इन्डियन आइडलको ‘घटिया’ व्यवहार
मेरो संसार स्कूप २०६२ असोज २२ शनिबार

अमेरिकन आइडलको शैलीमा बनेको सोनी टेलिभिजनको कार्यक्रमबाट भारत कै पहिलो इन्डियन आइडल बनेका अभिजित सावन्त केही दिनअगाडि काठमाडौंमा आफ्नो गायन प्रस्तुत गर्न आएका थिए। गायनसँगै उनले धेरै फ्यानका मन चोरे। तर मनमात्र चोरेर शायद् उनलाई पुगेन कि। त्यसैले उनले आफू बसेको होटलबाट ४० हजार रुपैया पर्ने सीडी प्लेयर नै गायब पारिदिएछन्। यस्तो आरोप लगाउँछन्, तिनै होटलका कर्मचारीहरु।
इन्डियन आइडल नेपालमा कार्यक्रम प्रस्तुत गर्न २ अक्टोबरका दिन १२३० बजे त्रिभुवन विमानस्थलमा अोर्लिएका थिए। सोही दिन उनको वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा कन्सर्ट थियो। उनको लागि हयाट रिजेन्सी पाँच तारे होटलमा अक्टोबर १ देखि नै कोठा बुक थियो। (more…)

