बिल गेट्सले पैसा बाँड्ने !
२०६२ भदौ २८, मंगलबार
तपाईँहरुमध्ये धेरैको ईमेलमा यस्तो व्यहोराको इमेल आइसकेको छ होला, कतिको आउँदै होला। यसमा माइक्रोसफ्टका मालिक बिल गेट्सले नयाँ प्रोग्रामको विकास गर्दै रहेको र यो इमेललाई फरवार्ड गरेमा फलानो परिमाणको डलर तपाईँलाई दिइनेछ भनी लेखिएको हुन्छ। यस्तो हाँसउठ्दो इमेललाई पनि धेरैले विश्वास गरी आफ्ना साथीभाइ र चिनेजानेका अनि गोरु बेचेको साइनो नभएकाहरुलाई पनि फरवार्ड गर्ने गरिरहेको देख्दा मलाई निकै हाँसो उठ्ने गरेको छ। केही पत्रकार र प्रतिष्ठित व्यक्तिहरुबाट समेत यस्ता मेल मलाई फरवार्ड भएर आएको देख्दा म तीनछक्क परेको छु। जति बढीलाई फरवार्ड गर्यो त्यति बढी डलर आउने भएको हुँदा उनीहरु बढी मान्छेलाई फरवार्ड गर्न लालायित भएका होलान्। तर उनीहरुले कति जनाले कति मान्छेलाई इमेल फरवार्ड गर्यो भनी थाहा पाउने कुनै सफ्टवेयर अहिलेसम्म बनेको छैन भन्ने तथ्यलाई बेवास्ता गरिरहेका हुन्छन्। बनेको नै भए पनि बिल गेट्सले आफ्नो मेहनतले कमाएको पैसा त्यति सजिलै तपाईँलाई दान देलान् त ? तर पनि मानिसहरु के बिग्रन्छ र यति मेल फरवार्ड गर्दैमा, आफ्नो केही जाने हैन क्यारे, आए आँप गए झटारो भन्दै मेल फरवार्ड गरी समय बर्बाद पारिरहेका छन्। कतिले त अझ मैले चेक पाइसकेँ भनी गफ हाँक्छन्। मेरो अनुरोध, रोक्नुस् त्यसलाई। यसबारेमा विस्तृत जानकारी तपाईँ यो साइटमा गएर पनि थाहा पाउन सक्नुहुन्छ।


Paisa kasailai pani badi hunna tashile Bill Gates ko tyo jall ho or bill gates ko birodi pani hunasakha.
Comment by suren — September 13, 2005 @ 1:21 pm
phupu ko dhan mama ko shraddha ho ra tesle paisa pathaudai hidne? ki kaso?
Comment by dami keta — September 13, 2005 @ 1:47 pm
Tis piece is relly informative. You shhould add another link
http://www.snopes.com/crime/fraud/nigeria.asp
to inform million dollors offers from neigeria in your webite
Comment by mahesh Chhetri — September 15, 2005 @ 11:18 am
बिल्ल् गतेस् त मुला चोर हो खते कुरे हरु केही गर्ने हैन तेसी बस्ने हो
Comment by BMD — May 26, 2007 @ 2:25 pm