राजनीतिक चलचित्रहरुमा शाही सरकारको प्रतिबन्ध
सरकारको आँखा अब राजनीतिक विषयवस्तुमा बनेको चलचित्रहरुमा पनि पर्न थालेको छ। भारतको इन्डो एसियन न्युज सर्भिसको समाचार अनुसार हाम्रो सरकारले विभिन्न चलचित्रहरुको प्रदर्शनमा रोक लगाएको छ। ती मध्ये तुलसी घिमिरेको बलिदान, नारायण पुरीको आगो र गणेशमान सिंह प्रतिष्ठानद्वारा निर्मित वीर गणेशमान अनि प्रकाश सायमीको हतियार रहेका छन्।
यी चलचित्रमध्ये मैले आगोमात्र हेरेको छु। आगो माअोवादी आन्दोलनसित सम्बन्धित चलचित्र हो। तत्कालीन देउवाको गठबन्धन सरकारको पालामा नै यसलाई सेन्सरबाट पास हुन कम्ता गार्हो परेको थिएन। अन्त्यमा माअोवादी बनी हतियार उठाउनेले गणेशमान शान्ति अभियानका सामु हतियार समर्पण गरेको दृश्य जोडेपछि बल्ल यो पास भएको थियो। अहिले पनि शाही सरकारसामु आत्मसमर्पण गरेको दृश्य देखाउने हो भने यसलाई प्रदर्शन गर्ने अनुमति प्राप्त हुन्छ होला।
बलिदान त २०४६ सालको जनआन्दोलनका सम्बन्धमा बनेको फिल्म हो। हेर्न जाने इच्छा भए पनि समय र सन्दर्भ नमिलेर मैले यो फिल्म हेर्न पाएको थिइनँ। यसमा हरिवंश आचार्यले शहीदको ज्यादै प्रभावकारी अभिनय गरेका छन् रे। यसको एउटा गीत गाउँगाउँबाट उठ बस्तीबस्तीबाट उठ हालका दिनमा भएका नागरिक सभामा सबैभन्दा हिट गीतका रुपमा रहेको छ।
वीर गणेशमान त नामैले बुझिए अनुसार गणेशमान सिंहका बारेमा बनाइएको डकुमेन्ट्री फिल्म हो। फिल्मका निर्देशक विजयरत्न तुलाधरलाई उद्धृत गर्दै समाचारमा लेखिएको छ, हामीले पोखरामा च्यारिटी शो देखाउने तयारी गरेका थियौं तर प्रशासनले हामीलाई त्यसो नगर्न “अनुरोध” गर्यो।
प्रतिबन्ध लगाइएको अर्को फिल्म प्रकाश सायमीको हतियार हो। फिल्ममा सत्ताका विरुध्द हतियार उठाएको देखाइएको छ रे भन्छन् तर यो सुपर फ्लप फिल्मलाई मैले हेरेको छैन।


yestai ho nepal ko chala
Comment by kp — September 25, 2005 @ 5:35 pm
बुझें बुझें ।। हामी देश बासी का के भनिबक्सन चाहन्छौ भने यस्तो फिल्म
हरु ले देश को विकास नहुने हुदा सबै जनता हरु लाई निलो फिल्म हेर्न
अनुरोध गराउछु । निलो फिल्म ले तपाई हरु को बुद्वि पनि बढने , नेपाल
को पैसा नेपाल मा नै रहने हुदा म सम्पुर्ण फिल्म निर्देशक हरु लाई
निलो फिल्म बनाउन हुकुम दिन्छौ । तपाई हरु का युवराज पनि यो
निलो फिल्म को नायक बन्न लायक भयको कुरा विश्वास दिलाउछौ ।
-श्री ५ ज्ञानेन्द्र तथा तपाइ हरु कि महारानी कोमल
नारायणहिटी पर्व बाट
Comment by श्री ५ ज्ञानेन्द्र तथा तपाइ हरु कि महारानी कोमल — September 25, 2005 @ 9:33 pm
s] ug]{ ldq,
s’s’/nfO{ £o” kRb}g eg]sf] olx xf] ..
;fhg
Comment by Sajan — September 26, 2005 @ 10:09 am