October 5, 2005

लामो केश, कति वेश ?

Image Hosted by The Image Hosting
काठमाडौंको वातावरण दशैंमय हुन थालिसक्यो तर मेरो लागि भने दशैं अझै आइसकेको छैन। ‘सकारात्मक संकेत’सम्म देखिएको छैन। त्यसो हो भने त योगेश्वर अमात्यले जस्तो दशैं नै हो कि यो मेरो दशा..फर्कि आएको…भनेर गीत गाउँदै हिँड्नु पर्ला। दशैंका कारण आन्दोलन स्थगित भएको छ। अनि सडकका घटनालाई ‘जस्तो देख्यो त्यस्तै’ ब्लग गर्ने मौका पनि गुमेको छ। फर्केर हेर्दा त मैले राजनीतिसम्बन्धी धेरै नै ब्लग गरिसकेको पो रहेछु त। त्यसैले अब दशैंभर फरक विषयहरुमा ब्लग गर्ने भनी सोचेको छु। मेरो धेरै कम सोचाइमात्र कार्यान्वयन हुन्छन्। हेरौँ के हुन्छ…। केही दिन अगाडिदेखि नै मैले फरक विषयमा लेख्न थालिसकेको छु। आज पनि त्यसै गर्छु भन्ने सोचेर यसो साइबर संसारमा चहार्दै गर्दा एउटा रोचक साइट भेटियो, लामा केश हुने युवतीहरुको। आम्मामा…कति लामा हो केश पनि ! भियतनामी साइट रहेछ यो, त्यसैले भियतनामी केटीहरुको अनुहार त्यति राम्रो वा भनौं हेरुँ-हेरुँ लाग्ने थिएन। यो साइटमा सबै फोटो र भिडियो हेर्न महिनाको १५ डलर शुल्क तिर्नुपर्छ रे। शुल्क तिर्ने कुरा छाडिदिउँ…हामी त्यसो गर्न सक्दैनौं। बरु त्यहाँ रहेका केही फोटोहरु हेर्ने हो भने भित्र आउनुस्। बाँकी (more…)

शुभकामना…. विजया दशमीको कि दशैंको ?

२०६२ असोज १९ बुधबार
Image Hosted by The Image Hosting
अहिले नेपालीहरुमा शुभकामना दिने लहर चलेको छ। नेपालीहरुको महान चाड दशैं मंगलबार घटस्थापनापछि अ‍ौपचारिक रुपमा सुरु भइसकेको छ। वातावरण दशैंमय हुन थालिसकेको छ। त्यसैले शुभकामना आदानप्रदानको क्रम पनि बढेको छ। तर, मैले एसएमएस, फोन र इमेलबाट पाएका ९० प्रतिशत शुभकामनामा विजयादशमीको शुभकामना दिइएको हुन्छ। हुनत शुभकामना भनेको दिनेको खुशी हो, यही शुभकामना ले भनेर भन्ने कुरा आएन। तर पनि मलाई लाग्छ मान्छेले नबुझेर विजयादशमी एक दिनको मात्र शुभकामना दिइरहेका छन्। जबकि पूरै दशैंको “थोक” शुभकामना दिन मिल्छ त्यही पाँच छ शब्दको प्रयोगबाट। फेरि हामी नेपालीहरु भारतीयहरु जस्तो विजयादशमीको दिनलाई मात्र चाडका रुपमा मान्दैनौं। हाम्रो लागि त पूरै दशैं चाड हो। हाम्रो लागि दशैं धर्मभन्दा पनि संस्कृति हो। घटस्थापनादेखि पूर्णिमासम्मको दिनलाई हामी दशैंका रुपमा मनाउँछौं। त्यसैले विजयादशमी एक दिनको लागि मात्र शुभकामना दिनुको सट्टा समग्र दशैंको शुभकामना दिन किन कञ्जुस्याइँ गर्ने, कि कसो साथी हो ? (तस्वीर साभारः परेवा डट कम)






















Get free blog up and running in minutes with Blogsome | Theme designs available here

hit counters
Domestications
Advertisement text: credit card, device used to obtain consumer credit at the time of purchasing an article or service. Credit cards may be issued by a business, such as a department store or an oil company, to make it easier for consumers to buy their products. Alternatively credit cards may be issued by third parties, such as a bank or a financial services company, and used by consumers to purchase goods and services from other companies. There are two types of cards—credit cards and charge cards. Credit cards such as Visa and MasterCard allow the consumer to pay a monthly minimum on their purchases with an interest charge on the unpaid balance.