September 10, 2005

सुगारिका यस वर्षकी मिस नेपाल घोषित

2062 भदौ २५ शनिबार @ 720 pm NST

धापाखेल ललितपुरकी १९ वर्षीया सुगारिका केसी यस वर्षकी मिस नेपाल घोषित भएकी छिन्। वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा शनिबार साँझ भएको कार्यक्रममा उनलाई गत वर्षकी मिस नेपाल पायल शाक्यले ताज पहिराइदिएकी थिइन्। सुगारिकाले चीनमा हुने मिस वर्ल्ड प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्नेछिन्। त्यसैगरी त्यसैगरी शभोना श्रेष्ठले फर्स्ट रनर अप भई मिस अर्थ र आयुश्मा पोखरेलले सेकेण्ड रनर अप भई मिस एसिया प्यासिफिकमा नेपालको प्रतिनिधित्व गर्नेछिन्।

मिस नेपालको फोटो हेर्दा तपाईँलाई कस्तो लाग्यो ? मलाई त बूढी भइसकेकी केटी जस्ती पो लाग्यो। मिस नेपालको वेबसाइटमा गएर हेर्दा त मेरी आम्मै…भर्खर १९ वर्षकी रहिछिन्। कति वर्ष उमेर लुकाएकी हुन् कुन्नि ? मलाई त त्यस्तै लाग्यो। ५८ किलो वजन भएकी सुगारिका हाल वातावरणीय विज्ञानमा बीएस्सी प्रथम वर्षमा अध्ययनरत रहिछिन्।

प्रमुख निर्णायक चन्द्रलेखा तुलाधरले भोकविरुध्दको लडाइँमा नेपालका बालबालिकाहरुलाई कसरी सहयोग गर्नुहुन्छ भनी राख्नुभएको प्रश्नको जवाफमा सुगारिकाले आफ्नो सिर्जना र क्षमताले सक्दो सहयोग गरी आफूमात्र नभई समाजलाई पनि सहयोग गर्न उत्प्रेरित गरी विश्वकै बालबालिकालाई सहयोग गर्नेछु भन्ने जवाफ दिएकी थिइन्।

प्रतियोगितामा मोहिनी रानाले उत्कृष्ट मुस्कान र फोटोजेनिक उपाधि जितिन् भने पहिरन र ट्यालेन्टका लागि सुगरिका केसी, केशका लागि सोनिया गिरी, त्वचाका लागि श्वेता खड्गीले उपाधि जितिन्। शभोनाले उत्कृष्ट व्यक्तित्वको उपाधि पनि जितिन्। छिमेकी टोल निवासी भएकीले मात्र हैन, जवाफ दिने शैली अर्थात् ब्युटी र ब्रेन दुवै भएकी शभोना नै मिस नेपाल बन्छिन् जस्तो लागेको थियो। तर उनी फर्स्ट रनर अप मात्र भइन्। [भित्र अरु फोटो] (more…)






















Get free blog up and running in minutes with Blogsome | Theme designs available here

hit counters
Domestications
Advertisement text: credit card, device used to obtain consumer credit at the time of purchasing an article or service. Credit cards may be issued by a business, such as a department store or an oil company, to make it easier for consumers to buy their products. Alternatively credit cards may be issued by third parties, such as a bank or a financial services company, and used by consumers to purchase goods and services from other companies. There are two types of cards—credit cards and charge cards. Credit cards such as Visa and MasterCard allow the consumer to pay a monthly minimum on their purchases with an interest charge on the unpaid balance.