राजाको ‘निर्माण हुँदैछ’
The King is Under Construction
२०६२ असोज १८ मंगलबार
असोज १८ अर्थात् ०४६ सालको आन्दोलनबाट प्राप्त जनअधिकार खोसिएको दिन। माघ १९ को कूको जग हाल्ने दिन। माघ १९ पछि सरकारी काम छिटोछरितो भो रे भन्ने सुनिएको थियो। तर आज सरकारको आधिकारिक साइटमा गएर हेर्दा त्यस्तो दावीमा कति दम रहेछ भन्ने देखियो। नेपाल सरकारको, हैन ब्यारे, यसलाई श्री ५ को सरकार भन्नुपर्छ, जे होस्, सरकारको एउटा आधिकारिक साइट छ, नेपालएचएमजी डट गभ डट एनपी। त्यहाँ गएर हेर्दा त राजालाई नै अण्डर कन्सट्रक्सनमा राखिएको रहेछ। शाही प्रोफाइल शीर्षकको लिंकमा राजाको व्यक्तिगत विवरणसमेत तुरुन्तै अपडेट गर्न नसक्ने यस्ता सरकारी कर्मचारीहरुबाट जनताका काम छिटोछरितो भयो होला त ? राजा र रानीलाई समेत महिनौंसम्म अण्डर कन्सट्रक्सनमा राख्न सक्ने यो पेज बनाउने जिम्मा कुन चाहिँ साहसी सरकारी कर्मचारीले लिएका हुन् कुन्नि ? सरकारको आधिकारिक साइटमा गएर आफ्ना राजारानीको बारेमा सर्वसाधारणले जान्नसमेत नपाउने ? अंग्रेजीमा भने रहेछ प्रोफाइल। त्यति अंग्रेजीबाट नेपालीमा अनुवाद गरेर पनि राख्न किन ढिलासुस्ती हो यतिविघ्न ? अनुवाद गर्ने मान्छे नपाएको भए म निःशुल्क अनुवाद गरिदिन तयार छु। यो साइटमा दायाँतिर राखिएको लेजिस्लेटिभ लेखिएको शीर्षकमा राखिएको संसद र राष्ट्रिय सभामा क्लिक गरेर हेर्नुस् त…..संसद नै गायब छ। प्रतिनिधि सभा त भंग भएकै छ, राष्ट्रिय सभा त स्थायी सभा हो। यसको बारेमा त केही जानकारी राख्नुपर्ने हैन र ?
हैन फेरि व्याकरणीय शुध्दाशुध्दीको गल्ती पनि कति हो ? एक्जेक्युटिभको नेपालीमा अर्थ थाहा नभएर जस्ताको तस्तै राखिएछ। कस्तो होला, त्यत्रो जनताले तिरेको करको तलब खाएर त्यति अनुवाद गर्ने हुति पनि नभएको। अनि शुध्दाशुध्दीको बेइज्जत हेर्नुस् त…प्रधानमन्त्रिको कार्यलय रे ! मन्त्रीको त्र दीर्घ हुन्छ भन्ने शुध्द थाहा छैन रहेछ। अनि कार्यलय रे। अफिस भन्ने बानी होला काजी साहेबहरुको। तल पट्टी उच्चस्तरिय आयोग रे। राष्ट्रिय बाहेक इय प्रत्यय लाग्ने सबैमा दीर्घ हुन्छ भनेर आई एमा पढेको बिर्सेछ होला। अझ तल संवैधानिक अंगलाई अगं रे। कसो अको ठाउँमा ह गरेनछ। लिंकलाई लिकं रे। संस्कृत शिक्षा पाएको मान्छे जस्तो छ। त्यसैले हरेकं कुरामान् त्यस्तो गरैस्यः। गरैस्यः हुन्छ कि गरैति ? म बाहुन हैन, मलाई थाहा भएन।


This the way Gyanendra’s government is. Total chaos and anarchy. Grammar reflects that. And that about the “Profile”? It should be rightly so. It should be under “Deletion” and not “Construction”. We know that this devils days in throne and the existence of monarchy in Nepal is going to be a history soon.
Comment by bis — October 5, 2005 @ 8:50 am
all choor ,and gsdha haru
Comment by dasharath — October 5, 2005 @ 6:29 pm
*******
प्रतिक्रिया लेख्दा सभ्य भाषा प्रयोग गर्नुहुन अनुरोध छ- मेरो संसार
Comment by umesh giri — October 8, 2005 @ 6:14 pm