नगर निर्वाचनको मिति घोषणा
२०६२ असोज २३ आइतबार
दशैंको मौका छोपेर दलहरुले बहिस्कार गर्ने भन्दाभन्दै पनि निर्वाचन आयोगले आज नगरपालिका निर्वाचनको मिति घोषणा गरेको छ। नगरपालिकाको निर्वाचनका लागि मतदान यही माघ २६ गते हुने निर्वाचन आयोगले जनाएको छ। क्यालेन्डर पल्टाएर हेर्दा बुधबार, फेब्रुअरी ८ तारिखमा पर्ने रहेछ त्यो दिन। निर्वाचन कार्यक्रम भने माघ १३ गतेदेखि नै सुरु हुने रहेछ। राजाको नयाँ वर्षको शुभकामना सन्देशमा यसै वर्षभित्र नगरपालिका निर्वाचन गराउने कुरा उल्लेख थियो। आन्दोलनरत सात दलले भने निरंकुश सरकारले गराउने कुनै पनि निर्वाचनमा भाग नलिने बताउँदै आएका छन्।
सरकार भने भाग लिनेलाई खुला, नलिनेलाई भाग लिइदिनुपर्यो महाराज भनेर पछि नलाग्ने बताउँदै आएको थियो। अन्ततः निर्वाचन घोषणा भयो। दलहरुले निर्वाचन बहिस्कारमात्र नगरी बिथोल्ने नै भनी आन्तरिक तयारी गरिरहेको सुनिएको छ। उता, माअोवादीहरुले घोषणा गरेको तीन महिने युध्दविराम पनि मंसिर १८ गतेबाट अन्त्य हुनेछ। माअोवादीहरु त सुरुदेखि नै निर्वाचनको विरोधी रहँदै आएका छन्। तत्कालीन देउवा सरकारले माअोवादीकै कारण समयमा चुनाव गराउन नसक्ने भन्दै धारा १२७ लागू गर्न राजामा सिफारिश चढाएका थिए। निर्वाचनको घोषणा भएपछि दल र माअोवादी निर्वाचन बिथोल्नतिर र सरकार जसरी भए पनि निर्वाचन गराउनतिर लाग्ने भएकोले बीचमा पिल्सिने भनेका जनता नै भएका छन्।


उमेश जी ……
news चाहिँ पूरा गरेर मात्र लेख्ने गर्नुस न यार breaking news
भन्दैमा आधा आधा गरेर लेख्नु पर्छ…………….
Comment by laxman — October 9, 2005 @ 8:58 pm
Thanks your effort to provide Hot News.
Kay you Nirwaachan holaa raa? Aba kasto huncha hola? Kay huncha hoola? Kay ho Kay ho Desh maa Pani! Jaya vayapni Jantaa lie Dhukhaa……..
Hope for more!
Thanks
Comment by Nilan — October 10, 2005 @ 12:47 pm