September 8, 2005

समयमा चुनाव गराउन गरिएको चलाखी

२०६२ भदौ २३, बिहीबार
तपाईँलाई कस्तो लाग्छ कुन्नि, मलाई त सरकारी समाचार एजेन्सी राससका समाचार नहेरी चित्तै बुझ्दैन। गजब-गजबका समाचार आउँछन् त्यहाँ। हिजोको रैति बन्न चाहनेहरुको नागरिक सभासम्बन्धी पनि त्यसमा समाचार आएको थियो, लामै। तर गोर्खापत्र बाहेक कसैले त्यसलाई छापेनन्। त्यो समाचारको अन्त्यमा सभामा महिलाहरुको उल्लेखनीय सहभागिता थियो भनेर लेखिएको देख्दा हाँसो फुत्कियो। ५०-१०० जना जति महिला थिए त्यहाँ, हिजो हेर्दा। हिजै एउटा अर्को समाचार पनि आएको थियो, निर्वाचनका बारेमा। तपाईँलाई थाहा हुँदै होला, राजाले नयाँ वर्षको भाषणमा यसै वर्षभित्र नगरपालिका निर्वाचन गराउने घोषणा गरेका थिए। अब यो वर्ष सकिन पनि सात महिनामात्रै बाँकी छ। भनेको कुरा नपुग्ने जस्तो भएपछि अहिले नै चलाखी गरिएको रहेछ। स्थानीय निकायको निर्वाचन कार्यविधि ऐनलाई अध्यादेशद्वारा संशोधन गरी जहिले जति पटकमा गरी चुनाव गराए पनि पहिलो पटक गराएको मितिमा नै सम्पन्न भएको मानिने व्यवस्था रहेछ। आउनुस् पहिला राससको समाचारलाई जस्ताको तस्तै पढौं, त्यसपछि यसको विश्लेषण गरौं— बाँकी (more…)

भिडियो ब्लगः चर्किरहेको आन्दोलन

यो भिडियो ब्लगलाई मैले सोमबार नै अपलोड गरेको थिएँ। तर प्राविधिक कारणले मलाई सर्भरले दिनुपर्ने फाइलको लिंक नै दिएन। त्यसैले आज मेगाअपलोडमा अपलोड गरेर तपाईँहरुसमक्ष बाँडेको हुँ। सोमबारको रत्नपार्कमा निषेधित क्षेत्र तोड्ने कार्यक्रमका म आफैले खिचेका केही क्लिपहरु हुन् यी। यसलाई डाउनलोड गर्न यहाँ क्लिक गर्नुस्। (wmv format, 932.59 KB )
लिंकमा क्लिक गरेपछि खुल्ने पेजमा ३५ सेकेण्ड त्यत्तिकै बस्नुस्। त्यसपछि दायाँ छेउमा देखिने Clik Here to Download लेखिएको लिंकमा राइट माउस क्लिक गरी Save Target As…. छानी आफ्नो कम्प्युटरमा सेभ गर्नुस्।






















Get free blog up and running in minutes with Blogsome | Theme designs available here

hit counters
Domestications
Advertisement text: credit card, device used to obtain consumer credit at the time of purchasing an article or service. Credit cards may be issued by a business, such as a department store or an oil company, to make it easier for consumers to buy their products. Alternatively credit cards may be issued by third parties, such as a bank or a financial services company, and used by consumers to purchase goods and services from other companies. There are two types of cards—credit cards and charge cards. Credit cards such as Visa and MasterCard allow the consumer to pay a monthly minimum on their purchases with an interest charge on the unpaid balance.