September 13, 2005

दलहरुको कार्यक्रममा व्यापक प्रहरी हस्तक्षेप

शीर्ष नेताहरु पक्राउ

२०६२ भदौ २८ मंगलबार

हैन, कर्फ्यु लागेको हैन। तर अत्यधिक भीड हुने रत्नपार्कको यो निषेधित क्षेत्र आज अपराह्न चार बजे यसरी सुनसान पारिएको थियो। तस्वीरः उमेश
शीर्ष नेताहरुको नेतृत्वमा सात दलले रत्नपार्कलाई केन्द्रबिन्दु बनाई छुट्टाछुट्टै ठाउँबाट निकालेको जुलुसमा प्रहरीले व्यापक हस्तक्षेप गरी नेताहरुसहित सयौंलाई पक्राउ गरेको छ। यस क्रममा प्रहरीले पानीको फोहोरा छ्याप्दा भएको भागदौडमा भीडले भोटाहिटीमा एक हातमा क्यामेरा र अर्को हातमा रेकर्डर बोकेको मलाई सडकमा लडाएर किचेपछि दायाँ हात, पाखुरा र पिठ्युँमा चोट लाग्यो। धन्न भीड धेरै थिएन। नभए भीडले किचेर मेरो हालत के हुन्थ्यो होला ? त्यतिमात्र हैन, किचेर उठेपछि सुरु भएको ढुंगा हानाहानमा एउटा बडेमानको ढुंगा मलाई लाग्न पुग्यो। मेरो भाग्य, त्यो ढुंगा टाउको वा जीउको अन्य कुनै भागमा नलागी खुट्टाको पछाडितिर लाग्नपुग्यो। टाउको वा छातीमा लागेको भए बेहोसै भइन्थ्यो। त्यतिबेला नभएको पीडा अहिले मलाई भइरहेको छ। अब शायद पीडा कम गर्ने अ‍ौषधि नै खानु पर्नेछ। बाँकी कुरा अडियो र भिडियोसहित पीडा कम भएपछि गर्ने प्रयास गर्नेछु।

प्रचण्डको शान्तिका लागि रोडम्याप सार्वजनिक

टाइम्स अफ इन्डियाका पत्रकारले पहिलो पटक प्रचण्डको प्रत्यक्ष अन्तर्वार्ता लिए
२०६२ भदौ २८, मंगलबार
जनयुध्दको १० वर्षपछि पहिलो पटक माअ‍ोवादी अध्यक्ष प्रचण्डलाई भेटेरै एक भारतीय पत्रकारले अन्तर्वार्ता लिन सफल भएका छन्। टाइम्स अफ इन्डियाको साइटमा आज राखिएको उक्त अन्तर्वार्ता कहाँ र कहिले लिइएको भन्ने प्रष्ट पारिएको छैन। तर १० किलोमिटर हिँडेर पुग्नुपर्ने जंगलले घेरिएको ठाउँ भनी भनिएको छ। उक्त कोठामा अन्तर्वार्ता दिने क्रममा प्रचण्डका साथ कुनै हतियार र गार्ड नभएको भनी समाचारमा लेखिएको छ। माअ‍ोवादी अध्यक्ष प्रचण्डले संविधान सभा, सबै पार्टी र नागरिक समाजसहितको अन्तरिम सरकार र लोकतान्त्रिक गणतन्त्रको तीन वटा मागलाई नेपालको शान्तिका लागि रोडम्यापका रुपमा प्रस्तुत गर्नुभएको छ।
भारतको टाइम्स अफ इन्डिया दैनिकका पत्रकार केशव प्रधानले प्रत्यक्ष भेटी लिनुभएको भनिएको अन्तर्वार्तामा आफूहरुको हतियारले शान्ति प्रक्रियामा बाधा नपुगोस् भन्नका लागि विश्वासको वातावरण बनाउन संयुक्त राष्ट्रसंघको संलग्नता चाहेको र विश्वासकै वातावरण बनाउन प्रमाणस्वरुप आफूहरुले एकपक्षीय युध्दविराम गरेको प्रचण्डले बताउनु भएको छ। यससम्बन्धी थप समाचार परेवा न्युजमा नेपालीमा हेर्न यहाँ क्लिक गर्नुहोला। टाइम्स अफ इन्डियाको मूल अन्तर्वार्ता अंग्रेजीमा यहाँ छ। तर यसमा विज्ञापन र ३ पेज खोल्नुपर्ने हुनाले सजिलोको लागि वेबचौतारीमा पनि जान सक्नुहुन्छ।

आज ठूलो विरोध प्रदर्शनको तयारी

२०६२ भदौ २८, मंगलबार

शायद टाउकोमा बज्रिएको यही लाठीका कारण गिरिजा राजधानी केन्द्रित आन्दोलनको पहिलो दिन भदौ १९ गते विशाल बजार अगाडि बेहोस भएका थिए। केही दिनको उपचारपछि हाल उनी स्वस्थ भएको र आज जुलुसको नेतृत्व गर्ने तयारी गरिरहेको बुझिएको छ। तस्वीर साभारः आउटलुक इन्डिया

हिजो एक दिन आराम लिएका सात दलले आज अपराह्न साढे ३ बजे रत्नपार्क केन्द्रित आन्दोलन गर्ने तयारी गरिरहेका छन्। आजको जुलुसमा गिरिजा, माधव नेपाल लगायत सातै दलका शीर्ष नेताहरुको उपस्थिति हुने भनिएकोले पनि आकर्षण बढेको छ। हिजो महेन्द्ररत्न क्याम्पस, ताहाचलअगाडि विद्यार्थीहरुको प्रदर्शनका क्रममा सेनाले हवाई फायर गरेका कारण पनि विद्यार्थीहरु उत्तेजित भएका छन्। आज ठूलो संख्यामा विद्यार्थी, युवा र कार्यकर्ताहरुले प्रदर्शनमा भाग लिने भनिएको छ। भन्न त खुल्लामञ्च कब्जा गरेर आमसभा गर्ने पनि भनिएको छ। तर नेताहरुले सहजै गिरफ्तारी दिने, अनि बाँकीलाई अश्रुग्यास, पानीको फोहोरा र लाठिचार्ज गरेर भगाउने स्थिति आज पनि दोहोरिन सक्छ।

आज हवाई फायर भयो वा गोली नै चल्यो भने आन्दोलन चर्किन सक्छ। तर मलाई लाग्दैन त्यस्तो केही हुनेछ। केही भएन भने आन्दोलन शिथिल हुँदै जाने खतरा छँदैछ। त्यसैले हेरौं, आज दलहरुले कस्तो रणनीति लिनेछन् म शायद् आजको कार्यक्रम हेर्न जान्छु होला। यसबारेमा तपाईँहरुलाई अपडेट गर्ने नै छु।

बिल गेट्सले पैसा बाँड्ने !

२०६२ भदौ २८, मंगलबार
तपाईँहरुमध्ये धेरैको ईमेलमा यस्तो व्यहोराको इमेल आइसकेको छ होला, कतिको आउँदै होला। यसमा माइक्रोसफ्टका मालिक बिल गेट्सले नयाँ प्रोग्रामको विकास गर्दै रहेको र यो इमेललाई फरवार्ड गरेमा फलानो परिमाणको डलर तपाईँलाई दिइनेछ भनी लेखिएको हुन्छ। यस्तो हाँसउठ्दो इमेललाई पनि धेरैले विश्वास गरी आफ्ना साथीभाइ र चिनेजानेका अनि गोरु बेचेको साइनो नभएकाहरुलाई पनि फरवार्ड गर्ने गरिरहेको देख्दा मलाई निकै हाँसो उठ्ने गरेको छ। केही पत्रकार र प्रतिष्ठित व्यक्तिहरुबाट समेत यस्ता मेल मलाई फरवार्ड भएर आएको देख्दा म तीनछक्क परेको छु। जति बढीलाई फरवार्ड गर्‍यो त्यति बढी डलर आउने भएको हुँदा उनीहरु बढी मान्छेलाई फरवार्ड गर्न लालायित भएका होलान्। तर उनीहरुले कति जनाले कति मान्छेलाई इमेल फरवार्ड गर्‍यो भनी थाहा पाउने कुनै सफ्टवेयर अहिलेसम्म बनेको छैन भन्ने तथ्यलाई बेवास्ता गरिरहेका हुन्छन्। बनेको नै भए पनि बिल गेट्सले आफ्नो मेहनतले कमाएको पैसा त्यति सजिलै तपाईँलाई दान देलान् त ? तर पनि मानिसहरु के बिग्रन्छ र यति मेल फरवार्ड गर्दैमा, आफ्नो केही जाने हैन क्यारे, आए आँप गए झटारो भन्दै मेल फरवार्ड गरी समय बर्बाद पारिरहेका छन्। कतिले त अझ मैले चेक पाइसकेँ भनी गफ हाँक्छन्। मेरो अनुरोध, रोक्नुस् त्यसलाई। यसबारेमा विस्तृत जानकारी तपाईँ यो साइटमा गएर पनि थाहा पाउन सक्नुहुन्छ।






















Get free blog up and running in minutes with Blogsome | Theme designs available here

hit counters
Domestications
Advertisement text: credit card, device used to obtain consumer credit at the time of purchasing an article or service. Credit cards may be issued by a business, such as a department store or an oil company, to make it easier for consumers to buy their products. Alternatively credit cards may be issued by third parties, such as a bank or a financial services company, and used by consumers to purchase goods and services from other companies. There are two types of cards—credit cards and charge cards. Credit cards such as Visa and MasterCard allow the consumer to pay a monthly minimum on their purchases with an interest charge on the unpaid balance.