अडियो ब्लगः जंगबहादुरको कुकुर
२०६२ असोज १४ शुक्रबार
अर्जुन पराजुलीको नाम मेरो संसारका नियमित पाठकहरुका लागि नौलो हैन। उनका चोटिला कविताहरु तपाईँले यसअघि पनि अडियो ब्लगमा सुनिसक्नुभएको छ, पढिसक्नुभएको छ। आज म उनका दुई कविता अडियो ब्लग र टेक्स्टमा पनि प्रस्तुत गर्दैछु। यी कविता उनले गत सोमबार कीर्तिपुरमा भएको नागरिक सभामा सुनाएका हुन्। त्यहाँ उनले अधिकांश पुराना कविता सुनाएका थिए। यी चाहिँ नयाँ हुन्। एउटा अर्को जंगबहादुरसितको भेट शीर्षकको मलाई राम्रो लागेको कविता पछि प्रस्तुत गर्नेछु। आजलाई यी दुई कविता एउटै ब्लगमा। यसलाई डाउनलोड गर्न यहाँ क्लिक गर्नुस्। [337 KB, MP3 Format] कविताको पूर्ण विवरणका लागि भित्र आउनुस्।
आज राति कीर्तिपुरमा
कुखुराका चल्लाहरु हराएनन्

आज राति कीर्तिपुरमा
कुखुराका चल्लाहरु हराएनन्
आज राति कीर्तिपुरमा भुस्याहा कुकुरहरु कराएनन्
मलाई अचम्म लागेर सोधेँ
अोए कीर्तिपुर !
भुस्याहा कुकुरहरु कहाँ गए ?
उसले भन्यो अभिनन्दनमा भाग लिन गए……
*******************************
जंगबहादुर के ख्वायौ तिमीले ?
तिम्रो कुकुर त निकै तगडा भएछ
जंगबहादुर के ख्वायौ तिमीले ?
तिम्रो कुकुर त निकै तगडा भएछ
उसले विराटनगरमा भुक्दा
काठमाडौंमा झन चर्कोसँग सुनिंदो रहेछ
जंगबहादुर के ख्वायौ तिमीले ?
तिम्रो कुकुर त निकै तगडा भएछ
उसले विराटनगरमा भुक्दा
काठमाडौंमा झन चर्कोसँग सुनिंदो रहेछ
एक दिनका लागि
तिम्रो कुकुर मैले भाडामा पाउनु पर्यो
एक दिनका लागि
तिम्रो कुकुर मैले भाडामा पाउनु पर्यो
त्यसको मुख बैंगलोरतिर फर्काएर
काठमाडौंबाट भुक्न लाउनु पर्यो
एक दिनका लागि
तिम्रो कुकुर मैले भाडामा पाउनु पर्यो
त्यसको मुख बैंगलोरतिर फर्काएर
काठमाडौंबाट भुक्न लाउनु पर्यो
मेरो छोरो बैंगलौरमा छ
भन्छ, बा ! मेरो देशको कुकुरले भुकेको
मैले पनि त सुन्न पाउनु पर्यो….
(कीर्तिपुरमा आयोजित नागरिक सभामा कवि अर्जुन पराजुलीद्वारा वाचन गरिएको कवितालाई मेरो संसारले संकलन गरी यहाँ प्रस्तुत गरेको हो। लाज नभएकाहरुलाई स्रोत उल्लेख नगरी साभार गर्न छुट छ)


Sarai ramro vayo. Kati vasan matrai sunne ho khoi?
Vasanle vanda ta kabitale po juruk juruk parne raichha ta. Tadha vaiyo afu te ke garnu? Natra Yo atyachari , Tanashahi ka birudda ta Khukuri liyera daudihalau jhai hunchha ni !!!!!!!!!!!!
Poems like this can melt the mountains not just the heart of people…………maile ni kabitai korna lage jasto chha.
Comment by Subodh Sharma — September 30, 2005 @ 3:07 am
kabita samaya shandarbhik ra chotilo chha.syabas kabi ji.
Comment by bikura — September 30, 2005 @ 4:49 am