavgrasta thiyo…. yes sambandhi bristit pachhi lekhnechhu ahile lai photo haru….

nisedhagya todna tayar neta haru…yee sabai giraftar bhaye

tear gas hanna lai lyaiyeko gadi…van ko chhat ma tear gas hanne atyadhunik yentra

police le ratna park ko aakashe pool ma kasai lai chadhna diyena….
aba caption lekhna bhyaunna yehaan ko cyber slow …sarai dukha diyo….


Sabai Neta haru ani Maoist haru samet lai uniharuko chhora/chhori ani nati/natina lai andolan ma aauna vanau ani herau kati le lyauchha. Sabai ko santan lai US, UK ani Australia ma rakhera padhaune ani sojha nepali ko santan ko padhai bigarera yiniharu satta ma jane?
Comment by Kurako Kura — September 5, 2005 @ 10:06 pm
Thank you very much for the latest news. Keep it up.
Comment by Kechha Khabar — September 6, 2005 @ 3:28 am
Arjun Nar shing le aafaile banayeko inspector le giraftar gareko bhayara haseka hun dubaijana. Sala Daka haru hun ni sabai, des lai yo paristhiti ma laune haru lai ta goli hanera marnu parchha, tara ke garne sab chhor haru hun.
Comment by Jose — September 6, 2005 @ 3:35 am
Comment pani ramro Garni ni. Kurako Kura bhanne ta Dahade Rahechha! Aafu Kahi Gardaina Hola… Garekaharuko Ris Gardo Rahechaa…. Mukh Chadera Kasaila comment garnu Ramro Haina…. Andilanma Bhag Lina Nasakne ra Man Naparne Hau Bankali ma Gaya ra Base Hunchha…
Comment by Krishna P. Khatiwada — September 6, 2005 @ 11:30 am
I appreciate your work. Keep it up with great spirit!
Comment by raju — September 6, 2005 @ 1:37 pm
चटकेहरुको चटक कति थरी रहेछन् अचमै छ। भ़स्टचारी चोर नेताहरु, सोजा नेपालि जन्ताको पसिना र रगत चुस्न पाएको छैन हालमा त्यसैले त्यसको शाखा सन्तानलाई लिएर विभिन्न नैटङकी देखाऊदै हिडेको छ। यस्ताहरुलाई प़हरीले किन केही नगरेको होला साच्चै ??? समाएर छोड्नु भन्दा त पाटा फुस्किने गरी यिनीहरुको ढाड सेकेको हेर्न पाए त गजबै रमाईलो हुन्थ्यो।
Comment by ashantii — September 6, 2005 @ 2:41 pm
hi yo news phery milayera post garnu hola kina ki free bhandai ma anawashyak space ta use garnu bhayena ne.ani sachi jun blog update barsau dekhi bhayeko chhaina tyo side ko link pani hataunu hola
Comment by जिवन — September 6, 2005 @ 3:01 pm
Janata lai Murkha banauna ta Yini haru lai jasto kas lai aaucha ra? Sale gadha haru….janta ko paisa sore ra helicopter kinchan…Yini haru lai ta suli ma chadhaunu parne.
Comment by THE BOSS — September 7, 2005 @ 10:44 am
you did well keep going!
Comment by kalam — September 7, 2005 @ 8:16 pm
Ma pani hijo 21 gate ko andolan ma bhaag lina gaeko thien. afu ta sandhai agrim morchama basnu parne. pulisko parkhal bhatkaera new road gate par gari bir hospital pugda hami jamma jammi 200 jana jati rahechhau. mahabauddha ra new road tarfa bata aeko pulisko ghera ma pariyo. Tear gas khai titar bitar bhaera guchcha tole bata feri pyukha new road pugeko ta sala kehi neta haru ta pulis le pakrau gareko photo session po gari rakheko. Thuikka sale haru. Afno bhane dhad ma muslo utheko chha, tyahan bhane natak.
Comment by karna — September 7, 2005 @ 10:16 pm
yastai hunchha karna jee . 46 salma ma pani tastai thaya
k k na hola bhanara prajatantra larayako ta neta haru lai bhastchhar garna po ra ha chha
bicycle chadna nata ko 3-3 ota prado gadi ani kalanki banashewor kupandol ma ghar kata batta bho ?
Comment by sourav — September 8, 2005 @ 3:38 am
thats right sourav ji…
not only prado….Helicopter pani kineka chan mora haru le….
Comment by THE BOSS — September 12, 2005 @ 11:27 am