राजाको ‘निर्माण हुँदैछ’
The King is Under Construction
२०६२ असोज १८ मंगलबार
असोज १८ अर्थात् ०४६ सालको आन्दोलनबाट प्राप्त जनअधिकार खोसिएको दिन। माघ १९ को कूको जग हाल्ने दिन। माघ १९ पछि सरकारी काम छिटोछरितो भो रे भन्ने सुनिएको थियो। तर आज सरकारको आधिकारिक साइटमा गएर हेर्दा त्यस्तो दावीमा कति दम रहेछ भन्ने देखियो। नेपाल सरकारको, हैन ब्यारे, यसलाई श्री ५ को सरकार भन्नुपर्छ, जे होस्, सरकारको एउटा आधिकारिक साइट छ, नेपालएचएमजी डट गभ डट एनपी। त्यहाँ गएर हेर्दा त राजालाई नै अण्डर कन्सट्रक्सनमा राखिएको रहेछ। शाही प्रोफाइल शीर्षकको लिंकमा राजाको व्यक्तिगत विवरणसमेत तुरुन्तै अपडेट गर्न नसक्ने यस्ता सरकारी कर्मचारीहरुबाट जनताका काम छिटोछरितो भयो होला त ? राजा र रानीलाई समेत महिनौंसम्म अण्डर कन्सट्रक्सनमा राख्न सक्ने यो पेज बनाउने जिम्मा कुन चाहिँ साहसी सरकारी कर्मचारीले लिएका हुन् कुन्नि ? सरकारको आधिकारिक साइटमा गएर आफ्ना राजारानीको बारेमा सर्वसाधारणले जान्नसमेत नपाउने ? अंग्रेजीमा भने रहेछ प्रोफाइल। त्यति अंग्रेजीबाट नेपालीमा अनुवाद गरेर पनि राख्न किन ढिलासुस्ती हो यतिविघ्न ? अनुवाद गर्ने मान्छे नपाएको भए म निःशुल्क अनुवाद गरिदिन तयार छु। यो साइटमा दायाँतिर राखिएको लेजिस्लेटिभ लेखिएको शीर्षकमा राखिएको संसद र राष्ट्रिय सभामा क्लिक गरेर हेर्नुस् त…..संसद नै गायब छ। प्रतिनिधि सभा त भंग भएकै छ, राष्ट्रिय सभा त स्थायी सभा हो। यसको बारेमा त केही जानकारी राख्नुपर्ने हैन र ? (more…)


