September 27, 2005

अडियो ब्लगः त्यो गन्हाउने बोको

२०६२ असोज ११ मंगलबार
सोमबार कीर्तिपुरमा आयोजित नागरिक सभामा मलाई सबैभन्दा रमाइलो लागेको नयाँ कवि दामोदर रेग्मीको कविता। यसलाई डाउनलोड गर्न यहाँ क्लिक गर्नुस्। [429 KB, MP3 Format] यसलाई रेकर्ड गर्ने क्रममा प्राविधिक कारणले बीचका केही अंश छुटेका छन्। अडियो ब्लग सुन्न नसक्नेहरुलाई कविता पढ्न सजिलो होस् भनी भित्र राखेको छु। कृपया प्रतिक्रिया लेख्न नभुल्नुहोला।

Image Hosted by The Image Hosting
गन्हाउने बोकोलाई काट्नु पर्‍योः कवि दामोदर रेग्मी। तस्वीरः उमेश

मुक्ति धर्तिको
-दामोदर रेग्मी

आमा !
यो आफ्नै दाइलाई सिङ्गौरीले हानेर लडाउने बोको
मै हुँ भनेर देख्ने, सुन्ने, बोल्ने
त्यसको कत्रो धोको

आमा !
यो १९ गते बतास्सिएर आएको गन्हाउने दुर्गन्धित बोको
पञ्चे एजेन्डाले सारा गाउँ नै निल्ने त्यसको कत्रो धोको

आमा, थाहा छ ?
आमा, थाहा छ
त्यो बोको आएको सात महिना बितिसकेछ
अब त सहनै नसकिने गरी
ठ्वास्सै गनाइसकेछ

……..प्राविधिक कारणले छुटेका लाइन……….(यसमा त्यो गन्हाउने बोकोलाई काट्न अष्टमी नै कुर्नु पर्छ र जस्ता लाइन थिए)

आमा,
उ हेर्नुस् त
उनीहरु सबै यतै आउँदैछन्
सारा गाउँलेहरु मिलेर
एउटै नारा लाउँदैछन्

त्यो बोकोलाई कत्रो दशा लागेको रहेछ
अब त त्यसलाई छिट्टै नै च्वाट्टै पार्ने भएछ

कस्तो अभागी रहेछ त्यो
कस्तो अभागी रहेछ त्यो
त्यसलाई खान दिएकै थियो, लाउन दिएकै थियो, बस्न दिएकै थियो
बोको भनी इज्जत पनि दिएकै थियो

मात्तिन पनि कति मात्तिसकेछ अब त
त्यसले मूर्ति देख्यो कि बोक्यो

मात्तिन पनि कति मात्तिसकेछ अब त
त्यसले मूर्ति देख्यो कि बोक्यो

बोसो पनि कति लागिसकेछ अब त
हाम्रै भाग खोस्न खोज्यो

गिरी सकेका
गिरी सकेका पिटर जातको कालो खसीलाई
बथानको नाइके रोज्यो

आमा !
यो आफ्नै दाइलाई सिङ्गौरीले हानेर लडाउने बोको
मै हुँ भनेर देख्ने, बोल्ने, सुन्ने
त्यसको कत्रो धोको

आमा !
यो घर त हाम्रो पो हो त

आमा !
यो घर त हाम्रो पो हो त
यहाँ त्यसको केको रजाइँ ?

लौ न
लौ न अब त केही गरौं
खोजौं न एउटा कसाई

आमा !
आमा, अब सदाको लागि त्यसको घर भत्काइ दिउँ न
बोका जातका सबैलाई मुग्लान कटाइदिउँ न

आमा !
अब अष्टमी नपर्खिउँ न

आमा !
अब अष्टमी नपर्खिउँ न
सार्‍है पीडा भइसक्यो अब त
त्यो बोकोलाई च्वाट्टै छिनाइदिउँ न
त्यसलाई खुकुरीको चोट थाहा दिउँ न
त्यसमाथि एकताको बज्र प्रहार गरौं न
आमा, अब यो धर्तीलाई मुक्त गरिदिउँ न

( कीर्तिपुरमा आयोजित नागरिक सभामा वाचन गरिएको कवितालाई मेरो संसारले संकलन गरी यहाँ प्रस्तुत गरेको हो। लाज नभएकाहरुलाई स्रोत उल्लेख नगरी साभार गर्न छुट छ)

7 Comments »

The URI to TrackBack this entry is: http://merosansar.blogsome.com/2005/09/27/audio-blog-damodar-regmi-poem/trackback/

  1. Aba ta siddu parne ho ki!!!!!!!!!!!

    Comment by Subodh Sharma — September 27, 2005 @ 9:45 pm

  2. Na-Lekhi sutya jasto chha…. anyway, hope to read it tomorrow. The audio has more advertisement.

    Comment by SSForYou — September 28, 2005 @ 12:58 am

  3. र्सवप्रथम त मेरो संसारलाई धन्यवाद दिन चाहन्छु जसले समाज र राष्टको लागि सूचना प्रविधिको क्षेत्रमा जुन क्रान्ति ल्याउन कोसिस गरेको छ, साह्रै नै सान्दर्भिक छ । यस्ता खुराकहरु हामी प्रवासमा जीवन विताउनेहरुको लागि ज्यादै माने राख्दछ । र उक्त बोकोको कविता पनि साह्रै राम्रो लाग्यो,धन्यवाद कविजी हो, अव अष्टमी होइन एकताको जंजीरले पर्सिनु पर्दछ ठस्स गन्हाउने वोकाहरुलाई र कविले भने झैं मुग्लान कटाउनु पर्दछ ।
    धन्यवाद
    चिज

    Comment by Chij Kumar Shrestha — September 28, 2005 @ 10:13 am

  4. First of all thanks Umesh jee, Bidesh ma baser audio blog sunn paainchh. Keep it up and all the best.
    Happy dashain to you.
    ********* hatyakand ko naike nai ho, ra tyo boka ab ekdum badhi machisakyo, sayad tayaslai yahin dashain ma nai sidhyaunu parchh, yaar sabai miler.
    hatyaro ****** murdabaad, desh chalaune himmat chhain timi ma.

    Comment by Nepal Ko chhora — September 28, 2005 @ 6:42 pm

  5. Yo kabita sarhai nai ramailo lagyo. Dohoryayera sune.

    Thanks!

    Comment by Raju — September 29, 2005 @ 9:03 am

  6. DERAI NAI DHANNYA BADH KABI DAMODAR JEE ANI UMESH JEE LAI PANI JASALE HAMI PRAWASI NEPALI UBA HARU KO LAGI YES PRAKAR KO SUBIDHA DINU BHAYO.

    Comment by BR — September 29, 2005 @ 8:37 pm

  7. mero sansar ra kabi ji ani loktantra lagi ladnesabai nepaliko lagi dhanyabad ra hamile hernara sunna payako ma mero sansar lai muri muri dhanyabad ra sadhai herna paiyos by

    Comment by rajendra pd nyaupane — September 29, 2005 @ 10:57 pm

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Get free blog up and running in minutes with Blogsome | Theme designs available here

hit counters
Domestications
Advertisement text: credit card, device used to obtain consumer credit at the time of purchasing an article or service. Credit cards may be issued by a business, such as a department store or an oil company, to make it easier for consumers to buy their products. Alternatively credit cards may be issued by third parties, such as a bank or a financial services company, and used by consumers to purchase goods and services from other companies. There are two types of cards&mdash;credit cards and charge cards. Credit cards such as Visa and MasterCard allow the consumer to pay a monthly minimum on their purchases with an interest charge on the unpaid balance.