October 9, 2005

नगर निर्वाचनको मिति घोषणा

Filed under: Breaking News

२०६२ असोज २३ आइतबार
दशैंको मौका छोपेर दलहरुले बहिस्कार गर्ने भन्दाभन्दै पनि निर्वाचन आयोगले आज नगरपालिका निर्वाचनको मिति घोषणा गरेको छ। नगरपालिकाको निर्वाचनका लागि मतदान यही माघ २६ गते हुने निर्वाचन आयोगले जनाएको छ। क्यालेन्डर पल्टाएर हेर्दा बुधबार, फेब्रुअरी ८ तारिखमा पर्ने रहेछ त्यो दिन। निर्वाचन कार्यक्रम भने माघ १३ गतेदेखि नै सुरु हुने रहेछ। राजाको नयाँ वर्षको शुभकामना सन्देशमा यसै वर्षभित्र नगरपालिका निर्वाचन गराउने कुरा उल्लेख थियो। आन्दोलनरत सात दलले भने निरंकुश सरकारले गराउने कुनै पनि निर्वाचनमा भाग नलिने बताउँदै आएका छन‌्।

सरकार भने भाग लिनेलाई खुला, नलिनेलाई भाग लिइदिनुपर्‍यो महाराज भनेर पछि नलाग्ने बताउँदै आएको थियो। अन्ततः निर्वाचन घोषणा भयो। दलहरुले निर्वाचन बहिस्कारमात्र नगरी बिथोल्ने नै भनी आन्तरिक तयारी गरिरहेको सुनिएको छ। उता, माअ‍ोवादीहरुले घोषणा गरेको तीन महिने युध्दविराम पनि मंसिर १८ गतेबाट अन्त्य हुनेछ। माअ‍ोवादीहरु त सुरुदेखि नै निर्वाचनको विरोधी रहँदै आएका छन्। तत्कालीन देउवा सरकारले माअ‍ोवादीकै कारण समयमा चुनाव गराउन नसक्ने भन्दै धारा १२७ लागू गर्न राजामा सिफारिश चढाएका थिए। निर्वाचनको घोषणा भएपछि दल र माअ‍ोवादी निर्वाचन बिथोल्नतिर र सरकार जसरी भए पनि निर्वाचन गराउनतिर लाग्ने भएकोले बीचमा पिल्सिने भनेका जनता नै भएका छन्।

अब राजपरिवारको विरोध गर्न नपाइने

कालो प्रेस कानुन लागू
सरकारले आज सञ्चारसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश पारित गरेको घोषणा गरेको छ। यसअनुसार अब राजपरिवारको विरोध गर्न पाइने छैन। त्यस्तै माअ‍ोवादीसम्बन्धी समाचार प्रकाशन-प्रसारण गर्न पनि अब कानुनी रुपमा नै बन्देज लाग्ने भएको छ। प्रेस कानुनलाई सं‍शोधन गरी जरिवानाहरु पनि लाखौंसम्म तिर्नुपर्ने बनाइएको छ। शाही कदमको पक्षमा प्रेसलाई लगाउन पाँच महिनाअघि नै सरकारले यो अध्यादेश ल्याउने तयारी गरेको थियो। तर नेपाल पत्रकार महासंघ, राजनीतिक दल तथा नागरिक समाजसमेतको विरोधका कारण त्यो काम रोकिए पनि दशै विदा सुरु हुने अघिल्लो दिन एकाएक सुटुक्क अध्यादेश जारी गरेको हो । यससम्बन्धमा सरकारी सञ्चार माध्यम राससले निकै संक्षिप्तमा मात्र समाचार यसरी दिएको छ-
श्री ५ महाराजाधिराजबाट नेपाल अधिराज्यको संविधान, २०४७ बमोजिम सञ्चारसम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश, २०६२ र कम्पनी अध्यादेश २०६२ जारी गरिबक्सेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । रासस
अध्यादेशमा के-कस्ता व्यवस्था गरिएको छ भन्ने बारेमा भने केही सार्वजनिक गरिएको छैन। असोज २३ को राजपत्रमा प्रकाशित अध्यादेशको विवरण यस प्रकार रहेको छ। बाँकी (more…)






















Get free blog up and running in minutes with Blogsome | Theme designs available here

hit counters
Domestications
Advertisement text: credit card, device used to obtain consumer credit at the time of purchasing an article or service. Credit cards may be issued by a business, such as a department store or an oil company, to make it easier for consumers to buy their products. Alternatively credit cards may be issued by third parties, such as a bank or a financial services company, and used by consumers to purchase goods and services from other companies. There are two types of cards—credit cards and charge cards. Credit cards such as Visa and MasterCard allow the consumer to pay a monthly minimum on their purchases with an interest charge on the unpaid balance.