राजाले दलहरुलाई गाली गरे
विदेशीको पैसामा नचाहिँदो गतिविधि भइरहेको आरोप
२०६२ असोज ६, बिहीबार
अघि बिहान मैले लेखे जस्तै गरी राजाले आज ललितपुर भ्रमणका क्रममा दलहरुलाई चुनौतिमात्र हैन, गाली पनि गरेका छन्। विदेशीहरुले पैसाको खोलो बगाएर राजधानीमा नचाहिँदो गतिविधि गराइरहेको आरोप राजाले लगाएका छन्। बाग्मती अञ्चलका मनोनीत जिविस सभापति तथा उपसभापतिहरुलाई निर्देशन दिने क्रममा राजाले राजधानीको वातावरणमात्र हैन राजनीति पनि प्रदूषित भएको आरोप लगाए। आजको भीड देखेर राजा मख्ख परेका थिए। आजको उपस्थिति बढी प्रभावशाली छ भन्दै राजा मख्ख परे। राजा थापाथली पुलदेखि बिहान १०४० बाट ५ घण्टा पैदल सवारी भएको थियो। यस क्रममा राजाले ठाउँठाउँमा प्रत्यक्ष कुरा गरी केहीलाई त अटोग्राफ पनि दिएका थिए। राजाले दलहरुलाई गरेको गालीको अडियो अहिले केही छिनमा नै अपलोड गर्दैछु। माथि अपलोड भइसक्यो। फोटोको लागि भित्र जानुहोला। बाँकी


फोटोहरु राससबाट साभार


237 barsha dekhiko rajtantra le tokera, dasera, luchhera, chusera, khokro banaeko mulukko party harulai bideshiko paisama chaleko dekhnu kunai ascharya hoina. Himmat chha bhane kalapai firta matra magera dekahun.
Comment by karna — September 22, 2005 @ 9:35 pm
comment lekhne wala mitra haru try to make up your mind and see which is positive and which is negetive. des bigrisakeko chha. aba santi garchhu bhanera sasiyeko rajalai negetive sochera kam garnu bhayo bhane tapai india ma gharbanauna janus. natra aafulai nepali ho bhanna chahanu huncha bhane kunai pani bekti chahe tyo raja hos chahe tyo political neta hos yedi usle desko ramro ko lagi kehi garna khojeko chha bhane teslai positively sochera hernus ta. Your mind neve be negetive when u always think positive. ok bye
Comment by biswas — September 30, 2005 @ 2:43 pm