गरिबहरुले यसरी नै मर्नुपर्ने हो त ?
२०६२ असोज ९, आइतबार
आज पनि राजनीतिका समाचारहरु छन्। केही महत्त्वपूर्ण समाचार पनि छन्। माअोवादीको एकपक्षीय युध्दविरामका बीच सुरक्षा कारबाहीमा ८ माअोवादीको मृत्यु भएको खबर पनि छ। तर मलाई आज सबैभन्दा मुटु छुने समाचार भने यही भयो, अस्पताललाई बुझाउने पैसा नभएपछि एउटी सुत्केरी महिलाले दश दिनको शिशुलाई छोडेर पाटन अस्पतालको छतबाट हाम्फाली आत्महत्या गरेको।
यससम्बन्धमा च्यानल नेपालका सहकर्मी दीपक पाण्डे र चन्द्र विष्टले एउटा ज्यादै मन छुने रिपोर्ट बनाउनुभएको थियो। आज प्रसारित उक्त रिपोर्टको स्क्रिप्ट यहाँ जस्ताको तस्तै साभार गरेको हुँ-
चितवन जिल्लाको जुटपानी गाउँ विकास समितिकी २१ वर्षीया अमृता विश्वकर्माले सुत्केरी भएको नौ दिनको दिन गत शुक्रबार पाटन अस्पतालमा आत्महत्या गरिन्।
हेर्दै बोकुँ-बोकुँ लाग्ने यी शिशुले अब जीवनमा आफ्नो आमाको वात्सल्य पाउने छैनन्। यी शिशुलाई जन्माउन ललितपुरस्थित पाटन अस्पतालमा भर्ना भएकी आमा अमृता विश्वकर्माले गत शुक्रबार मध्यराति अस्पतालको छतबाट हामफालेर आत्महत्या गरेकी छिन्।
अबोध शिशुलाई छोडेर अमृताले आत्महत्या गर्नुको कारण थियो -चरम गरिबी। उपचार गर्दा लागेको खर्च अस्पताल व्यवस्थापनलाई बुझाउन नसकेपछि अमृताले मध्यराति अस्पतालको यही स्थानबाट हाम्फालेको उनका आफन्तहरुले बताएका छन्।
अमृताका आफन्तहरुले सुत्केरी महिलाले आत्महत्या गर्नुमा अस्पताल व्यवस्थापन जिम्मेवार रहेको आरोप पनि लगाएका छन्।
एक वर्षअघि मात्र चितवन निवासी हरि विश्वकर्मा र अमृताबीच विवाह भएको थियो। यसैबीचमा गर्भवती भएकी अमृतालाई डेलिभरी गराउन भदौ २४ गते पाटन अस्पताल लगियो र २७ गते बच्चा पनि जन्मियो।
बच्चा राम्रोसँग जन्मिएको भएपनि काठमाडौंमा मजदुरी गरेर जीवन निर्वाह गर्दै आएको विश्वकर्मा परिवारमा अस्पताललाई तिर्ने पैसा थिएन। अस्पताल भर्ना गरेको ९ दिनमै १२ हजार रुपैयाँ अस्पताललाई तिर्नुपर्ने भइसकेको थियो।
अस्पताललाई तिर्ने पैसा नभएपछि आफन्तहरुलाई श्रीमती हेरिदिन लगाएर अमृताका श्रीमान हरि विश्वकर्मा पैसा खोज्न घरतिर लागे। यसैबीचमा छोरालाई इन्जेक्सन लगाउन थप रुपैयाँ लाग्ने भन्दै त्यो रकम जुटाउन अस्पतालले अमृतालाई दबाब दियो।
त्यही पीडा सहन नसकेर अमृताले आत्महत्या गरेको आफन्तहरु बताउँछन्।
यसबारेमा पाटन अस्पतालका अधिकारीहरुसँग सम्पर्क राख्न खोज्दा उनीहरु सम्पर्कमा आउन चाहेनन्।


बुझें बुझें ।। हामी देश बासी का के भनिबक्सन चाहन्छौ भने गरिब हरु
यो देश बाट हटाउनु पर्छ । अनि मात्र देश विकास गर्न सम्भव हुन्छ ।
विना कारण मा यो लेख किन लेखेको देश का सबै पत्रकार हरु लाई
म यस्तो आतंककारी को मनोबल बढने लेख नलेख्न आदेश दिन्छु ।
गरिबी हटाउन बनेको यो सरकार ले विदेशी बैक मा पैसा राख्ने
कालो सुचि मा परेका हरु लाई मात्र सहयोग गर्ने कुरा सम्पुर्ण देश
बासि हरु मा अगवत गराउछु
-श्री ५ ज्ञानेन्द्र तथा तपाइ हरु कि महारानी कोमल
नारायणहिटी पर्व बाट
Comment by श्री ५ ज्ञानेन्द्र तथा तपाइ हरु कि महारानी कोमल — September 25, 2005 @ 9:24 pm
raja ko lalitpur sabari ko ramrai partifal payau .garibla aspatal ma tirna paisa na bhayara atma hattaya .kasto sanjog utta so rani ko swiss bank ma naautauna paisa jamma bhaya ko khabar chha .yata nepal ma garib delevari huna na sakara mardai chhan . dhanna nepal dhanna nepal mata .
Comment by sabina — September 26, 2005 @ 3:07 am
I feel sorry for the “mother” who had to resort to suicide because of her misery due to poverty. there are many such undocumented across nepal. I wish 7 parties rally for nobel cause like this instead of fighting for “chair” and “thick commissions”.
Comment by Chankhe — September 26, 2005 @ 11:14 am
jaba samma gyane le karodau rs aafno lagi bekar ma desh ko dhikuti bata kharchha taba samma yo desh ma garib haru yesari nai marnu parchha tara gyanelai kehi farak pardaina
Comment by kp — September 26, 2005 @ 6:31 pm
i pray heaven to the soul of “the mother”. and i declare she is NEPAL AMA. Those who live by their work has always been under class under privilaged. Only SAMANTI and GHUSKHORS live happily in NEPAL. and the main leader of those UPPER CLASS is GYANENDRA. The poor mother she represents the true state of nepal…. but i liked “bhupi” when he said, ” … marera jani shahid haru, bachera ta hera bachna jhan garo cha…”
Comment by the chosen one — September 26, 2005 @ 7:25 pm
Tyo patan aspatal Murdabad .Tyo aspatal dhanika lagi matara ho bhane tyaha bat hat hoina bhane ooth nichare ragat aaune amko jiu mathi khelbad garne adhikar teslai chaina . patan aspata adhyachha rajinama deee . Patan aspatal murdabad . gyane sarkar murdabad .
Comment by Ramhari Koirala — September 26, 2005 @ 9:06 pm