September 11, 2005

फोटो ब्लगः प्रहरी-प्रदर्शनकारी भिडन्त


२०६२ भदौ २६ आइतबार

प्रहरीले खिचापोखरीको गल्लीभित्रसम्म लखेटेर टाउकोमा लाठिप्रहार गरी घाइते बनाएका शेरबहादुर कार्की। मानवअधिकारकर्मीहरुले उनलाई बोकेर अस्पताल कुदाएका थिए। कुदाउँदै गर्दा दौडीदौडी खिचेको फोटोमा पनि घाइतेको अनुहार नै आएनछ। फोटोः उमेश

धेरै भइसकेको थियो प्रहरी-प्रदर्शनकारी भिडन्तको ‘रियालिटी शो’ नहेरेको। एउटै ‘शो’ बारम्बार हेर्ने रुचि पनि नहुँदो रहेछ। सँधै उही टियरग्यास, पानीको फोहोरा, लाठीचार्ज, घाइतेको अनुहार, पक्राउ गरेर भ्यानमा हाल्ने, चर्का नारा। न उनीहरुले निषेधित तोड्न सक्छन्, न प्रहरीले तोड्नै दिन्छ। आज दलहरुका भ्रातृ संगठन युवाहरुको कार्यक्रम थियो। तर खासै केही नयाँ भएन। एउटा नयाँ कुरा चाहिँ प्रहरीले एक सैनिकको टाउको फुटाइदिएछ। प्रदर्शनकारीहरुलाई लखेट्दै गएका प्रहरीहरुले खिचापोखरीको गल्लीभित्र छिरेर चिया खान बसिरहेका सिभिल ड्रेसका एक सैनिकलाई पहिला लडाएछन्, अनि बजारेछन् लाठी। रामशरण खत्री नामका ती सैनिकको टाउको नै फुट्यो। पछि प्रहरी आफैले उसलाई अस्पतालतर्फ लग्यो। पुलिसले आर्मीको टाउको फुटायो भनेर एकछिन त्यहाँ खुब हल्लाखल्ला भयो। आज देखिएका केही दृश्यलाई मैले यो फोटो ब्लगमा समेट्ने कोशिश गरेको छु। सबै फोटो म आफैले खिचेको हुँ। बाँकी


रुबिन गन्धर्व प्रहरीको कब्जामा। प्रहरीले खिचापोखरीबाट रुबिनलाई गिरफ्तार गरेर भ्यानमा हालेको थियो। तर एकैछिन पछि प्रहरीका हाकिमले उसलाई न्युरोड गेट कटाएर छाडिदे भनेर भने। त्यसपछि एक प्रहरी उनलाई न्युरोड गेटसम्म पुर्‍याउन डोर्‍याउँदै। तपाईँहरु मलाई त्यहाँ छाड्नुहुन्छ म फेरि उताबाट घुमेर आइहाल्छु नि, रुबिन यी प्रहरीलाई भन्दैथिए। कहाँ आउने ? प्रहरी सोध्दैथिए। आन्दोलनमा, रुबिनको जवाफ। जनताको गीत गाएर चर्चामा आएका यी १२ वर्षीय गायकको भविष्य भने नेपालको संविधान जस्तै अलपत्र छ। बिचरालाई पढाउने-लेखाउनेतर्फ कसैले ध्यान दिएका छैनन्। यी नेताहरु सत्तामा पुगे भने उनीहरुले रुबिनलाई फर्केर हेर्लान् त ? तर रुबिनलाई वास्ता छैन यसको। उनी आफ्नोतर्फबाट लोकतन्त्रको आन्दोलनमा सहयोग गर्दैछन्। एकैछिन पछि उनी फेरि खिचापोखरीमा देखिए।


प्रहरीको फन्दामा परेका यी शायद दलको भ्रातृ संगठनका नेता होलान्। उनलाई खिचापोखरीमा प्रहरी झ्यापझुप पारेका थिए। फोटोमा एक प्रहरी जवान उनको हातमा रहेको झन्डा खोस्न खोज्दैछन्। नेता झन्डा किन खोस्ने ? हाम्रो झन्डा किन खोस्ने ? भनी कराउँदै थिए। प्रहरीका हाकिम (नेताको ठीक पछाडितिर रहेका) पनि छाड्दे छाड्दे भन्दै थिए। तर उसले भने तानेको तान्यै। हाकिमले ठूलै स्वरले ए, छाड्दे भन्या भनेपछि बल्ल उसले झन्डा छाड्यो। अनि यी नेतालाई भ्यानमा लगेर हालियो, झन्डासहित।


खिचापोखरीबाट न्युरोड निस्कने बाटोमा निषेधित क्षेत्र तोडिन नदिन बाटो छेकेर बसेका प्रहरीहरु। बीचमा तालु खुइलिएका एक विदेशी पत्रकार। आजभोलि आन्दोलनका कार्यक्रमहरुमा विदेशी पत्रकारहरु निकै देखिन थालेका छन्।


आन्दोलनकारीलाई पानीको फोहोराले प्रहार गर्दै।


अनि सुरु भयो दमकलबाट पानीको फोहोरा छ्यापेर आन्दोलनकारी धपाउने काम।


एक पटक त दुई दुई ठाउँबाट दुई वटा दमकल प्रयोग गरी पानीको फोहोराबाट प्रहार गरिएको थियो। यसरी प्रहार गर्दा मान्छेलाई नै ताकी ताकी गरिन्थ्यो। केही त तीव्र गतिका कारण ढल्थे पनि। पानीको फोहोरा प्रहार गरिएपछि भीड हट्थ्यो। यो एउटा राम्रो उपाय रहेछ भीड हटाउने।


कहिलेकाहीँ भने पानीको फोहोरा प्रयोग गर्नेहरुले तीव्र वेगलाई थाम्न नसक्दा उल्टै प्रहरी र हामी भए ठाउँतिर पाइप फर्काउन पुग्थे। अनि हामी भागाभाग। अलि अलि पानीले त मेरो क्यामेरा र मलाई पनि भिजायो।


फोहोराले लगातार प्रहार गरिँदैनथ्यो। फोहोरा रोकिनेबित्तिकै फेरि भीड चर्का नारा लगाउन थालिहाल्थे। गोली हान्न तयार छौं, सक्छौ भने गोली हान जस्ता नारा मैले आज पहिलो पटक सुनेँ। यो नारा एक युवतीले सुरु गरेकी थिइन्। ती युवतीको फोटो त छैन तर भिडियोमा खिचेको छु। भिडियो ब्लगमा हेर्नुहोला। फोटोमा खरानी रंगको टिसर्ट लगाएका गगन थापा पनि देखिन्छन्। उनलाई पछि टियरग्यासले लागेर घाइते अवस्थामा पक्राउ गरिएको थियो।


प्रहरीले टियरग्यास मान्छेलाई नै ताकी ताकी हानेको थियो। टियर ग्यास त आकाशमा प्रहार गर्नुपर्ने हो। तर आज त एक जनालाई टाउकोमा नै टियरग्यास लागेछ। टाउकोबाट टपटप रगत चुहाउँदै उनलाई अस्पताल लगिएको थियो।


घाइतेहरुलाई अस्पतालतर्फ दौडाउँदै गरेका मानवअधिकारकर्मी।


आन्दोलनकारीबाट प्रहार भएका ढुंगाबाट बच्ने प्रयास गरिरहेका प्रहरीहरु। यस्तो ढुंगे मिसाइल प्रहार हुँदा प्रहरीसँगै रहेका पत्रकारहरु पनि भागाभाग हुन्थे। एक पटक त प्रहरीको पछाडि बसेर फोटो खिच्दै गरिरहेको मलाई पनि झन्डै ढुंगाले लागेको थियो। फोटो खिच्न मस्त भइरहँदा अचानक नजिकै ड्वाङ्ग आवाज आउँदा पो झसङ्ग भएँ। मेरो ठीक अगाडि रहेका प्रहरीले आफ्नो ढाल (अर्को अर्थ चाहिँ नलाउनु है फेरि), प्लास्टिकको ढालले त्यसलाई छेकेका रहेछन्। शान्तिपूर्ण कार्यक्रममा विषाक्त टियर ग्यास, फोहरपानी र त्यतिले नपुगेर लखेटी लखेटी लाठिचार्ज गरेपछि मात्रै क्रुध्द प्रदर्शनकारीहरुले ढुंगा हान्ने क्रम तीव्र बनाएका थिए। तर त्यसरी हान्नेहरु पनि एक पटक प्रहरीले लखेटेपछि हराए।


खिचापोखरीका यी पसले र सेल्सम्यानहरु अपराह्न ३ बजेपछि सटर तानेर पसल बन्द गर्छन् अनि निःशुल्क प्रहरी प्रदर्शनकारी भिडन्तको रियालिटी शो दर्शन गर्छन्। टियर ग्यास प्रहार गरियो भने उनीहरुले आँसुको शुल्क बुझाउनु पर्छ। ५ बजेपछि भीड हट्छ र उनीहरु फेरि सटर खोलेर आफ्नो व्यापारमा लाग्छन्।


तमाशेहरुको अर्को समूह। यो पनि खिचापोखरी कै घरको दृश्य हो। यिनीहरुसित चाहिँ सरकारले कुनै दिन मनोरञ्जन कर, त्यो पनि १३ प्रतिशत भ्याटसहित लिन बेर लाउँदैन।

8 Comments »

The URI to TrackBack this entry is: http://merosansar.blogsome.com/2005/09/11/photo-blog-9-11/trackback/

  1. hello umesh ji ,khai ta video blog? maile ta bhettaena ta .
    http://sayapatri.blogspot.com

    Comment by sayapatri — September 12, 2005 @ 2:21 am

  2. thanks for foto

    Comment by nepali sathi — September 12, 2005 @ 2:25 am

  3. Intresting.

    Comment by Kurako Kura — September 12, 2005 @ 3:07 am

  4. kahile samma ho yo aandolal , khahile huncha janata ko jeet ????

    Comment by prakas — September 12, 2005 @ 4:39 am

  5. hot bread news

    Comment by mohan subba — September 12, 2005 @ 7:23 am

  6. Thanks your RaaGat Taatauney Pic and news.

    Hope from you for more pict with news.

    Thx.

    Comment by Nilan — September 12, 2005 @ 10:06 am

  7. Any way, Khusi lagyo…Kehi bhaye nabhaye pani kathmandu ka kehi Road haru chahi clean hune bho….
    Ha Ha Ha…..

    Comment by THE BOSS — September 12, 2005 @ 11:22 am

  8. thik cha, tara sadhai andolan ma jane prahari ko chahi pida kina nabujheko ?
    GaGan tapalai tear gas ko cilinder lageko ho tara arrest gareko hoina.
    tauko ma tear gas lagera behosh bhayako manchhe janbadi yuwa lig ka padam bahadur thapa hun. ooni ahile hospital ko ICU ma chhan.

    Comment by blogger — September 12, 2005 @ 4:00 pm

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Get free blog up and running in minutes with Blogsome | Theme designs available here

hit counters
Domestications
Advertisement text: credit card, device used to obtain consumer credit at the time of purchasing an article or service. Credit cards may be issued by a business, such as a department store or an oil company, to make it easier for consumers to buy their products. Alternatively credit cards may be issued by third parties, such as a bank or a financial services company, and used by consumers to purchase goods and services from other companies. There are two types of cards&mdash;credit cards and charge cards. Credit cards such as Visa and MasterCard allow the consumer to pay a monthly minimum on their purchases with an interest charge on the unpaid balance.