भिडियो ब्लगः आन्दोलनकारीमाथि प्रहरी दमन
यी केही भिडियो क्लिप्स शुक्रबारको आन्दोलनका क्रममा डिल्लीबजारमा खिचेको हुँ। यसलाई डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोला।
यी केही भिडियो क्लिप्स शुक्रबारको आन्दोलनका क्रममा डिल्लीबजारमा खिचेको हुँ। यसलाई डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोला।
मकरतन्त्रको विरोधमा विशाल प्रदर्शन
२०६२ असोज १ शनिबार

हैन, भ्रमण स्थगित भएको भनेको हैन र, फेरि यो श्रीपेच लगाएर को आएछन् त न्युयोर्कमा ? मकरतन्त्रलाई व्यङ्ग्य गर्ने एक नेपालीको अनौठो शैली। तस्वीर सौजन्यः गिरिश दाइ।
[एक सहभागीले आफूलाई राजा ज्ञानेन्द्रको रुप दिएर अगाडि उभिएका र उनलाई कार्यक्रमको अन्तिममा श्रीपेच खोलेर, जंजीरले बाँधी लडाएर दरवारविहीन बनाइएको थियो । श्रीपेचधारी राजाले अन्तमा जीवनयापन गर्नका लागि गाइने भएर पैसा उठाउँदै गरेका प्रदर्शनलाई उपस्थित जनसमूहले निकै रोचक मानेका थिए……अपडेट गरिएको थप समाचार भित्र छ]
न्युयोर्कस्थित संयुक्त राष्ट्र संघको मुख्य कार्यालय भवनबाहिर नेपालीहरुले मकरतन्त्रको चर्को विरोध गरी लोकतन्त्र र शान्तिको पक्षमा आफ्नो ऐक्यवध्दता व्यक्त गरे। बधाई छ, तपाईँहरुलाई हामी सम्पूर्ण स्वदेशमा बसेका नेपालीहरुका तर्फबाट, तपाईँहरुको प्रदर्शनले पक्कै पनि मकरतन्त्रको मुटुमा ढ्याङ्ग्रो ठोक्ने काम गरेको होला। र्यालीमा भएका रोचक घटनाहरु प्रतिक्रियामा लेखिपठाउनु भए हामी पाठकलाई रमाइलो हुने थियो। र्यालीका थप तस्वीरहरुका लागि भित्र आउनुहोला। यी तस्वीरहरु अमेरिकास्थित पत्रकार गिरिश दाइको सौजन्यबाट प्राप्त भएको हो। उहाँलाई धेरै-धेरै धन्यवाद। बाँकी (more…)
२०६२ असोज १ शनिबार
यो अडियो ब्लग डिल्लीबजार हाइट मार्गको गल्लीभित्र छिरेर रक्सीले मातेका प्रहरीले घरको कोठाभित्र छिरी आक्रमण गरेपछि त्यहाँ उपस्थित मानवअधिकारवादी र पत्रकारहरुले चर्को विरोध कसरी जनाए भन्ने सम्बन्धी हो। यसमा सुरुमा प्रहरीहरुले “हान मा….नि बूढालाई मर्ने गरी हान” भन्दै त्यसको विरोध गर्न खोज्ने एक जनालाई भकुरेको आवाज सुन्न पाइन्छ। त्यसपछि रक्सी खाएर आएको प्रहरीलाई रंगेहात पक्रेको अनि मानवअधिकारवादी र पत्रकारले प्रहरी निरीक्षकसमक्ष चर्को विरोध गरेको सुन्न सकिन्छ। यसलाई डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस्। [550 KB, MP3 Format] अथवा यहाँ क्लिक गरे पनि हुन्छ।
Get free blog up and running in minutes with Blogsome | Theme designs available here