अडियो ब्लगः “रक्सी खाएर घरभित्र गएर कुट्न पाइन्छ ?”
२०६२ असोज १ शनिबार
यो अडियो ब्लग डिल्लीबजार हाइट मार्गको गल्लीभित्र छिरेर रक्सीले मातेका प्रहरीले घरको कोठाभित्र छिरी आक्रमण गरेपछि त्यहाँ उपस्थित मानवअधिकारवादी र पत्रकारहरुले चर्को विरोध कसरी जनाए भन्ने सम्बन्धी हो। यसमा सुरुमा प्रहरीहरुले “हान मा….नि बूढालाई मर्ने गरी हान” भन्दै त्यसको विरोध गर्न खोज्ने एक जनालाई भकुरेको आवाज सुन्न पाइन्छ। त्यसपछि रक्सी खाएर आएको प्रहरीलाई रंगेहात पक्रेको अनि मानवअधिकारवादी र पत्रकारले प्रहरी निरीक्षकसमक्ष चर्को विरोध गरेको सुन्न सकिन्छ। यसलाई डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस्। [550 KB, MP3 Format] अथवा यहाँ क्लिक गरे पनि हुन्छ।


Ha ha ….
Bafre kya chha yar nepali ko police ko kamal.
comment :- tapai le bolda nikkai echo aaira chha.. Please next audio blog ma tapai le bolda echo narakhi bole hami lai sunna sajilo huntyo hola.
please update us home address so that we can send some help ..
Comment by dpac — September 17, 2005 @ 9:28 am