अडियो ब्लगः दानवरुपी मनुष्यलाई अोराल्नुपर्छ सिंहासनबाट
२०६२ असोज ६ शनिबार
पछिल्लो पटक कीर्तिपुरमा भएको नागरिक सभामा कवयित्री इन्दिरा दाहालले वाचन गर्नुभएको कविता सुन्नका लागि यहाँ क्लिक गर्नुहोला[MP3 Format, 492 KB, Length 4:06] कविताको लिखित स्वरुपका लागि भित्र आउनुहोला……

कवयित्री इन्दिरा दाहालको कविता पनि गजब कै थियो। तस्वीरः उमेश
तिमी र राष्ट्रियताको खोल
- इन्दिरा दाहाल
घुँइचो र जमातहरुका बीच
अभिनन्दनको कोसेली थाप्न
घुँइचो र जमातहरुका बीच
अभिनन्दनको कोसेली थाप्न अघि बढेका तिम्रा हातहरु
घुँइचो र जमातहरुका बीच
अभिनन्दनको कोसेली थाप्न अघि बढेका तिम्रा हातहरु
भीडहरुबीचको तिम्रो कुटिल हाँसो
हाँसोभित्रको कालो कर्तुत !
भीडहरुबीचको तिम्रो कुटिल हाँसो
हाँसोभित्रको कालो कर्तुत
कर्तुतसँग अघि बढेका तिम्रा दुस्साहसी कदम
अनि तिम्रो राष्ट्रिय पोशाक
के तिमी नेपाली हौ ?
तिमी त साँच्चै पशुपति
पशु पति ?
तिमी त साँच्चै पशु पति
अझ भन्दा बाघपति, सिंहपति
के-के हो के-के पति
तिमी त साँच्चै पशु पति
अझ भन्दा बाघपति, सिंहपति
के-के हो के-के पति
हामी त मान्छे हौं
हामी त मान्छे हौं
मान्छेको पनि मालिक हुन्छ र ?
हामी त मान्छे हौं
मान्छेको पनि मालिक हुन्छ र ?
यदि हुन्छ भने त्यो पनि मोटाउला
तिमी जस्तै !
यदि हुन्छ भने त्यो पनि मोटाउला
तिमी जस्तै
दाइको रगत चाटेर
भाइको टाउको काटेर
मान्छेको पनि मालिक हुन्छ र ?
यदि हुन्छ भने त्यो पनि मोटाउला
तिमी जस्तै
दाइको रगत चाटेर
भाइको टाउको काटेर
भयो परेन अब !
भयो परेन अब
हाम्रा आराध्यदेवसँग तिम्रो नाम जोडेर
किन कलुषित बनाउँ हाम्रो राष्ट्रियतालाई ?
भयो परेन अब
हाम्रा आराध्यदेवसँग तिम्रो नाम जोडेर
किन कलुषित बनाउँ हाम्रो राष्ट्रियतालाई ?
होशियार दाजुभाइ हो !
होशियार दाजुभाइ हो
टोपीको इज्जत जाला !
होशियार दाजुभाइ हो
टोपीको इज्जत जाला
टोपी त नेपालीको शिरमा हुनुपर्छ
मुसोलिनीको हैन
होशियार दाजुभाइ हो
टोपीको इज्जत जाला
टोपी त नेपालीको शिरमा हुनुपर्छ
मुसोलिनीको हैन
दौरा सुरुवालको नाक काटिएला !
दौरा सुरुवालको नाक काटिएला
हिटलरलाई दौरै सुहाउँदैन !
दौरा सुरुवालको नाक काटिएला
हिटलरलाई दौरै सुहाउँदैन
हिटलर त कालो मन पराउने मान्छे !
हिटलर त कालो मन पराउने मान्छे
कालो खोल अोढेको जडमूर्तिलाई
अब पूजा गर्नु छैन !
कालो खोल अोढेको जडमूर्तिलाई
अब पूजा गर्नु छैन
खोल अोढेको दानवरुपी मनुष्यलाई
अब पर्दा च्यातेर
अोराल्नु पर्छ सिंहासनबाट
खोल अोढेको दानवरुपी मनुष्यलाई
अब पर्दा च्यातेर
अोराल्नु पर्छ अब सिंहासनबाट
त्यसैले आउ जुटौं
त्यसैले आउ जुटौं
नाममात्रको राष्ट्रियताको उसको स्वरलाई
लोकतन्त्रको गर्विलो आवाजले
आजैदेखि तिलाञ्जली दिउँ
त्यसैले आउ जुटौं
नाममात्रको राष्ट्रियताको उसको स्वरलाई
लोकतन्त्रको गर्विलो आवाजले
आजैदेखि तिलाञ्जली दिउँ

