डीभी चिठ्ठा खुल्यो नि, भर्ने हैन ?
तर सावधान हुनुस् है, पहिला कुरा राम्रोसँग बुझ्नुस्
२०६२ असोज १८ मंगलबार
नेपालीहरु अमेरिका जाने भनेपछि हुरुक्कै हुन्छन्। त्यस्ताका लागि एउटा आकर्षणको कुरा बनेको छ डीभी चिठ्ठा। फेरि डीभी भर्ने मौसम सुरु भएको छ। सन् २००७ को अमेरिकी डीभी चिट्ठा कार्यक्रमका लागि बुधबारदेखि दुई महिनाका लागि आवेदन खुला हुँदैछ। अमेरिकी राजदूतावासले सोमबार जारी गरेको प्रेस विज्ञप्ति अनुसार बुधबार अक्टोबर ५, २००५ (१९ असोज २०६२) बेलुका ९४५ बजे आवेदन लिने काम अनलाइनबाट सुरु भई आइतबार डिसेम्बर ४, २००५ (मंसिर १९, २०६२) बेलुकी १०४५ बजे अन्त हुनेछ।
डीभीसम्बन्धी कुरा राम्रोसँग नबुझेरै कतिपय मानिसहरु डीभी भर्ने गरिरहेका छन् जसका कारण उनीहरुले पछि ठूलो आर्थिक र मानसिक नोक्सानी बेहोर्नुपरिरहेको छ। पान पसलमा समेत एउटा कम्प्युटर राखेर डीभी आवेदन भराउनेहरुले डीभीलाई राफल चिठ्ठाजस्तो प्रचार गरिरहेका छन्। डीभी भनेको जो पायो त्यहीलाई पर्ने बित्तिकै अमेरिका बस्न भिसा पाइने चिठ्ठा हैन। यसका निश्चित प्रक्रिया छन्। डीभीका लागि परामर्श दिने नाममा हाल अधिराज्यभर च्याउसरह अनेकौं परामर्श सेवाहरु खुलेका छन्। उनीहरुले पनि सोझासादा जनतालाई दिग्भ्रमित पारिरहेका छन्। त्यसैले भिसाको लागि संयुक्त राज्य अमेरिकाको सरकारले कुनै पनि बाहिरी परामर्शदाताहरु नियुक्त नगर्ने जानकारी दिँदै दूतावासले कुनै पनि परामर्श सेवाहरू उपयोग नगर्न जोड दिएको छ। दूतावासको विज्ञप्तिमा भनिएको छ-कुनै परामर्शदाताले तपाईँको भिसा पाउने सम्भावना बढाउने आश्वासन दिन्छ भने उनीहरू सरासर झुठो बोलिरहेका छन् र उनीहरूले गर्न नसकिने कामको प्रतिज्ञा गरिरहेका छन्।
डीभी भर्न चाहनेहरुका लागि अमेरिकी दूतावासले जारी गरेको यो विज्ञप्ति जानकारीमूलक हुनेछ। कृपया यसलाई राम्रोसँग पढेर अरुलाई पनि यसबारेमा बुझाई ठगिनबाट बचौं र बचाउँ। विज्ञप्तिका लागि भित्र आउनुहोला। बाँकी (more…)

