October 11, 2005

अर्को वर्षभित्र संसदीय निर्वाचन गर्न राजाको आदेश

Filed under: Breaking News

२०६२ असोज २५, मंगलबार

राजाले अर्को वर्ष अर्थात् २०६३ सालभित्र प्रतिनिधि सभाको निर्वाचन गराउन निर्वाचन आयोगलाई आदेश दिएका छन्। विजया दशमीको उपलक्ष्यमा राजाबाट देशवासीका नाममा जारी भएको सन्देशमा उक्त कुरा उल्लेख छ। सन्देशमा अधिराज्यभरिका नगरपालिकाहरूको निर्वाचन सम्पन्न भएपछि स्वभावतः सिर्जना हुने उपयुक्त अवस्थालाई सुदृढ गरी २०६३ सालभित्र प्रतिनिधिसभाको निर्वाचन गराउन निर्वाचन आयोगलाई निर्देशन दिएको उल्लेख छ। राजाले निर्वाचनको सम्पूर्ण प्रक्रिया मर्यादित, स्वच्छ र धाँधलीरहित ढंगमा सम्पन्न गराउन प्रजातन्त्रमा निष्ठा राख्ने अन्तर्राष्ट्रिय समुदायलाई पनि सक्रिय सहयोग गर्न आह्वान गरेका छन्। दलहरुले माघमा घोषणा गरिएको नगर निर्वाचन बहिस्कार गर्ने बताइरहँदा राजाले भने सन्देशमा बालिग नेपालीहरूको सामूहिक विवेकलाई सम्मान गर्न बहुदलीय प्रजातन्त्रमा निष्ठा राख्ने सबैले घोषणा भइसकेको महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकाहरूको निर्वाचनमा सहभागी भएर प्रजातन्त्रको हितमा योगदान दिनुपर्ने उल्लेख गरेका छन्।

राजाबाट विजयादशमी २०६२ को शुभउपलक्ष्यमा देशवासीका नाममा बक्सेको सन्देशको पूर्ण विवरणका लागि भित्र आउनुहोला- (more…)

दशैंको बेला परेको शोक

२०६२ असोज २५, मंगलबार
[सावधानः ताजा समाचार र विचारका लागि तपाईँ यस ब्लगमा आउनुभएको हो भने यो पोस्ट तपाईँका लागि रुचिकर नहुन सक्छ। किनकि यसमा मेरा नितान्त निजी अनुभवहरु र तस्वीरहरु छन्। समाचार र विचारका लागि यस ब्लगमा रहेका अरु पोस्टहरु हेर्नुहोला। यो पोस्ट मैले आफू र आफ्नो परिवार अनि इच्छुक अरु पाठकका लागि मात्रै लेखेको हुँ]

अन्तिम सत्यः जीवन भर लोभ-मोह, पाप, घृणा गरेपनि अन्तिम सत्य त यसरी नै खरानी हुनु न हो। तर खै त यो जीवन दर्शनलाई बुझेका मानिसहरुले ? हजुरबुबा आफ्नो अन्तिम यात्रा तय गर्दै। फोटोः उमेश
दसैँको आठौं दिन महाअष्टमीमा आज बिहानैदेखि मेरो दिन ठीक रहेन। हिजो राति अबेरसम्म ब्लग लेख्दै बिहानको २ बजेतिर सुतेको थिएँ। एकाबिहानै पाँच बजे फोनको घण्टी बज्यो- हजुरबुबा बित्नुभएछ ! ६ बजेतिर घरबाट निस्केर त्यतातर्फ लागेँ तर दशैँको बेला शव वाहन नपाएर अन्तिम संस्कार कार्य ढिला भयो। पशुपति आर्यघाटबाट फर्कँदै गर्दा दिउँसो हामी चढेको माइक्रोबस भद्रकालीमा दुर्घटना भयो। देख्दादेख्दै दुई जना मान्छेलाई ड्राइभरले डरलाग्दोसँग ठक्कर दियो। शायद एकजना त मर्‍यो नै कि ! माइक्रोको फुटेको शिशा मेरो शरीरमा पनि परेछ। यसरी आजको दिन त्यति राम्रो भएन मेरो लागि। त्यसै पनि दिक्कलाग्दो बनेको यसपालिको दसैं अब झनै खल्लो हुने भयो। बाँकी (more…)

कालो कानुन “प्रजातान्त्रिक मूल्य र मान्यता” अनुरुप रे !

२०६२ असोज २५, मंगलबार
‘सञ्चारसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०६२’ प्रजातान्त्रिक मूल्य र मान्यताअन्तर्गत रही सञ्चार क्षेत्रमा बृहत्तर सहभागिता गराई पूर्ण एकाधिकारलाई निरुत्साहित गर्न उन्मुख रहेको छ।
माथिको भनाई हो सूचना तथा सञ्चार मन्त्रालयको। प्रेसलाई निरंकुश सरकारको भजनमण्डली बनाउने र त्यसो बन्न नचाहनेहरुलाई ढाड सेक्ने जरिवाना र कैद सजाय दिएर तर्साउने मनसाय लिएको कालो कानुनको पक्षमा व्याख्या गर्नलाई “प्रजातान्त्रिक मूल्य र मान्यता”जस्ता शब्दको प्रयोग गरेर यो सरकारले ती शब्दको अपमान गरेको छ। बाँकी (more…)






















Get free blog up and running in minutes with Blogsome | Theme designs available here

hit counters
Domestications
Advertisement text: credit card, device used to obtain consumer credit at the time of purchasing an article or service. Credit cards may be issued by a business, such as a department store or an oil company, to make it easier for consumers to buy their products. Alternatively credit cards may be issued by third parties, such as a bank or a financial services company, and used by consumers to purchase goods and services from other companies. There are two types of cards—credit cards and charge cards. Credit cards such as Visa and MasterCard allow the consumer to pay a monthly minimum on their purchases with an interest charge on the unpaid balance.