भिडियो ब्लगः आन्दोलन जारी तर सुस्त
२०६२ असोज ३ सोमबार
आज पेशाकर्मी र बुध्दिजीवीहरुले डिल्लीबजारबाट जुलुस निकाली पुतलिसडकमा निषेध घेरा तोड्ने प्रयास गरे। त्यसै क्रममा खिचिएको भिडियो ब्लग हो यो। आजको भिडियो गुणस्तरको हिसाबले अलि राम्रो होस् भनी ध्यान दिएको छु। भिडियो ब्लगमा पहिलो दृश्य निषेध घेरा तोड्दै गर्दा गिरफ्तार गरिँदै गर्दाको हो। दोस्रो दृश्यमा दुर्व्यवहार गर्ने प्रहरीलाई गाली गर्दै गरेका ट्रकमा राखिएका प्रदर्शनकारी देखिन्छ। तेस्रो दृश्य ढुंगा आक्रमणबाट बचिरहेका प्रहरीहरुको हो। यसलाई डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस्। यो लिंकमा क्लिक गरेपछि ४५ सेकेण्ड पर्खनुस् अनि दायाँ छेउमा आउने click here to download मा क्लिक गरी डाउनलोड गर्नुस्। [3.68 MB, WMV format]

