पद्मरत्न तुलाधर माअोवादी कमान्डर ?
२०६२ असोज २ आइतबार

भारतीय सञ्चारमाध्यमहरुले नेपालको विषयमा समाचार बनाउँदा कति हचुवाका भरमा बनाउँछन् भन्ने कुरा धेरै पटक देखिसकेको छ र भर्खरैको घटनाले त्यसलाई थप पुष्टि गर्ने काम गरेको छ। भयो के भने जी न्युजले बिहीबार र शुक्रबार गरी लगातार दुई दिनसम्म विहारको चुनावसम्बन्धी एउटा रिपोर्टमा नेपालका माअोवादीका कमान्डर प्रचण्ड भन्दै पद्मरत्न तुलाधरको तस्वीर देखायो। अोसामा बिन लादेनभन्दा बढी खोजी गरिएको व्यक्ति भनेर गफ हाँक्दै जी न्युजले धेरै अघि चुनाव प्रचारका क्रममा खिचेको रातो तारा भएको क्याप लगाएको तस्वीर (दायाँ राखिएको तस्वीर) देखाएको थियो। तुलाधरका अनुसार यसअघि भारतका तीन दैनिकले पनि प्रचण्ड भन्दै उहाँको तस्वीर छापिसकेको छ। तुलाधरले यस विषयमा भारतीय दूतावासलाई जानकारी दिएपछि दूतावासले जी न्युजलाई यसबारे स्पष्टिकरण मागेको भनी भारतीय सञ्चारमाध्यमहरुले नै लेखेका छन्।
यसअघि इन्डियन एयरलाइन्सको विमान अपहरण हुँदा पनि यसै च्यानलले गजेन्द्र ताम्राकार नामका एक नेपालीलाई अपहरणकारी भन्दै समाचार प्रसारण गरेको थियो। त्यतिबेलादेखि नै नेपालमा जी न्युज प्रतिबन्धित थियो। अहिले पनि काठमाडौंमा अधिकांश केबुल टेलिभिजनले यो च्यानल प्रसारण गर्ने गर्दैनन्। आउनुस् जी न्युजले गरेको गलत प्रचारका लागि उसलाई सचेत गराउँ यो इमेलमा विरोध पत्र पठाई inews@zeenetwork.com


Indian News paper ani Tv le vanau wa Indian Neta le vanau Nepal ko kaile nai ramro socheko chha ra yeslai naulo mannu. Tara teti thaha pauda paudai pani tinkai paitala malna jane ani Indian neta wa patrikale aafulai man napareko lai gali garda kina hami ramauchhau ani kina hamra neta ani aru tinkai gulami garchhan?
Comment by Kurako Kura — September 18, 2005 @ 3:47 pm
hey editor
if have not any evidence why you have to broad cast nems about nepal?you know who is the maoest leader prachanda and padmaratna tuladar????????????????
Comment by rai — September 20, 2005 @ 5:09 pm
Most Indian mediamen have large network but little general knowledge.
Comment by karna — September 20, 2005 @ 9:35 pm
became happy to know that at least there are some jounnilists who believes in accuracy even in our country . thanks for finding out the mistake commited by zee television. but, iam feeling pity on your poor knowledge about indian aitrlines hijacking and mr. gajendra. in fact, he was gajendra ‘tamrakar’ not tuladhar as you have written. mr.idiot it is very easy to find out the fault in other . hope, you will understand .sorry, for poor english.
Comment by raaj — September 22, 2005 @ 8:57 pm
This url is very nice. I want to appreciate to develope in nepali script. Most wanted news come to update any time. Thank you.
Comment by radha k — September 28, 2005 @ 12:18 pm