September 28, 2005

अडियो ब्लगः श्रीपेच फुकालेर आउनु पर्छ

२०६२ असोज १२ बुधबार
श्रीपेचको कुरा गर्दा नागरिक सभामा कृष्ण पहाडीले भनेको कुरा याद आउँछ। उनले भनेका थिए, श्रीपेचको श्री हराइसक्यो, “अब खिया लागेको पेच मात्र बाँकी छ।” यो अडियो ब्लग कवि स्नेह सायमिको कविताको हो। यसलाई सुन्नका लागि यहाँ क्लिक गर्नुहोला। [371 KB, MP3 Format ] अडियो सुन्न नसक्नेहरुका लागि र टेक्स्ट हेर्दै सुन्नका लागि मैले यो कवितालाई पनि डिजिटल रुपमा उतारेको छु। कविताको पूर्ण विवरणका लागि भित्र आउनुहोला।

Image Hosted by The Image Hosting
श्रीपेच फुकालेर आउन चुनौति दिँदै स्नेह सायमी। तस्वीरःउमेश

श्रीपेच फुकालेर आउनु पर्छ- स्नेह सायमि

अहिंसा र लोकतन्त्रका मूल बाटाहरुमा स्थान खोज्ने हो भने
निहत्था नागरिकसँग प्रतिस्पर्धामा उत्रने हो भने
बन्दूक बिसाएर आउनुपर्छ
श्रीपेच फुकालेर आउनुपर्छ

कोतपर्वका सञ्चालकहरु
कोतपर्वका सञ्चालकहरु
कोतपर्वका उत्पादकहरु
जसरी एउटा कोतपर्वको कारणले तिमी बाँचिरहेका छौ
खरबौं खर्ब सोहोरिरहेका छौ
त्यति सजिलो छैन संविधानभन्दा माथि बस्न

जनतासँग प्रतिस्पर्धा गर्ने हो भने
संविधानसम्मत भएर आउनु पर्छ
श्रीपेच फुकालेर आउनुपर्छ

टाउकाको नाप अनुसार हुन्छ टोपी
टाउकाको नाप अनुसार हुन्छ टोपी
टोपी अनुसारको टाउको हुनसक्दैन

टाउकाको नाप अनुसार हुन्छ टोपी
टोपी अनुसारको टाउको हुनसक्दैन
लोकको चाहना अनुसार शासक हुनुपर्छ
शासकको चाहना अनुसार जनता हुनसक्दैन

जनतामाझ चुनिएरै आउने हो भने
बन्दूक बिसाएरै आउनु पर्छ
श्रीपेच फुकालेर आउनु पर्छ

( कीर्तिपुरमा आयोजित नागरिक सभामा वाचन गरिएको कवितालाई मेरो संसारले संकलन गरी यहाँ प्रस्तुत गरेको हो। लाज नभएकाहरुलाई स्रोत उल्लेख नगरी साभार गर्न छुट छ)

8 Comments »

The URI to TrackBack this entry is: http://merosansar.blogsome.com/2005/09/28/audio-blog-sneha-sayami/trackback/

  1. कविता अति रम्रो लाग्यो ।

    Comment by ramesh — September 28, 2005 @ 7:35 am

  2. आसय बुझिनयो लाज नभएका भनेर कस्लाई भन्नु भएको हो बुझ्न सकिएन नि। किनकी कविता तपाईको हैन भने कसैले यो स्रोत उल्लेख गर्नु के जरुरी छ र किनकी त्यो मान्छेले पनि त: कविता सुनेको हुन सक्छ हैन र उमेश जी । हो न्युज चै बिना साभार लेख्नु पाप हो।

    Comment by ramesh — September 28, 2005 @ 7:42 am

  3. very very good and realiaty Kavita ho yo.

    Comment by suren — September 28, 2005 @ 4:55 pm

  4. very very good and realiaty Kavita ho yo.

    Comment by suren — September 28, 2005 @ 4:56 pm

  5. Nepali Aamako dudhko
    Rato ragatko tagat
    Timra kalam ra microphonebata
    Shreepechlai sanchai mukti milcha bhane
    Timro Nepali bhaiko kasam
    Rato ragatko timro sahi tagat
    Yo kabitalai hamro swagat

    Comment by Rajendra — September 28, 2005 @ 5:45 pm

  6. NEPALI AAMAKO DUDHKO, RATO RAGATKO TAGAT, YADI TIMRA KALAM RA MICROPHONEBATA, SHREEPECHLAI SANCHAI MUKTI MILCHA BHANE, TIMRO YO NEPALI BHAIKO KASAM, RATO RAGATKO TIMRO SAHI TAGAT, YO KABITALAI HAMRO SARAI SWAGAT.

    Comment by R K Manandhar — September 28, 2005 @ 5:51 pm

  7. RAmro kabita chha

    Comment by subas — September 29, 2005 @ 12:47 pm

  8. poem is really impressing. for loktantra and shanti, we’ve to be be untirely involved in such movements either it be by reciting a poem or by joining the rallies. loktantra and shanti are the key for what we’ve to overthrough the cruelty, injustice and feudalistic malfunctioning envisaged by the monarchy.

    Comment by anonymous — September 30, 2005 @ 9:50 am

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Get free blog up and running in minutes with Blogsome | Theme designs available here

hit counters
Domestications
Advertisement text: credit card, device used to obtain consumer credit at the time of purchasing an article or service. Credit cards may be issued by a business, such as a department store or an oil company, to make it easier for consumers to buy their products. Alternatively credit cards may be issued by third parties, such as a bank or a financial services company, and used by consumers to purchase goods and services from other companies. There are two types of cards&mdash;credit cards and charge cards. Credit cards such as Visa and MasterCard allow the consumer to pay a monthly minimum on their purchases with an interest charge on the unpaid balance.