October 30, 2005

नेपाली पडकास्ट परीक्षण प्रसारण VII

२०६२ कात्तिक १४ सोमबार
हिजो आइतबार एक दिनको विश्रामपछि आज पुनः पडकास्टको परीक्षण प्रसारण लिएर हाजिर भएको छु। पडकास्टको सातौं अंक अलि ठूलो साइजको फाइल बनेको छ। समय पनि झण्डै १७ मिनेट पुगेछ। पडकास्टलाई डाउनलोड नगरी सीधै सुन्न यहाँ क्लिक गर्नुहोला। डाउनलोड गरेर सुन्न चाहनुहुन्छ भने यहाँ राइट क्लिक गरेर सेभ टार्गेट एज गर्नुहोला।
आजका प्रमुख समाचारमा-
-निर्वाचित सरकार पनि राजा कै प्रत्यक्ष निगरानीमा रहने उपाध्यक्ष गिरीको भनाई, नागरिक समाज, दल र गैससले विदेशीको पैसा खाएको आरोप
-निरंकुश सत्ता धेरै नटिक्ने काँग्रेस सभापति कोइरालाको ठोकुवा
-सुन्दर शान्त नेपालको कामना गर्दै भक्तपुरमा हजारौं भेला भए
-सञ्चार अध्यादेशका सम्बन्धमा सर्वोच्चमा छलफल
-आज कुकुर तिहार मनाइँदै
र,
नेपालमा भएको आलु पार्टी (more…)

भिडियो ब्लगः रकमा मस्त युवा पुस्ता


२०६२ कात्तिक १३, आइतबार
शनिबार दशरथ रंगशालामा आयोजित “मेरो मोबाइल” को एक्स्ट्रिम रक शोमा युवा पुस्ता कसरी मस्त भई झुमेका थिए, कसरी नाचेका थिए, कस्तो थियो भीड- त्यो सब मैले यो भिडियो ब्लगमा समेट्ने कोशिश गरेको छु। यो भिडियो ब्लगलाई दर्शकको सुविधाका लागि मैले दुई ठाउँमा होस्ट गरेको छु। तपाईँ यहाँ क्लिक गर्न सक्नुहुन्छ। अनि यहाँ पनि क्लिक गर्न सक्नुहुन्छ। डाउनलोड गरी हेर्न चाहनुहुन्छ भने माथिको लिंकमा राइट क्लिक गरेर सेभ टार्गेट एज गर्नुस्। यो भिडियोको फरम्याट wmv र साइज 7 mb रहेको छ। (more…)

October 29, 2005

“ज्वाईँको मोबाइल”ले नचायो युवायुवतीलाई

२०६२ कात्तिक १२ शनिबार
Image Hosted by The Image Hosting
स्पाइस नेपाल प्रा.लिको मेरो मोबाइल, जसलाई ठट्टामा ज्वाईँको मोबाइलसमेत भन्ने गरिन्छ, ले आज दशरथ रंगशालामा एउटा रक शोको आयोजना गर्‍यो। फोटोमा १९७४ एडीको गीतमा झुम्दै गरेका युवायुवती। १ सय ५० रुपैया पर्ने टिकटका साथमा मोबाइलको सिमकार्ड एउटा पनि निःशुल्क दिने व्यवस्था भएकोले झण्डै ५० हजार जनाले त्यसमा सहभागिता जनाएका थिए। कन्सर्टमा युवराज पारस आफ‌्नो परिवारसहित उपस्थित भई घाँसे मैदानमा बसी रक शो हेरेका थिए।
* हिजो सडकमा लगाइएका जस्ता नारा यहाँ कसैले लगाएनन्। यहाँको भीड “ड्याम केयर डेमोक्रेसी” भन्ने भीड नै हो त ?
* एक पटक अस्पष्ट रुपमा “फाँसी दे” भनेको जस्तो सुनियो। तर ध्यान दिएर सुन्दा त हैन रहेछ “देउसी रे” भनेका रहेछन्…
* युवतीहरु आवतजावत गर्ने ठाउँमा उनीहरु आउनेबित्तिकै माथिबाट धकेलाधकेल गर्ने, तल झरेर जिउमा छोएर “चान्समा डान्स” गर्नेसम्मका युवकहरु देखिए…..
* लुगा खोलेर नाङ्गै आफ्नै ढंगले मस्त भई नाचिरहेका युवालाई एकछिन म हेरेको हेर्‍यै भएँ….
बाँकी ब्लग र थप फोटोका लागि भित्र आउनुहोला। (more…)

भिडियो ब्लगः सूचनाको हकका लागि जुलुस

२०६२ कात्तिक १२ शनिबार
हिजोको बन्दका क्रममा निस्किएको जुलुस, त्यो जुलुसले लगाएका नारा र जुलुसपछि आयोजित सभाका केही झलकहरु यो भिडियो ब्लगमा समेटिएको छ। यसलाई हेर्न यहाँ क्लिक गर्नुहोला अथवा यहाँ क्लिक गरे पनि हुन्छ। डाउनलोड गरेर हेर्न चाहनुहुन्छ भने यहाँ राइट क्लिक गरी सेभ टार्गेट एज गर्नुस्। यहाँ राइट क्लिक गरी सेभ टार्गेट एज गरे पनि हुन्छ। [5 mb, wmv format] (more…)

नेपाली पडकास्ट परीक्षण प्रसारण- VI

२०६२ कात्तिक १२, शनिबार
आजको पडकास्ट समाचार डाउनलोड नगरी सीधै सुन्ने भए यहाँ क्लिक गर्नुहोला। फाइल डाउनलोड गरेर सुन्न चाहनुहुन्छ भने यहाँ राइट क्लिक गरी सेभ टार्गेट एज गर्नुहोला। प्रतिक्रिया लेख्न नभुल्नु होला। समालोचनात्मक प्रतिक्रिया पनि पाउने आशामा।
आजका प्रमुख समाचारमा
सात दलको आह्वानमा भएको उपत्यका बन्दमा ८४ जना गिरफ्तार
सञ्चार अध्यादेशको विरोधमा देशभर प्रदर्शन
कान्तिपुर एफएमबाट मध्यरातमा लुटिएका सामान फिर्ता गर्न राष्ट्रिय मानवअधिकार आयोगको आग्रह
भारतीय विदेश नीतिका विशेषज्ञहरुसँग एमाले नेतृत्वको भेट
र,
कसरी दुःख पाए एक जर्मन अधवैंशेले आफूले पालेको बिरालोबाट
(more…)

October 28, 2005

यस्तो रह्यो आजको उपत्यका बन्द

२०६२ कात्तिक ११, शुक्रबार

तिमी नागरिकको सूचनाको हक खोसी आँखा, कान बन्द गर्न खोज्छौ, हामी त्यसको विरोधमा बजार बन्द गर्छौं- कालिमाटीमा बन्द भएको बजार।
सात दलले आज आह्वान गरेको उपत्यका बन्दका बारेमा फोटो फिचर हेर्ने भए भित्र आउनु होला। सबै फोटो म आफैले खिचेको हुँ। (more…)

भिडियो ब्लगः सात दलको उपत्यका बन्द

२०६२ कात्तिक ११, शुक्रबार
नागरिकहरुको सूचनाको हकको रक्षाका लागि सात दलले आज आह्वान गरेको कडा कार्यक्रम “बन्द” का क्रममा प्रहरीले दर्जनौँलाई गिरफ‌्तार गरेको छ। बन्द भने पहिले-पहिले जस्तो छैन। मोटरसाइकल धेरै चलेका छन्। ट्याक्सीहरु पनि धेरै नै चलेको देखिएको छ। भाडाका केही गाडीहरु पनि चलेका छन्। पसलहरु भने अधिकांश बन्द नै छन्। शिक्षण संस्थाहरु ठप्प छन्। नेपाल टेलिभिजनले अब आज साँझ बन्दको पूरै अवज्ञा भयो भन्ने समाचार दिन्छ होला। भएकै कुरा त बङ्ग्याउने नेटेलाई आज त मसला छ नि गाडी गुडेको देखाउने ! साँच्ची आजभोलि नेपाल टेलिभिजन यति एकपक्षीय भइसकेको छ कि कहिलेकाहीँ त यस्तो रिस उठ्छ, कहिले हाँसो उठ्छ। आज बिहान ११ बज्नुअघि खिचेका केही भिडियो दृश्य हेर्न यहाँ क्लिक गर्नुस्। डाउनलोड नगरी हेर्न भित्र आउनुहोला। अहिले म खाना खाएर एकछिन रत्नपार्क, न्युरोडतिर जाँदैछु। त्यहाँबाट फर्केपछि थप तस्वीर र भिडियो ल्याउनेछु होला। (more…)

राजदरबार प्रवेश गर्न लागेकी सुन्दरी

२०६२ कात्तिक ११, शुक्रबार
यो हप्ताको जनआस्था साप्ताहिकले प्रमुख समाचारमा लेखेको राजदरबार प्रवेश गर्न लागेकी सुन्दरी भनेकी यिनी नै हुन्। सन् २००० मा मिस अमेरिका बनेकी यी सुन्दरीको नाम हिथर रेनी फ्रेञ्च हो। राष्ट्रिय राजनीतिक दलहरु मात्रै होइन अन्तर्राष्ट्रिय समुदायबाट पनि आलोचना र असहयोग पाएपछि एक्लिंदै गएको सरकारले अब अन्तर्राष्ट्रिय सम्बन्धलाई सुधार्न एकजना विदेशी सुन्दरीको सहयोग लिने भएको छ । सन् २००० मा मिस अमेरिका बनेकी सुन्दरी हेदर रेनी फ्रेञ्च आफ्ना श्रीमान् केन्टुकी राज्यका पूर्व लेफि्टनेन्ट गभर्नर स्टिथ हेन्रीलाई साथमा लिएर डिसेम्बरको पहिलो हप्ता मरिचमानसिंहको निमन्त्रणामा नेपाल आउंदैछिन्।

सुन्दरी फ्रेञ्चका पति स्टिभ अमेरिकी राष्ट्रपति जर्ज बुशको विरोधी डेमोक्रेटिक पार्टीका प्रभावशाली मानिन्छन् । उनी आगामी निर्वाचनमा डेमोक्र्याटका तर्फबाट सिनेटमा समेत उठ्दैछन्…..

जनआस्थाको पूरा समाचार पढ्न यहाँ क्लिक गर्नुस्।



Your Ad Here

मेरो ब्लगको मूल्य


My blog is worth $1,129.08.
How much is your blog worth?

आज एउटा रमाइलो साइट भेटियो। यो साइटका अनुसार मेरो ब्लगको मूल्य $1,129.08 रहेछ। तपाईँ पनि आफ्नो ब्लगको मूल्य हेर्न चाहनुहुन्छ भने माथिको लिङ्कमा क्लिक गर्नुस्।

नेपाली पडकास्ट परीक्षण प्रसारण- V

२०६२ कात्तिक ११, शुक्रबार
आजको पडकास्ट समाचार डाउनलोड नगरी सीधै सुन्ने भए यहाँ क्लिक गर्नुहोला। फाइल डाउनलोड गरेर सुन्न चाहनुहुन्छ भने यहाँ राइट क्लिक गरी सेभ टार्गेट एज गर्नुहोला। हिजोको पडकास्टपछि प्राप्त प्रतिक्रिया त्यति उत्साहजनक रहेन। यदि दुई चार जनाले मात्रै सुनिरहनुभएको हो भने हाललाई यस्तो झण्झटिलो काम स्थगित गर्नुपर्छ कि के हो ? सुनिरहनु भएको छ भन्ने मात्र थाहा पाए पनि मेहनत ठाउँमा परेको रहेछ भन्ने हुन्थ्यो !
आजका प्रमुख समाचारमा
आज सात दलको आह्वानमा उपत्यका बन्द हुँदै, बन्दको प्रचार गर्नेहरु गिरफ्तार
कान्तिपुर एफएममाथि कुनै कारबाही अगाडि नबढाउन सरकारलाई सर्वोच्चको आदेश
दिनभर धर्ना बसे नागरिक समाज र नेता कान्तिपुर एफएम परिसरमा
सञ्चार अध्यादेशका विषयमा मानवअधिकार आयोगद्वारा सञ्चारमन्त्रीलाई स्पष्टिकरण माग
अमेरिकाले सैन्य र आर्थिक सहयोग नगर्ने
र,
आफ्नै प्रेमीलाई जेल पठाउने प्रेमिका (more…)

October 27, 2005

भिडियो ब्लगः कान्तिपुर एफएमप्रति ऐक्यवध्दता

२०६२ कात्तिक १०, शुक्रबार
कान्तिपुर एफएमप्रति ऐक्यवध्दता जनाउन आज बिहान आठ बजेदेखि पुल्चोकस्थित सो एफएमको कार्यालयमा मानिसहरु भेला भएका थिए। त्यसै क्रममा मैले खिचेका केही भिडियोहरुलाई मैले यहाँ राखेको हुँ। यो भिडियोलाई डाउनलोड नगरी हेर्न यहाँ क्लिक गर्नुहोला। डाउनलोड गरेर हेर्न चाहनुहुन्छ भने यहाँ राइट क्लिक गरी सेभ टार्गेट एज गर्नुहोला। (more…)

शाही सरकारलाई अर्को धक्का

२०६२ कात्तिक १० बिहीबार

कान्तिपुर एफएमका अध्यक्ष हेमराज ज्ञवाली सर्वोच्चको स्टे अर्डरको प्रतिलिपि नियाल्दै। तस्वीरः उमेश
२४ घण्टे म्याद जारी गरेर कान्तिपुर एफएमलाई बन्द गराई अरु एफएमलाई थर्काउँदै नागरिकको सुसूचित हुने हक र अभिव्यक्ति स्वतन्त्रता हनन् गर्न खोज्ने शाही सरकारलाई आज सर्वोच्चले ठूलो धक्का दिएको छ। सर्वोच्च अदालतले आज दायर रिटमाथि आजै सुनुवाई गरेर आजै अर्को निर्णय नभएसम्म तत्काल केही कारबाही नगर्न आदेश दिएको छ। (more…)

नेपाली पडकास्ट परीक्षण प‌्रसारण IV

२०६२ कात्तिक १० बिहीबार
पडकास्टका लागि भ्वाइस रेकर्ड गर्न सार्‍है गार्‍हो भइरहेको थियो। क्यामेराबाटै आवाज रेकर्ड गरिरहेको थिएँ। त्यसो गर्न झण्झट हुने हुनाले आज न्युरोड गएर एउटा माइक किनेर ल्याएँ। महँगो रहेछ राम्रो खालको माइक। ५०० रुपैया पर्‍यो। दसैंमा टीका थाप्दा पाएको दक्षिणा थियो, त्यही खर्च गरेँ।
आजको पडकास्ट डाउनलोड नगरी सीधै सुन्न यहाँ क्लिक गर्नुहोला। डाउनलोड गरेर सुन्न चाहनुहुन्छ भने यहाँ राइट क्लिक गरी सेभ टार्गेट एज गर्नुहोस्।
[आज यो पडकास्ट डाउनलोड नगरी सुन्न यहाँ नेपालमा अलि गार्‍हो भयो। तपाईँहरु कहाँ कस्तो सुनिन्छ, कमेन्टमा लेख्नुहोला। माथिको फाइलमा सुन्न समस्या हुनेले यहाँ क्लिक गर्नुहोला। शायद यसबाट समस्या समाधान होला कि !]
आजका प्रमुख समाचारमा

एमाले र माअ‍ोवादीबीच उच्चस्तरीय वार्ता, युध्दविराम छिट्टै भंग हुन सक्ने संभावना
सरकार र प्रेसको द्वन्द्व चरम सीमामा, सरकारले कान्तिपुर एफएम बन्द गराउने संकेत
जोखिम मोलेर राजसंस्थाले निर्वाचन गराउन नहुने सभामुखको विचार
निर्वाचन बहिस्कार गर्न मानवअधिकारवादी समूहहरुको आह्वान
र,
लिलाम हुँदैछ बेलायतको एक राजनीतिक पार्टी (more…)

October 26, 2005

भिडियो ब्लगः प्रेस स्वतन्त्रताका पक्षमा र्‍याली

यो भिडियो ब्लग अस्तिको दिन नै गर्नु पर्ने हो। तर त्यो दिन भिडियो फाइल होस्ट गर्ने दुई तीन ठाउँमा नै समस्या देखा परेको थियो। त्यसैले आज बल्ल सार्वजनिक गरेको हुँ। अस्ति प्रेस स्वतन्त्रताका पक्षमा युवाहरुले निकालेको जुलुसको भिडियो यसमा छ। अन्त्यमा जुलुसपछिको कोणसभामा प्ररायुसंघका अध्यक्ष गोकर्ण विष्टको सानो सम्बोधन पनि यसमा संलग्न छ। यसलाई डाउनलोड गर्न यहाँ क्लिक गर्नुस्। [wmv format, 7 mb]

नाम चाहियो रे !

२०६२ कात्तिक ९, बुधबार
नाममा के छ र ? भनी सेक्सपियरले जति नै फलाके पनि मान्छेलाई नाम नभई हुन्न क्या रे। नामको महत्त्व त ठूलो पो छ त। मान्छेलाई मात्र हैन सबैथोकलाई नामको आवश्यकता हुन्छ। पार्टीलाई त नामको आवश्यकता हुने नै भयो। दरबारनिकट भनेर चिनिने तर हालका दिनमा दरबारकै सरकारको चर्को विरोध गर्दै हिँड्ने अनि मन्त्रिमण्डल पुनर्गठन भएमा आफू पनि मन्त्री बन्न सक्ने कुरा खुल्लमखुल्ला बताउँदै हिँड्ने केशरबहादुर विष्टले पनि नयाँ पार्टी गठन गर्दैछन्। त्यसका लागि नाम खाँचो परेर उनले आजको कान्तिपुर दैनिकमा विज्ञापन छपाएका रहेछन्। हाल उनको समूहको नाम राष्ट्रिय समस्या समाधानका लागि समान विचार रहेको छ। मलाई अचम्म लाग्यो, पार्टीको नामसमेत आफै जुराउन नसक्नेले कसरी त्यत्रो राष्ट्रिय समस्याको समाधान गर्लान् त खै ? जे होस्, पत्रिकामा विज्ञापन छपाएर दलको न्वारन गर्ने रेकर्ड भने उनले नै बनाउलान् जस्तो छ। तपाईँसित पनि नाम छ भने सुझाव दिइहाल्ने कि ? तर उत्कृष्ट नाम पठाउनेलाई पुरस्कारको व्यवस्था भने रहेनछ नि फेरि।






















Get free blog up and running in minutes with Blogsome | Theme designs available here

hit counters
Domestications
Advertisement text: credit card, device used to obtain consumer credit at the time of purchasing an article or service. Credit cards may be issued by a business, such as a department store or an oil company, to make it easier for consumers to buy their products. Alternatively credit cards may be issued by third parties, such as a bank or a financial services company, and used by consumers to purchase goods and services from other companies. There are two types of cards—credit cards and charge cards. Credit cards such as Visa and MasterCard allow the consumer to pay a monthly minimum on their purchases with an interest charge on the unpaid balance.