September 17, 2005

न्युयोर्कमा प्रदर्शन गर्ने नेपालीहरु, बधाई छ !

मकरतन्त्रको विरोधमा विशाल प्रदर्शन
२०६२ असोज १ शनिबार

हैन, भ्रमण स्थगित भएको भनेको हैन र, फेरि यो श्रीपेच लगाएर को आएछन् त न्युयोर्कमा ? मकरतन्त्रलाई व्यङ्ग्य गर्ने एक नेपालीको अनौठो शैली। तस्वीर सौजन्यः गिरिश दाइ।
[एक सहभागीले आफूलाई राजा ज्ञानेन्द्रको रुप दिएर अगाडि उभिएका र उनलाई कार्यक्रमको अन्तिममा श्रीपेच खोलेर, जंजीरले बाँधी लडाएर दरवारविहीन बनाइएको थियो । श्रीपेचधारी राजाले अन्तमा जीवनयापन गर्नका लागि गाइने भएर पैसा उठाउँदै गरेका प्रदर्शनलाई उपस्थित जनसमूहले निकै रोचक मानेका थिए……अपडेट गरिएको थप समाचार भित्र छ]
न्युयोर्कस्थित संयुक्त राष्ट्र संघको मुख्य कार्यालय भवनबाहिर नेपालीहरुले मकरतन्त्रको चर्को विरोध गरी लोकतन्त्र र शान्तिको पक्षमा आफ्नो ऐक्यवध्दता व्यक्त गरे। बधाई छ, तपाईँहरुलाई हामी सम्पूर्ण स्वदेशमा बसेका नेपालीहरुका तर्फबाट, तपाईँहरुको प्रदर्शनले पक्कै पनि मकरतन्त्रको मुटुमा ढ्याङ्ग्रो ठोक्ने काम गरेको होला। र्‍यालीमा भएका रोचक घटनाहरु प्रतिक्रियामा लेखिपठाउनु भए हामी पाठकलाई रमाइलो हुने थियो। र्‍यालीका थप तस्वीरहरुका लागि भित्र आउनुहोला। यी तस्वीरहरु अमेरिकास्थित पत्रकार गिरिश दाइको सौजन्यबाट प्राप्त भएको हो। उहाँलाई धेरै-धेरै धन्यवाद। बाँकी


र्‍यालीमा देखिएको एक प्लेकार्ड।
नेपालमा लोकतन्त्रको स्थापना र निरंकुश शासनका विरोधका लागि विदेशी राष्ट्रहरुको समेत ध्यानाकर्षण होस् भन्दै संयुक्त राष्ट्रसंघको मुख्यालय अगाडि सेप्टेम्बर १६ तारिखका दिन नेपाली तथा नेपाललाई माया गर्ने विदेशीहरुको समेत सहभागीतामा एक विरोध प्रदर्शन कार्यक्रम सम्पन्न भयो ।

संयुक्त राष्ट्रसंघको ६० औं महासभा सम्पन्न भइरहेको उक्त अवसरमा विरोध र्‍याली आयोजकहरुले नेपालमा शान्ति र लोकतान्त्रिक परिपाटी नरहेकाले त्यसका लागि विदेशी मित्र राष्ट्रहरुले समेत दबाब दिनुपर्ने भन्दै ९० देशका विभिन्न राष्ट्रप्रमुखहरुलाई जानकारी दिइसकेका छन् ।
झण्डै पाँच सयभन्दा बढीको संख्यामा उपस्थित प्रदर्शनकारीहरुले नेपालका स्वघोषित अध्यक्ष ज्ञानेन्द्रका विरुद्द चर्का नारा लगाएका थिए ।
कविता, व्यंग्य र उपस्थित वक्ताहरुले नेपालमा लोकतन्त्र स्थापना हुनुपर्ने कुरामा जोड दिएका देखिन्थे ।


अमेरिकामा रहेका नेपाली पत्रकारहरु प्रतिगमनको विरोधमा नारा लगाउँदै।

उक्त विरोध कार्यक्रममा राष्ट्रसंघका लागि पूर्व राजदूत मुरारीराज शर्मा, सुशील प्याकुरेल, डा. बलराम अर्याल, वेद खरेल, डा. धर्म आचार्य, मिङमा शेर्पा, वंशराज तामाङ, मृदुला कोइराला, मोहन सिटौला लगायतका व्यक्तिहरुले कार्यक्रमलाई सम्वोधन गर्नुभएको थियो । आगन्तुकहरुको स्वागत न्युयोर्क र्‍यालीका संयोजक आनन्द विष्टले गर्नुभएको थियो भने आगन्तुकहरुलाई धन्यवाद अर्का संयोजक संजय पराजुलीले गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन डा. तारानिधि निरौलाले तथा कलाकार शैलेस श्रेष्ठले गर्नुभएको थियो ।
कार्यक्रममा राष्ट्रसंघमै नेपालका लागि लवी गर्न आइपुगेका मानवअधिकारवादी कार्यकर्ताहरु डा. गोपालकृष्ण सिवाकोटी, शान्त मुल्मी, शोभाकार बुढाथोकी तथा शैल उपाध्याय, बार्बरा एडम्स लगायतका विभिन्न व्यक्तिहरुको समेत उपस्थिति रहेको थियो ।
सो कार्यक्रममा अमेरिकामा रहेका १६ जना नेपाली पत्रकारहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमका रोचक पक्ष

सहभागीहरुले चर्काचर्का स्वरमा वर्तमान अध्यक्षका विरोधमा नारा लगाएका थिए। त्यस्तै एक सहभागीले आफूलाई राजा ज्ञानेन्द्रको रुप दिएर अगाडि उभिएका र उनलाई कार्यक्रमको अन्तिममा श्रीपेच खोलेर, जंजीरले बाँधी लडाएर दरवारविहीन बनाइएको थियो । श्रीपेचधारी राजाले अन्तमा जीवनयापन गर्नका लागि गाइने भएर पैसा उठाउँदै गरेका प्रदर्शनलाई उपस्थित जनसमूहले निकै रोचक मानेका थिए।


त्यसैगरी कवि आहुतिद्वारा लिखित “माल्दाइ, मैले घाँस खान सकिन” भन्ने व्यंग्यात्मक कविता कलाकार शैलेस श्रेष्ठले पाठ गर्दा उपस्थित सबैले तालीको गडगडाहट दिएका थिए ।
कार्यक्रमको अन्तमा विरोध कार्यक्रमका सहभागीहरुले नेपाली मिसनको अगाडि गएर नेपालका स्वघोषित अध्यक्षविरुध्द चर्का नाराबाजी गरेका थिए । सो नाराबाजी ज्ञानेन्द्रको प्रतिनिधिका रुपमा आएका रमेशनाथ पाण्डेले समेन हेर्न भ्याएका थिए ।


डा. मुन नामक एक कोरियन धार्मिक धनाढ्यले सञ्चालन गरेको एक संस्थाद्वारा आमन्त्रण पाएर शरदचन्द शाहदेखि लिएर भरतमोहन अधिकारी, लोकेन्द्रबहादुर चन्द, तारानाथ रानाभाट समेत त्यतिबेला न्युयोर्कमै रहेका थिए र त्यसमध्ये भरतमोहन अधिकारी जुलुसमा देखापरेका थिए ।


आयोजकहरुलाई भरतमोहन अधिकारीलाई कार्यक्रममा बोल्न दिन केही व्यक्तिहरुले दबाब दिएका भए पनि विगतको डीसी र्‍यालीमा गिरिजापुत्री सुजातालाई बोल्न नदिएको र भरतमोहन अधिकारीको अहिलेको अवस्था भनेको सुजाताकै दाँजोमा रहेकाले अधिकारीलाई पनि बोल्न दिन नहुने भन्दै धेरैले विरोध जनाएका थिए ।


अर्का तारानाथ रानाभाटलाई कार्यक्रममा देखापर्न सक्नुहुन्छ भने देखापर्नु भनेर र्‍याली आयोजकहरुले भनेका भए पनि उनले भने उपस्थिति हुने हिम्मत गरेनन् ।


[माथिको समाचार मेरो संसारमा प्रकाशनका लागि नेपालीपोस्ट प्रतिनिधिबाट प्राप्त भएको हो।]

5 Comments »

The URI to TrackBack this entry is: http://merosansar.blogsome.com/2005/09/17/ny-rally/trackback/

  1. keep it up …….you are doing good job overseas.

    this will really boost the morale here.

    Comment by chandrakant chataut — September 17, 2005 @ 6:41 pm

  2. Oh, Anil Jung Shahi of Maharajgung wearing Crown… He looks like baby king…

    Comment by manju — September 18, 2005 @ 12:09 am

  3. Who is that lady wearing crown?

    Comment by kamal — September 19, 2005 @ 3:37 am

  4. Thanx for your effort friends for democracy in Nepal. And more thanx for Mero Sansasr.com ‘cause you’ve given me this chance. Seeing it I became very imotional. I thanx for the guy who’ve become the owner of our prestigious crown. We the Nepali people are the real owner of the crown. It’s the victory of peoples’ daughters or sons.

    Comment by dhruba — September 20, 2005 @ 10:31 am

  5. Nice job keep it up.

    Comment by king gyanendra bir bikram — September 20, 2005 @ 2:36 pm

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Get free blog up and running in minutes with Blogsome | Theme designs available here

hit counters
Domestications
Advertisement text: credit card, device used to obtain consumer credit at the time of purchasing an article or service. Credit cards may be issued by a business, such as a department store or an oil company, to make it easier for consumers to buy their products. Alternatively credit cards may be issued by third parties, such as a bank or a financial services company, and used by consumers to purchase goods and services from other companies. There are two types of cards&mdash;credit cards and charge cards. Credit cards such as Visa and MasterCard allow the consumer to pay a monthly minimum on their purchases with an interest charge on the unpaid balance.