Comments on: कान्तिपुर टेलिभिजनमा “मेरो संसार”

by: Chankhe
Umesh ji,

Badhaii chha KTV ko hotspot ma parnu bhayeko ma!

Afno mookha heri afai danga ta hoina?

by: SAGAR
बाँचेर पनि मर्नुपदार्

माधव ढुङ्गेल/हरिनारायण गौतम, ग्वालीचौर -बागलुङ)

सेनाको गोलीबाट निर्दोष छ जना मारिएको र छ जना घाइते भएको तीन वर्ष पुग्न लाग्दा पनि दोषीमाथि कारबाही त के, छानबिनसम्म गरिएको छैन ।

“प्राण गएन ! प्राण छउन्जेल जीउको माया हुँदो रै’छ । उठ्न सक्दिनँ । न बस्न हुन्छ, न त सुत्न नै । रातभरि पनि दुख्छ । तीन वर्ष हुनलाग्यो, दिनरात रोएर काट्नुपरेको छ । हे भगवान्, मलाई चाँडै लैजाऊ !”

तीन वर्ष हुन लाग्यो खिमबहादुर जीसी, ६२, ढलेको  । सदरमुकामबाट करिब दुई दिनको पैदल दूरीमा पर्ने बागलुङ जिल्लाको ग्वालीचौर गाविस, खारा गाउँका खिमबहादुरले केही अपराध गरेका छैनन् । न उनको माओवादीसँग कुनै नाता छ, न त सरकार पक्षसँग नै  । तर, दसनङ्ग्रा खियाएर जीवन गुजारिरहेका भारतीय सेनाका भूतपूर्व सिपाही आफ्नै घरअगाडि सेनाको गोलीबाट ढालिए । गोली लाग्दा उनी गोठमा गोरु बाँध्दै थिए । २५ कात्तिक २०५९ का दिन भएको यस घटनापछि खिमबहादुर अहिलेसम्म उठ्न सकेका छैनन् । बस्ने ठाउँ काटेर प्वाल बनाइएको कुर्सी उनको कोठामा छ, त्यसैमा बसेर कोपरामा दिसा गर्छन्  । पिसाब गर्न पनि पाइप लगाउनुपर्छ ।

ढाडमा गोली लागेकाले दुइटै गोडा चल्दैनन् । “मेरुदण्डको नशा छिनेको छ भने डाक्टरले । अस्पताल बसेर पनि हुन्न भन्ने,” खिमबहादुर भन्छन्, “डा उपेन्द्र देवकोटाले पनि घरमा नै गएर आराम गर्न भने । औषधि नखानू भनेको छ ।” २२ वर्ष भारतीय सेनामा काम गरेर आएका खिमबहादुर पेन्सन लिन पनि जान नसकेको बताउँछन् ।

खोलावारि खिमबहादुर ढलेको जति भयो, खोलापारिका भीमबहादुर विश्वकर्मा, ४०, सुतेको पनि त्यत्ति नै भएको छ । २५ कात्तिक ०५९ मा देब्रे घुँडामा सेनाको गोली लागेका उनलाई उपचारका लागि लगिएन । औषधि गर्ने पैसा भएन । गाउँलेले चन्दा उठाएर पाँच दिनपछि मात्र गाउँको मेडिकलमा लगे । त्यहाँ औषधि हुन नसक्ने जानकारी पाएपछि उनलाई बुटवल लगियो । “पाल्पामा खुट्टा काटिदिन्छ भने, त्यसैले बुटवल गएको,” भीमबहादुर भन्छन्, “गोली लागेको ठाउँमा अपरेसन गर्न ढिला भएकाले रगत जमेर नशा काटिएछ  ।” अहिले उनको खुट्टा सुकेको छ । उनी अर्काको जग्गामा बनाइएको झुपडीमा बसोवास गर्दैछन् ।

सानैमा बाबु मरेका र आमा पोइल गएकीले अनाथ भएका भीमबहादुरको सम्पत्तिका नाउँमा ११ वर्षदेखि तीन वर्षबीचका चार सन्तान र पत्नी सुमित्रा छिन् । गुल्मीको हर्दिनेटा गाविसमा जन्मेका भीमबहादुर बच्चैमा बागलुङको खारा आए, अर्काको घरमा गोठालो बस्दै त्यहीँ हुर्के । १८ वर्षको हुँदा भारत गएर फर्केपछि २५ वर्षको उमेरमा यहीँका नरबहादुर जीसीले उनको बिहे गराइदिए, दाँगाचौरकी सुमित्रासँग । “एक वर्ष ससुरालीछेउमा बसेँ । त्यसपछि मेरै छाप्रोमा बस् भने, अनि यहीँ बस्न थालेको हुँ,” भीमबहादुर भन्छन्, “आफ्नो जग्गाजमिन छैन, श्रीमतीले अर्कैको जग्गामा खेती गर्छे, पाँच मुरीजति कमाउँछे । हामीलाई खान भएको छ । श्रीमती घत्रक्क हुने हो भने छोराछोरीले झन् दुःख पाउँछन् ।”

यसरी भयो घटना

२५ कात्तिक ०५९ का दिन बिहान साढे ९ बजेतिर भीमगिट्ठेको सेना पूर्व ग्वालीचौरतर्फ गस्तीमा जाँदै थियो, खाराबजारनजिकै आइपुग्दा दारेगौँडा भन्ने ठाउँमा पुग्दा माओवादीले थापेको विद्युतीय धराप विस्फोट भयो । दुई सैनिक त्यसमा परे । एक जनाको त उपचार गर्दागदै मृत्यु भयो ।

अग्लो डाँडाको फेदीमा भएको सो विस्फोटपछि माओवादी खोज्न सेना डाँडामाथि नलागी गाउँ पस्यो । अन्धाधुन्ध रूपमा गोली हान्न थाल्यो । परिणामः छ जना साधारण मारिए, जसमा भारतमा काम गरेर दसैँ, तिहार मान्न आएका १८ वर्षे प्रकाश श्रेष्ठ पनि परे  । हातमा गोली लागेपछि कुद्दै घरभित्र छिरेका प्रकाश मजेरीमै ढालिए । छिमेकी टेकबहादुर घिमिरे भन्छन्, “उसलाई गोली हानेपछि माओवादी मर्‍यो, फाल्देऊ भनेर सैनिकहरू कराए ।”

प्रकाशकी आमा ग्वालीचौरमै चियापसल थापेर गुजारा गर्दैछिन् । “निर्दोषलाई मारे । अपराधीलाई कारबाही नभएको देख्दा दुःख लाग्छ,” प्रकाशकी आमा तुलसीकुमारी, ५८, गला अवरुद्ध पार्दै भन्छिन्, “दोषीसमेत नखोजिएको देख्दा त हाकिमहरूसमेत अपराधी हुन् कि जस्तो लाग्छ ।” कान्छो छोरा प्रवीण पनि काम गर्न पञ्जाब गएकाले अहिले उनको साथमा छोरी मात्र छिन् ।

प्रकाश घरभित्र मारिए भने विजय कुमाल खेतको खलियानमा धान चुट्दाचुट्दै ढालिए । गुल्मीको हर्दिनेटा गाविसका कुमाललाई सम्झँदै स्थानीय पसले टेकबहादुर घिमिरे भन्छन्, “अर्काकहाँ काम गर्न बसेर पढ्दै त्यसै वर्ष एसएलसी गरेको थियो ।” एउटी मानसिक स्थिति ठीक नभएकी महिला मारिइन् भने खच्चड खेद्दै बजारतिर हिँडेका बोबाङ गाविसका नीमबहादुर बिके पनि गोलीको सिकार बनाइए  । उनी एक दिनपछि मरे । उनीसँगैका साथी खच्चड खेद्ने बोबाङकै फुर्सा बिक, ३८, को काँध पनि गोलीले छेड्यो । अहिले पनि खच्चड खेद्ने काम गर्ने फुर्सा खच्चरमा सामान लोड गर्नसमेत नसक्ने भएका छन् ।

जङ्गलमा घाँस काट्न हिँडेका छविलाल गौतम पनि मारिए । दिदीभिनाजुसँग बस्ने गौतम लठेब्रा थिए । गुल्मीको मुसीकोटमा रहेको ससुराली जान लाग्दा छविलाल मल्लको पनि सेनाको गोलीबाट मृत्यु भयो । उनी धराप पड्केको ठाउँबाट आधा किलोमिटरजतिको दूरीमा रहेको कुदुमे मगरको होटेलमा चिया खान बसेका थिए । भीमगिट्ठे घर भएका नरबहादुर सिञ्जाली सेनाले खारा बजारको एउटा घरको छतमाथिबाट चलाएको गोली लागी घाइते भए भने गजबहादुर घर्तीका नबालक छोरासमेत घाइते भएका थिए ।

धान काट्न धमाधम भएकाले सबै मान्छे मेलामा थिए । घरको झ्यालमा बसिरहेकी सुमित्रा आचार्यको कानमुनि गोली लाग्यो । आचार्यका नातेदार हीरामणि आचार्य भन्छन्, “पहिलादेखि नै सुस्त काकीको स्मरणशक्ति गोली लागेपछि अरू क्षीण भएको छ ।”

कारबाही भएन

छ जना मारिएको र छ जना घाइते भएको तीन वर्ष पुरानो घटनामा निर्दोष मारिएको सेनाका अधिकारीहरूले पनि अनौपचारिक रूपमा स्वीकारेको स्थानीयवासीहरू बताउँछन् । तर, त्यस घटनाका दोषीउपर कारबाही त के, कुनै पनि निकायले छानबिनसमेत गरेको छैन ।

त्यसो त छ जना घाइतेमध्ये एक भारतीय सेनाका भूपू खिमबहादुर जिसीलाई त स्थानीय बासिन्दाको अनुरोधमा त्यसै दिन सेनाको हेलिकप्टरमा पोखराको मणिपाल अस्पतालमा लगेर उपचारसमेत गरिएको थियो । खिमबहादुर भन्छन्, “सुरुको १४ दिनको खर्च ६४ हजार रुपियाँ आएको थियो, त्यो सेनाले बेहोर्‍यो ।” यसबाट पनि सेनाले निर्दोष परेको भनी स्वीकारेको पुष्टि हुन्छ । ढाडमा लागेको गोलीले भुँडी फुटाएको बताउने उनी एक गास मात्र खाना बढी भए पनि पेट चर्किने बताउँछन् ।

खिमबहादुरलाई गोली लाग्नुमा उनको भारतीय सेनामा हुँदा आफूले पालना गरेको नियमले काम गरेको छ । “२२ वर्ष काम गरियो तर कहिल्यै अन्याय गरिएन । उग्रवादीहरूसँग लड्दा पनि दोहोरो फायर नभई गोली हान्दैनथ्यौँ, घेरा हालेर समात्थ्यौँ,” खिमबहादुर भन्छन्, “आफूजस्तै सम्झेर निर्दोषलाई केही गर्दैनन् भनेर गोठमा गएको, यस्तो भयो ।”

घटनालगत्तै गाउँबाट अधिकांश युवाहरू पलायन भए पनि अहिले फर्केका छन् । त्यस दिनको ज्यादती सम्झदै मारिएका प्रकाश श्रेष्ठका साथी स्थानीय युवा मिठु सुनार भन्छन्, “मेरो पनि छातीमा बन्दुक तेस्र्याएका थिए तर भीमगिट्ठेमा बेसक्याम्पनजिकै दाइको सुन पसलमा जाँदा चिनेको सेनाले देखेकाले बाँचेँ ।” त्यसो त सेनाको कुटाइ खाएका टेकबहादुर घिमिरे भन्छन्, “उनीहरूको गोली सकिएकाले मात्र, नत्र धेरै मारिन्थे ।”

मर्ने त मरिहाले, घटनाको तीन वर्ष बित्दा पनि दोषीमाथि कारबाही र पीडितलाई क्षतिपूर्ति नदिइएकोमा स्थानीयवासी दुःखी छन् । घटनापछि ग्वालीचौरमा करिब एक महिना सेनाको घेराउ थियो । तर, अहिले भने तिनको व्यवहार फेरिएको ठान्छन् उनीहरू  । टेकबहादुर भन्छन्, “पहिले त समातेर पिटीहाल्थे, अहिले कहिलेकाहीँ गस्तीमा आए पनि पिटेको सुनिँदैन ।” तर पनि, जीवनलाई कहिल्यै उठ्न नसक्ने गरी ढलाउने तीन वर्षअघिको त्यस आतङ्कपूर्ण घटना सम्झँदै खिमबहादुर भन्छन्, “ओहो, त्यस्ता दिन पनि आउने ! फेरि पनि आउने हो कि ?”

by: kp
just हामी नजिकका मित्रजस्ता भइसकेका छौं। . No frn we are good friend not only nagik ka Mitra ok