एफएमलाई समाचार प्रसारण नगर्न चेतावनी
कालो कानुनको विरोध गरौं
२०६२ असोज २४, सोमबार
दशैंको मौका छोपेर निरंकुश सरकारले ल्याएको कालो कानुन प्रेस नियन्त्रण अध्यादेशलाई उद्धृत गर्दै आज सरकारले एफएमहरुलाई समाचार प्रसारण नगर्न चेतावनी दिएको छ। सर्वोच्चको आदेशले बल्ल-बल्ल समाचार प्रसारण गर्न थालेका बेला उनीहरुको घाँटी निमोठ्न यसो गरिएको हो। स्वास्थ्य, शिक्षा, खेलकुद, जनसङ्ख्या, वातावरण, मौसम वा सडक यातायातजस्ता विकासनिर्माणसम्बन्धी बाहेक अरु समाचार र कार्यक्रम प्रसारण गरे सजायँ गरिने धम्की सूचना तथा सञ्चार मन्त्रालयले दिएको छ। स्वतन्त्र रेडियो बचाउ आन्दोलनले यो आदेशको कडा विरोध गरेको छ। कानुनी राज्यको सर्वमान्य मान्यताको उल्लंघन अध्यादेशले गरेको भन्दै सशक्त आन्दोलन गरिने जनाएको छ। त्यसैगरी नेपाल पत्रकार महासंघ र सञ्चार सम्वध्द अन्य संघसंस्थाले पनि कालो कानुनको कडा विरोध गरेका छन्। पत्रकार महासंघले अध्यादेशको अवज्ञा गर्ने जनाउँदै सबै पत्रकारलाई आन्दोलनमा उत्रन आह्वान गरेको छ। मन्त्रालयको धम्कीका बारेमा सरकारी सञ्चार माध्यम राससले यस्तो समाचार दिएको छ- (more…)

