काठमाडौं दिनदिनै तनावग्रस्त हुँदैछ
२०६२ भदौ ३१ शुक्रबार

डिल्लीबजारमा प्रदर्शनकारीहरुले टायर बालेर आवागमन अवरुध्द पार्दै। यसलाई दमकल ल्याएर निभाइएको थियो। फोटोः उमेश
युवा विद्यार्थीहरुको अगुवाईमा शुक्रबार राजधानीको डिल्लीबजारबाट सात दलले निषेधित क्षेत्र तोड्न खोज्दा व्यापक प्रहरी हस्तक्षेप भएको छ। आज मैले धेरै नजिकबाट प्रहरी-प्रदर्शनकारी भिडन्तको अनुभव गरेँ। आज ३ सय जति नेता, कार्यकर्ता गिरफ्तार भए भने दर्जनौं घाइते भए।
अस्ति भोटाहिटीमा घाइते भएपछि आज पहिलो पटक आन्दोलन हेर्न गएको थिएँ। आज झन निर्धारित समयअगावै जाउँला भनेको त एउटा जरुरी काम परेकोले अफिसबाट निस्कन नै ढिला भयो। साढे ३ बजेतिर बल्ल म अफिसबाट निस्केँ र बस चढेँ। रत्नपार्कमा झरेर बागबजार हुँदै जाँदा पनि केही नदेखेकोले अलि अलमलमा परेँ, हैन आज केही भएन कि क्या हो। चार बजेको थियो त्यहाँ पुग्दा। हिजो र अस्ति युध्दभूमिमा परिणत भएको पद्मकन्या वरपर आज शान्त थियो। प्रहरी त टन्नै थिए तर प्रदर्शनकारी थिएन। पुतलिसडकतिर निस्कँदा बल्ल डिल्लीबजार जाने बाटो भरी प्रहरी र प्रदर्शनकारी देखिए। बाँकी ब्लग र थप फोटोका लागि भित्र आउनुहोला (more…)

