September 16, 2005

दाङमा माधव नेपाल ३ घण्टा कहाँ बेपत्ता ?

२०६२ भदौ ३१ शुक्रबार
दाङमा अकस्मात् विद्यार्थीहरुको कार्यक्रममा भाग लिन पुग्नुभएका एमाले महासचिव माधवकुमार नेपालको एस्कर्टिङसहितको गाडीलाई सेनाले कर्फ्युको नाममा रोकेर फर्काइएको घटनाले यो हप्ता सार्‍है चर्चा पायो। वास्तवमा सेनाले किन उहाँलाई फिर्ता पठाउनु परेको हो त ? सूत्रहरुका अनुसार त्यतिबेला नेपाल जहाँ बस्नका लागि जाँदै हुनुहुन्थ्यो, त्यहाँ माअ‍ोवादी नेताहरुलाई भेट्ने गोप्य कार्यक्रम थियो भनी सेनाका गुप्तचरहरुले सुँइको पाएका थिए। त्यसैले उहाँलाई त्यता पठाउन नदिने षड्यन्त्रस्वरुप फर्काइएको थियो रे। त्यति मात्र हैन, महासचिव नेपाल दाङमा गएको सोमबार ३ घण्टा “बेपत्ता” हुनुभएको थियो। बाँकी
सेनाले फर्काएपछि उहाँ पार्टीको क्षेत्रीय कार्यालयमा भोकै सुत्नुभएको थियो। भोलिपल्ट बिहान भने ८ बजेदेखि उहाँ एकाएक करिब ३ घण्टा बेपत्ता हुनुभएको थियो। उहाँलाई काठमाडौंबाट दाङतर्फ जाँदादेखि नै गुप्तचरहरुले निगरानी गरिरहेका थिए। दाङ पुगिसकेपछि त निगरानी झन् कडा पारिएको थियो। तर तिनीहरुको आँखामा छारो हालेर सोमबार बिहान ३ घण्टासम्म बेपत्ता भएपछि सुरक्षाकर्मीहरुले निकै खोजबिन गरेका थिए। तर उहाँलाई फेला पार्न भने सकेनन्।

सूत्रहरुका अनुसार माधव नेपालको दाङ भ्रमण माअ‍ोवादीहरुलाई भेट्न कै लागि थियो। तर उहाँले माअ‍ोवादीका कुन तहका को नेतासित भेट गर्नुभएको भन्ने बारेमा भने केही थाहा हुन सकेको छैन। उहाँ दाङमा हुनुहुँदा कतिपय सुरक्षाअधिकारीहरुले समेत, “ल, नेताज्यु, बधाई छ है, वार्ता राम्रोसित सफल पारेर देशमा शान्ति ल्याउने काम गर्नुपर्‍यो” भनी भन्ने गरेका थिए।

यता माअ‍ोवादीले युध्दविराम घोषणा गरिसकेपछि विभिन्न पार्टीका शीर्ष नेताहरुलाई टेलिफोन सम्पर्क गरिरहेको थाहा हुन आएको छ। युध्दविरामपछि माअ‍ोवादी अध्यक्ष प्रचण्डले काँग्रेस सभापति गिरिजाप्रसाद कोइरालासित टेलिफोन वार्ता गर्नुभएको बताइएको छ। (समाचार स्रोतः नेपालभाषा दैनिक सन्ध्या टाइम्स)

5 Comments »

The URI to TrackBack this entry is: http://merosansar.blogsome.com/2005/09/16/madhav-nepal-bepatta/trackback/

  1. Dhat Lata,
    Tyao Ghar ma Mabadi bhako tha pako bhayata Sena le capture gari halthyo ni maobadi lai .

    Comment by BPC — September 16, 2005 @ 10:25 am

  2. madavji lakhanaw ta gaye, jabo dang ma m. b. bhetna k garho, tar bhetnu parcha , barta jantako level ma garaunu parchha.

    Comment by hareram — September 16, 2005 @ 5:06 pm

  3. त्यसो भए खाउ आलू पोलेको
    खाउ आलू पोलेको

    Comment by पांचु — September 16, 2005 @ 11:39 pm

  4. Din ma 5 choti Color change garne le ke maobadi sanga barta garcha hola…..Paisa diyera kuna paper ma publish garya hola afu lai thulo dekhauna…yo mora haru kamti chaan…..

    Comment by THE BOSS — September 17, 2005 @ 10:09 am

  5. bhayanak chha ni ta hou

    Comment by ramesh gyawali — September 18, 2005 @ 10:39 am

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Get free blog up and running in minutes with Blogsome | Theme designs available here

hit counters
Domestications
Advertisement text: credit card, device used to obtain consumer credit at the time of purchasing an article or service. Credit cards may be issued by a business, such as a department store or an oil company, to make it easier for consumers to buy their products. Alternatively credit cards may be issued by third parties, such as a bank or a financial services company, and used by consumers to purchase goods and services from other companies. There are two types of cards&mdash;credit cards and charge cards. Credit cards such as Visa and MasterCard allow the consumer to pay a monthly minimum on their purchases with an interest charge on the unpaid balance.