एउटा अर्को “नागरिक” सभा
२०६२ भदौ २२ मंगलबार

नयाँ बानेश्वरमा आज आयोजित रैति बन्न चाहनेहरुको “नागरिक” सभा। तस्वीरः उमेश
विगत केही दिनदेखि केही गर्ने जाँगर चलेको छैन। आज पनि कतै जाउँला जस्तो लागेको थिएन। तैपनि आज अफिसबाट घर फर्कने क्रममा नयाँ बानेश्वरको नागरिक सभा र नयाँ सडकमा दलहरुको आन्दोलनको झलक हेरेर फर्केँ। सात दलको आन्दोलन हिजो हेरिएको थिएन। हिजो निकै दमन भएको रहेछ। आज मन नभए पनि खुट्टाले (बसले हैन) त्यतैतिर डोर्यायो। नयाँ बानेश्वरमा एउटा कार्यक्रम भइरहेको जस्तो टाढैबाट देखेँ। मान्छेको कम उपस्थिति टाढै चोकबाट देखेर नै मैले अनुमान लगाइसकेको थिएँ, पक्कै पनि राजावादी मण्डलेहरुको कार्यक्रम हो त्यो। म त्यहाँबाट अगाडि बढिसकेको थिएँ किनकि दलहरुको कार्यक्रम शुरु हुने बेला भइसकेको थियो। तर फेरि सोचेँ हेरौं न त कस्तो रहेछ यो कार्यक्रम पनि। फेरि फर्केँ र चोकबाट भित्रपसेँ बीआईसीसीको गेटनजिकै थियो मञ्च। बाँकी (more…)

