निरंकुशता अङ्गाल्न खोज्नेलाई सिस्नुले झ्याम्म झ्याम्म
२०६२ असोज १७ सोमबार
ठ्याक्कै एक हप्ताअघि कीर्तिपुरमा लोकतन्त्र र शान्तिका लागि नागरिक आन्दोलनको आयोजनामा भएको नागरिक सभामा सहभागी हजारौंलाई जुरुक्क जुरुक्क उचाल्ने प्रस्तुति थियो नन्दकृष्ण जोशीको लोकतान्त्रिक देउडा गायन। यो गीत गाइरहँदा त्यहाँ सबै झ्याम्म-झ्याम्म गरिरहेका थिए। छेउछाउका घर र बार्दलीमा बसिरहेकाहरु समेत ताली बजाउँदै झ्याम्म झ्याम्म गरिरहेका थिए। जोशीको शब्दमा झ्याम्म-झ्याम्मको अर्थ निरंकुशता अङ्गाल्न खोज्नेलाई सिस्नुले झ्याम-झ्याम दिएको रे। यो लोकतान्त्रिक देउडा सुन्नका लागि यहाँ क्लिक गर्नुस्। डाउनलोड गरेर पछि पनि सुन्न मिल्ने गरी राख्न चाहनुहुन्छ भने माथिको लिंकमा राइट क्लिक गरी सेभ टार्गेट एजमा जानुस्। [Size: 893 KB, Length 7:26 Format MP3] गीतका केही अंश लिखित रुपमा राखेको छु। त्यसका लागि भित्र पाल्नुस्। बाँकी

जनता रोएका छन्, शासक हाँस्याका छन्…झ्याम्म झ्याम्मः नन्दकृष्ण जोशी लोकतान्त्रिक देउडा गाउँदै। तस्वीरःउमेश
यो अडियो ब्लग सुन्दा आँखा चिम्लेर आफू पनि कीर्तिपुरकै सभामा उपस्थित भएको छु भनेर कल्पना गर्नुस्। कल्पना गर्नुस्, हजारौँको भीडमा तपाईँ पनि हुनुहुन्छ। न्युयोर्कमा होस् कि टोकियोमा, साउदी अरेबियामा होस् कि क्यानाडामा वा नेपाल कै कुनै ठाउँमा किन नहोस्, यदि तपाईँले यो ब्लग सुन्दा एकपटक मात्र भए पनि झ्याम्म-झ्याम्म भन्नुभएन भने तपाईँलाई लोकतन्त्रको सराप लाग्ला !
जनता भने रोएका छन्
शासक हाँस्याका छन्
झ्याम्म-झ्याम्म
प्रतिगमन शासकले टेक्नासाथै भयो
झ्याम्म-झ्याम्म
राष्ट्रघाती कदमले प्रजातन्त्र गयो
झ्याम्म-झ्याम्म
गाउँबाट उठौं जनता
बस्तीबाट उठौं
झ्याम्म-झ्याम्म
निरंकुशतन्त्र फाल्न
हामी सबै जुटौं
झ्याम्म-झ्याम्म
जेठ १९, माघ १९
अब कुन १९
झ्याम्म-झ्याम्म
किन गर्यौ षड्यन्त्र
केका लागि भन्दै
झ्याम्म-झ्याम्म
जनताहरु दुःखमा छन्
राजा हाँसिबस्छन्
झ्याम्म-झ्याम्म
सुदूरपश्चिम सुदूरपूर्व
जनता रोएका छन्
झ्याम्म-झ्याम्म
धेरै थिए टाकुरे र भुरे राजाहरु
झ्याम्म-झ्याम्म
कहाँ गए तिनीहरु, तिनका सन्तानहरु ?
झ्याम्म-झ्याम्म
लोकतन्त्र नआई अब
बाँच्न गार्हो भयो
झ्याम्म-झ्याम्म
मेरी आमा रोएको देख्दा
मुटु सार्हो भयो
झ्याम्म-झ्याम्म
आफू पोई हुन खोज्छौ
हाम्लाई जोई भन्छौ
झ्याम्म-झ्याम्म
आफ्नो चिहान किन तिमी आफै खन्छौ
झ्याम्म-झ्याम्म

