October 1, 2005

कान्तिपुर टेलिभिजनमा “मेरो संसार”

२०६२ असोज १५ शनिबार

केटिभीमा प्रसारण हुँदै गरेको आफ्नो दृश्य आफैले खिच्दा…..
नेपालको पहिलो ब्लग साइट युनाइटेड वी ब्लगको पहिलो वार्षिकोत्सवका अवसरमा आज काठमाडौंमा रहेका सञ्चारमाध्यममा कार्यरत ब्लगरहरुको भेला नयाँ बानेश्वरस्थित एउटा रेस्टुरेण्टमा भयो। कान्तिपुर टेलिभिजनले आफ्नो प्राइम टाइम न्युज बुलेटिनमा यससम्बन्धी समाचार प्रसारण गरेको थियो। समाचारका क्रममा नेपाली भाषाको पहिलो ब्लगका रुपमा मेरो संसार साइटको होमपेज टेलिभिजन स्क्रिनमा देखाइएको थियो भने मेरो बाइट (छोटो अन्तर्वार्ता) पनि प्रसारण भएको थियो। नेपालको टेलिभिजनले ब्लग सम्बन्धी समाचार प्रसारण गरेको यो पहिलो अवसर थियो। समाचारका लागि केटिभीका दुई “सेलिब्रिटी” पत्रकारहरु दीपक भट्टराई तथा क्यामेराम्यान श्याम श्रेष्ठ भेलामा सहभागी भएका थिए। भट्टराई र श्रेष्ठलाई मैले यसकारण सेलिब्रिटी पत्रकार भनेको हुँ- दीपक भट्टराई होर्डिङ बोर्ड र प्रेस विज्ञापनमा मोडलिङ गर्ने नेपालका पहिला रिपोर्टर हुन् भने श्याम श्रेष्ठ, त्यही भेलामा अरुले सुनाए अनुसार, कतिपय चलचित्रहरुमा अभिनय गरिसकेका कलाकार हुन्। (more…)

गगन अमेरिकामा गणतन्त्रवादी नारा घन्काउँदै

गणतन्त्रवादी विद्यार्थी नेता गगन थापा यतिखेर अमेरिकामा छन्। स्टेट डिर्पाटमेन्टको निमन्त्रणामा झण्डै एक महिने कार्यक्रममा भाग लिन आइपुग्नुभएका विद्यार्थी नेता गगन थापाले डीसी रहँदा स्टेट डिर्पाटमेन्टमा दक्षिण एसिया मामिला हेर्नुहुने क्रिस्टिना रोक्का लगायतका क्यापिटन हिलस्थित विभिन्न सिनेटरहरुको कार्यलयममा समेत पुगी नेपालको वर्तमान अवस्थाका बारेमा जानकारी गराएका छन्। बाँकी (more…)

ह्यापी बर्थ डे !


एक वर्षमा देखिएको अन्तरः युवराज्ञी हिमानी ३० अ‍ौं वर्ष प्रवेशको उपलक्ष्यमा राजदरबारबाट जारी आधिकारिक तस्वीर (बायाँ) र पोहोर जारी गरिएको तस्वीर ( दायाँ)।

संयोग भन्ने कि के भन्ने, सडकमा तारो बन्दै आएको छ विपक्षीहरुबाट राजा र राजपरिवारका सदस्यहरु तर युवराज्ञी हिमानीका विषयमा हालसम्म कुनै त्यस्तो नकारात्मक टिप्पणी सुनिएको मलाई थाहा छैन। यसरी हेर्दा राजपरिवारका सदस्यमध्ये सबैभन्दा लोकप्रिय युवराज्ञी नै देखिन्छन्। त्यसो त वीरेन्द्रको वंशनाशपछि राजपरिवारमा फोटोजेनिक, ग्ल्यामरस लुक भएका सदस्य नै युवराज्ञीमात्र बाँकी छन्। केही सदस्यको वजन त रामदेवको योगाले पनि घट्ला जस्तो देखिन्न। युवराज्ञीपछि अलि फोटोजेनिक देखिने भनेको राजा नै हुन् हँसिलो मुद्रामा हुँदा। तर आजभोलि त राजाको अनुहार देख्दा पनि कवि अर्जुन पराजुलीको एउटा कवितामा भनिएको पंक्ति “घोडाबाट लड्यौ कि क्या हो, मुण्टो पनि बाङ्गो बाङ्गो लाउँछौ” मात्र याद आउँछ….। आज युवराज्ञी ३० अ‍ौं वर्ष प्रवेशको उपलक्ष्यमा कति सय पो हो सदस्यीय जन्मोत्सव समिति बनाइएको छ र पैसाको खोलो बगाएर विभिन्न तडकभडकका कार्यक्रम गरिँदैछन्। त्यो आलोचनाको विषय होला तर पनि युवराज्ञीलाई शुभकामनाका दुई शब्द दिन कम्तीमा म कञ्जुस्याईँ गर्न चाहन्नः ह्यापी बर्थ डे !






















Get free blog up and running in minutes with Blogsome | Theme designs available here

hit counters
Domestications
Advertisement text: credit card, device used to obtain consumer credit at the time of purchasing an article or service. Credit cards may be issued by a business, such as a department store or an oil company, to make it easier for consumers to buy their products. Alternatively credit cards may be issued by third parties, such as a bank or a financial services company, and used by consumers to purchase goods and services from other companies. There are two types of cards—credit cards and charge cards. Credit cards such as Visa and MasterCard allow the consumer to pay a monthly minimum on their purchases with an interest charge on the unpaid balance.