समाचारभित्र लुकेका समाचार
२०६२ असोज २१ शुक्रबार
आज सरकारी समाचार एजेन्सी राससका केही समाचार देख्दा जनताले यस्तो महसूस गरे-
समाचारः श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर बिक्रम शाहदेव तथा श्री ५ बडामहारानी कोमल राज्य लक्ष्मी देवी शाह पश्चिमान्चल विकास क्षेत्रको वस्तुस्थिति बुझिबक्सने सिलसिलामा बिहीबार पश्चिम क्षेत्रीय प्रहरी तालीम केन्द्रबाट बुटवल बसपार्क अगाडि रहेको लुम्बिनी अन्चल प्रशासन कार्यालयसम्म करिब ६ घण्टा पैदल सवारी होइबक्स्यो।
विचारः ए…ठीकै हो नि, हाम्रा राजारानी स्लिम भएर ह्यान्डसम देखिनु राम्रै हो नि। यसले मुलुककै इज्जत बढ्ने छ।
समाचारःश्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवबाट जनसेवालाई नै मूलमन्त्र बनाएर कार्य गर्न जिल्ला विकास समितका सभापति र उपसभापतिहरूलाई निर्देशन बक्स भएको छ।
विचारः आम्मामा….हन यी मनोनीत सभापति उपसभापतिहरुले यतिञ्जेलसम्म कसको सेवालाई मूलमन्त्र ठानिबसेका रहेछन् हँ ? छानबिन आयोग गठन गर्नु परेन र भन्या। बाँकी
समाचारः पोखरा फिर्ती सवारी होइबक्सनुअघि श्री ५ महाराजाधिराजबाट पत्रकारहरूको जिज्ञासामा मौसुफलाई जनतासँग भेट्न दुःखको कुनै परवाह नभएको हुकुम भयो।
विचारः दलहरुलाई भेट्न चाहिँ कति सार्हो दुःखको परवाह गरिबक्सेको ?
समाचारः लीलबहादुर क्षेत्रीद्वारा लिखित बहुचर्चित उपन्यास ‘बसाइँ’मा आधारित भई मकालु फिल्म्स् प्रालिद्वारा निर्मित नेपाली कथानक चलचित्र ‘बसाइँ’ चलचित्र जगतको विश्व प्रसिद्ध ओस्कार अवार्डका लागि नेपालबाट सहभागी हुने भएको छ ।
विचारः ए…मालतिमंगलेकी मालती अम्रिकामा भाडा माँझ्दैछन् रे भन्ने सुनेको….हन अब बसाईँका कतिजनाले अम्रिका बसाईँ सर्ने मौका पाउने हुन् कुन्नि !
समाचारः प्रहरी महानिरीक्षक श्यामभक्त थापाले संयुक्त राष्ट्र सङ्घको अनुरोधमा शान्ति स्थापनार्थ सुडानमा खटिई जान लागेको आठ सदस्यीय प्रहरी टोलीलाई आज निर्देशन दिँदै प्रहरी कर्मचारीहरूले स्वदेश वा विदेश जहाँ रहेर काम गर्दा पनि आफ्नो प्रभावशाली कार्यशैली देखाउनुपर्ने बताउनुभयो ।
विचारः स्वदेशको कार्यशैली त देखिएकै हो, विदेशमा पनि त्यस्तै गर्ने र भन्या ?
समाचारःमन्त्रिपरिषद्का उपाध्यक्ष तथा मन्त्रीहरूले यसपटकको दसैँभत्ता नलिने हुनुभएको छ ।
विचारः किन हो त्यस्तो, खसी काट्ने विचार छैन कि के हो ? दसैँभत्ता नलिएको भरमा कसैले तपाईँहरुलाई चोखो ठान्नेछैन। कि अर्कै ठाउँबाट दर्हो आम्दानी भएको छ ?


मेरो संसार सहभागितामूलक पत्रकारितामा विश्वास राख्दछ।
Yehi ho sahavagitamulak patrakaritama biswas vaneko?
Janai janta vayeko teti ramro mast head jhikera ani afno photo rakhera sahavagita mulak ali vayena hola. pahilekai ramro ra arthapurna hola ni Tauko ta !!!!!!!
Comment by Subodh Sharma — October 7, 2005 @ 3:44 am
Looks like you need a break. i have not seen any good blogs since last couple of days. Are you tired of writing blog or you don’t want us to visit you site any more ? If you don’t want us then good bye from now.
I am happy with nepalnews and kantipur online.
I don’t want crappy ‘Long hair’ , ‘समाचारभित्र लुकेका समाचार ‘ stuffs in your blog. I am demanding this because i am your regular visitor and i have rights to demand good stuffs in your website.
Please write some good stuffs… please !
Comment by dpak — October 7, 2005 @ 2:11 pm
RAJA-RANI KO BUTWAL BHARMAN BUTWA BASI LE KAHILE BHULNE CHAINAN KINA KI TYO BHARMAN MA EK 65 BARSA KI NIRDOS BRIDHA KO JYAN JANU KA SATH 4 JANA MURCHIT BHAYA KA CHAN
————————————————————————–
महानगरबाट
राजा-रानीको दर्शन गर्न भीडमा प्रतीक्षा गर्दागर्दै हिजो बुटवलमा एक वृद्धाले ज्यान नै गुमाउन पुगिन्।
बुटवल नगरपालिका-१० सुख्खानगरकी ६५ वर्षीया दुर्गालक्ष्मी श्रेष्ठ हिजो बिहान ९ बजे नै राजा-रानीको दर्शन गर्न भनी बुटवल चौराहमा आइपुगिन्। भोको पेट र भीडको ठेलमठेलले उनी दिउंसो १२:३० बजे बेहोस भएर ढलिन्। उनलाई तत्काल उपचार्रार्थ लुम्बिनी अस्पताल पुर्याइयो। तर, उपचारकै क्रममा १ बजेतिर उनको मृत्यु भयो।
मृतककी छोरी जमुनाले आफ्नी कमजोर आमा भीडभाडमा लामो समय भोकभोकै रहेकै कारण मृत्यु भएको बताइन्। शव आज बिहानसम्म अस्पतालमै रहेको छ। पोस्टमार्टम गरी शव आफन्तलाई बुझाइने अस्पताल स्रोतले बताएको छ।
राजदम्पती हिजो बुटवलमा ६ घण्टासम्म पैदल सवारी होइबक्स्यो। मौसुफहरूको दर्शन गर्न बुटवलमा जम्मा भएका र्सवसाधारणले लामो समयसम्म प्रतीक्षा गर्नुपरेको थियो।
भीडभाड र भोको पेटकै कारण त्यहां हिजो अन्य चार/पांच र्सवसाधारण बेहोस भएका थिए। बिहान ९ बजे जम्मा भएका र्सवसाधारणले बेलुकी ५:३० बजेसम्म कुरेरै पनि राजा-रानी हेर्ने धोको पूरा गरेका थिए।
Comment by PRAKAS — October 7, 2005 @ 2:24 pm
chyya ke ko mulmantra banaune ho mal mutra po banaka ni jantalai .
Comment by Ramhari Koirala — October 7, 2005 @ 9:00 pm
HOINA HO SATHI HO HAMRO DESH MA K BHAIRAKHEKO 6 HA ? TESTA CHOR HARU LAI PANI HERNA AAFNO JYAN NAI GUMAUNE HO HA ? HAMILAI K DINCHHA RA TYO G**** LE,ABA TINI BUDI AAMA LAI RAJA LE MAREKO BHANERA GY*** LAI JEL HALNU PAR6 RA USALAI DANDA TIRAUNU PAR6 HAI ?
HOS GAR RAJA YO MANCHHE HOINA HAI KINA KI RAJA TA SABKA SAJA ANI SABKO PYARA HUNU PARCHHA NI ,KASAILAI KAKHA KASAI LAI PAKHA GARERA HUNCHHA.KINA SABAI CHOR BHATUWA HARULAI MATRAI MANTRI BHANAYEKO HA,PANCHYAT KAL KA GUNDA,CHOR,MANDALE HARULAI LUTNA FREE 6,TARA SARBA SADHARAN JANATA LAI KHAI K 6,KHAI SHANTI KHAHA 6 BHANNYA ?????????
YEDI JANATA SANGA MILNA NAI HO BHANE KINA DESH KO DIKUTY SAKERA GHUMIREKO 6 G*** ,AAFNO TETI DERAI SAMPATI BHAYERA KASALAI RA KINA SACHERA RAKHEKO 6,K MARERA LAIJANE HO RA YI SAB…………………………………………………
Comment by br — October 9, 2005 @ 3:36 pm