दशैंको बेला परेको शोक
२०६२ असोज २५, मंगलबार
[सावधानः ताजा समाचार र विचारका लागि तपाईँ यस ब्लगमा आउनुभएको हो भने यो पोस्ट तपाईँका लागि रुचिकर नहुन सक्छ। किनकि यसमा मेरा नितान्त निजी अनुभवहरु र तस्वीरहरु छन्। समाचार र विचारका लागि यस ब्लगमा रहेका अरु पोस्टहरु हेर्नुहोला। यो पोस्ट मैले आफू र आफ्नो परिवार अनि इच्छुक अरु पाठकका लागि मात्रै लेखेको हुँ]

अन्तिम सत्यः जीवन भर लोभ-मोह, पाप, घृणा गरेपनि अन्तिम सत्य त यसरी नै खरानी हुनु न हो। तर खै त यो जीवन दर्शनलाई बुझेका मानिसहरुले ? हजुरबुबा आफ्नो अन्तिम यात्रा तय गर्दै। फोटोः उमेश
दसैँको आठौं दिन महाअष्टमीमा आज बिहानैदेखि मेरो दिन ठीक रहेन। हिजो राति अबेरसम्म ब्लग लेख्दै बिहानको २ बजेतिर सुतेको थिएँ। एकाबिहानै पाँच बजे फोनको घण्टी बज्यो- हजुरबुबा बित्नुभएछ ! ६ बजेतिर घरबाट निस्केर त्यतातर्फ लागेँ तर दशैँको बेला शव वाहन नपाएर अन्तिम संस्कार कार्य ढिला भयो। पशुपति आर्यघाटबाट फर्कँदै गर्दा दिउँसो हामी चढेको माइक्रोबस भद्रकालीमा दुर्घटना भयो। देख्दादेख्दै दुई जना मान्छेलाई ड्राइभरले डरलाग्दोसँग ठक्कर दियो। शायद एकजना त मर्यो नै कि ! माइक्रोको फुटेको शिशा मेरो शरीरमा पनि परेछ। यसरी आजको दिन त्यति राम्रो भएन मेरो लागि। त्यसै पनि दिक्कलाग्दो बनेको यसपालिको दसैं अब झनै खल्लो हुने भयो। बाँकी
भिडियोका लागि यहाँ क्लिक गर्नुहोला। (यो भिडियो ब्लग मैले विशेष गरी आफन्त र विदेशी दर्शकका लागि गरेको हुँ। यसको आकार 7 MB रहेको छ)

घरको कोठामा आर्यघाट लानुअघि हजुरबुबाको शव। छातीमा चिना (जातः) राखिएको देखिन्छ।
हाल दिल्लीमा रहेका मेरा एक मित्र भन्ने गर्थिन्- अनक्वालिटी निद्रा भयो भने सपना देखिन्छ। मलाई पनि ठीकै लाग्थ्यो उनको कुरा। आज त्यस्तै अनक्वालिटी निद्रा परेकोले होला, के-के हो के-के सपना देख्दै थिएँ। अचानक फोनको घण्टी बज्यो। घडी हेरेँ, पाँच बजेको रहेछ बिहानको। हजुरबुबा बित्नुभएछ !
बुबापट्टीका हजुरबुबा त हाम्रा बा सानै हुँदा बित्नुभएको रे। यो चाहिँ आमापट्टीका हजुरबुबा हुनुहुन्थ्यो। त्यति नजिक त थिइनँ हजुरबुबासित तर पनि एक किसिमले नाता कै कारण नजिक त थिएँ नै। हजुरआमा बित्दा म यहाँ थिइनँ, बाग्लुङमा थिएँ। बुबापट्टीका हजुरआमा तीन वर्षअगाडि बित्नुहुँदा भने मैले पहिलो पटक देखेको थिएँ अन्तिम संस्कार कार्य।
आमासहित हामी नातिहरु गयौं घरतिर। बिहानको छ बजे म घरबाट निस्केको थिएँ। यति बिहान सबेरै नउठेको र उठे पनि बाहिर नहिँडेको एक वर्षभन्दा बढी भइसकेछ। जमानमा बिहानी क्याम्पसको कक्षा लिन सबेरै हिँड्दाको मजा नै बेग्लै हुन्थ्यो। म त्यही सोच्दै जाँदै थिएँ। दिवंगत हजुरबुबाका कुनै छोरा थिएनन्। पुरातन विचारधाराका मानिसहरु के कारण छोराको लागि मरिहत्ते गर्छन् भन्ने अनुभव पनि मैले आज यो अन्तिम संस्कार हेरेर अनुभव गरेँ।
हजुरबुबा हिजै राति साढे नौ बजेतिर बित्नुभएको रहेछ। मृत्युको कारण भने कालगति नै हो। विक्रम संवत् १९७६ मा जन्मनुभएको रहेछ रत्नलाल अमात्य। अर्थात् ८६ वर्षका हुनुहुन्थ्यो उहाँ।

नातिहरु हजुरबुबाको शवलाई चितामा डोर्याउँदै।
आज महाअष्टमी। त्यसैले शव वाहनै नपाएर गार्हो भइरहेको थियो। मारवाडी सेवा समितिको शव वाहन गाडी पूजा गरेपछि मात्र आउने भनेर यत्तिकै बसिरहेको थियो। पछि बल्ल-बल्ल कुरा मिलाउँदा पनि ड्राइभर कता हो गायब भइदिएछ। गाडी पूजा गरेर जाने हो भने त १२-१ बज्थ्यो। अरु ठाउँको शव वाहन लिनलाई पनि कि चिनेको हुनुपर्ने, कि वडा कार्यालयबाट सिफारिश ल्याउनु पर्ने रहेछ। अन्त्यमा बाध्य भएर एउटा भ्यान आकारको ट्याक्सीमा पशुपति आर्यघाट जाने भयौं। मान्छेहरु जरुरी बेलामा नै अरुलाई ठग्न रुचाउँछन्- ट्याक्सी चालकले २५ सय रुपैया भाडा लाग्ने शर्तमा त्यहाँ जान राजी भएछ।
बाध्य भएपछि के गर्नु ! भ्यान-ट्याक्सीको डिकीमा शव र दुई जना मान्छे कोचेर हामी नौ जना त्यसमा चढी आर्यघाटतर्फ लाग्यौं।

चितामा राख्नुअघि घाटमा शव।
चिता “बुक” गरिसकिएकोले दाउरा राख्ने कार्य भइरहेको थियो। पीतवस्त्र अोढाउने र थलाय् कोलाय् (शवको लुगाफाटा फुकाल्ने) कार्य पछि तीन पटक परिक्रमा गरी चितामा राखियो। लुगा ब्लेडले काटेर फुकालिएको थियो।
चिता राखेपछि सबैले बाग्मतीको पवित्र भनाउँदो जल शवको मुखमा राख्ने कार्य भयो। त्यसपछि छोरा नभएको हुनाले बाहुनले नै चितामा आगो राखे। नारी-पुरुष बराबरको अवधारणा आइरहेको बेला छोरीले नै किरिया बसे पनि हुने हो। तर बिहे भइसकेकोले गर्नु हुँदैन भनेर कसले लाइदिएछ र त्यसो गरिएछ। त्यसो त ८६ वर्षको बूढो भएकोले होला, अौपचारिकताको रोदनबाहेक त्यहाँ कोही थिएन चित्त दुखाएर रुनेहरु। म भने त्यसै त्यसै भावुक भइरहेको थिएँ। कस्तो रहेछ मानिसको जीवन भनेको…जस्तो लागिरहेको थियो।
सवा नौ बजेदेखि सुरु भएको चिताको आगो सवा ११ बजे सकिसकेको थियो। सुरुमा आगो सल्कँदा धुँवा निकै नै निस्केको थियो। भिजेको परालमाथिबाट राखिने हुनाले पनि त्यसो भएको होला।
आगो सल्कँदै जाँदा बीचको भाग खरानी भइसके पनि खुट्टातिर र टाउकोतिर भने केही भएको थिएन। पछि बाहुनले बाँसबाट खुट्टाका टुक्रा र टाउकोलाई बीचतिर राखियो। कपाल नभएको टाउको बल जस्तो देखिन्थ्यो। सार्है विभत्स थियो त्यो दृश्य। टाउकोसँगै करङका केही हाडहरु पनि नजलेको अवस्थामा थियो। बाँसले त्यसलाई चिताको बीचतिर राखियो र घ्युको एक पाकेट त्यसमा राखियो। शायद छिटो आगोले सल्कोस् भनेर होला। बिस्तारै त्यो बल जस्तो टाउको पट्ट आवाजका साथ फुट्यो।

छोरीहरु बुबालाई बाग्मतीको (पवित्र !?) जल मुखमा राख्दै।
हड्डी जल्दा हरियो खालको धुँवा निस्कने रहेछ। हड्डी पनि कसरी खरानी नै हुने गरी जल्दो रहेछ। शरीरको केही पनि भाग बाँकी नहुने रहेछ, सबै खरानी हुने रहेछ। सबै खरानी भएपछि खरानीबाट नै मानव आकृतिको स्वरुप दिई पूजा गरिने रहेछ। त्यसपछि हामी सबै मलामीहरु नुहाउन भनी लाग्यौं। अब पानी भए पो नुहाउनु। त्यसैले मुख धोएरमात्रै नुहाउने क्रियालाई पूरा गर्यौं। त्यसपछि बलि (चोख्याउने) कार्य भयो। लाम लागेर सबै बस्यौं र फलामको रुपमा मोटरसाइकलको साँचो पानीसहित एक अर्कालाई “पास” गर्यौं। बाहुनले के-केले हो छर्किए हामीमा। त्यसभन्दा अगाडि अदुवा अनि के हो सुँघेर पछाडितिर फ्याँक्न लगाइएको थियो। सबै कार्य सम्पन्न गरे वापत् ५ हजार रुपैयाँ शुल्क लागेछ।

कति अनौठो छ मानिसको जिन्दगी। एकैछिन अघि शरीर एकैछिन पछि खरानी भयो।
कर्म सकाएर फर्कँदै गर्दा हामी सवार माइक्रोबस भद्रकालीमा दुर्घटना भयो। दशैंका बेला खुला सडक देखेर कुदाएको होला ड्राइभरले। हेर्दाहेर्दै भद्रकालीको आकाशे पुलको मोडमा अगाडि मोटरसाइकल र दुई जना मान्छे देखेँ। यति अगाडि थियो ती मान्छे कि कसरी अब बचाउला ठोक्किनबाट ड्राइभरले जस्तो लागेको थियो….ठोक्किइ हाल्यो। अगाडिको ऐना झ्याम्मै फुट्यो….मान्छे एक जना फिल्ममा जस्तै हावामा उडेर गुल्टिँदै अगाडि लाग्यो….अर्को एक जनालाई त क्याच्याक्कै किचेछ जस्तो लाग्यो। तर तल अोर्लेर हेर्दा भने किचेको रहेनछ बरु ड्राइभरले भित्तामा ठोक्काएर अगाडिको मान्छेलाई किच्नबाट बचाएकोले त्यो मान्छे भित्तामा च्यापिएको रहेछ। च्यापिने मान्छेको टाउकोमा ठूलो चोट परेको थियो। अचेत त थिएन उ, तर रगत यति बढी बगिरहेको थियो कि…शायद उ बचेन कि। हामीले ट्याक्सी एउटा रोक्यौं तर ट्याक्सी कोही पुलिस नगई म यत्तिकै जान्छु, मलाई त हत्कडी लगाइदिन्छ भन्दै नगई बसेको थियो। हामी नेपालीहरुमा आपतकालीन व्यवस्थाको प्रशिक्षण वा व्यवस्था अति नै कमजोर भएको मैले महसूस गरेँ।
यसरी आजको दिन त्यति सुखद भएन मेरो र हाम्रो परिवारको लागि। हाम्रा एक सहयात्री त अब कहिले पनि माइक्रोबसमा चढ्दिन भन्दै थिए। मलाई पनि अब त अगाडि बस्न डर लाग्यो। पछाडितिर बस्दा त फुटेको शिशाका टुक्रा लुगाभित्रबाट निस्किएको थियो भने अगाडि बसेको भए के हुन्थ्यो होला…..!!!


I am very sorry to hear and see such an heart touching news.Jeevan ko antim satya tyahi ho,tyahi samjhera chitta bujhaunu parchha.
Tapain lagayat tapainka afanta haru prati dhairya garne sakti prapta hos bhandai mrita atmako shantiko kamana gardachhu.
Comment by bharat — October 11, 2005 @ 8:28 pm
What a demise during a festival time. How difficult it is to be sad while others are dancing, how hard it should be while others are having various coloured clothes, how painful it should be to remain in the house while others come out, how pathetic it should be to cry while while most of people laugh during the festival !!!!!!!!!!
But, once you born you are sure to depart or lets say once you apper you should disapper from this world. Our past generation did that, we will have to face the same reality and so our future generations will have to do !!!!!!What a shame !! what a reality too. We all have to depart one day leaving all behind no matter how dear we are, how hetrated we are, how lovely we are !
So, please don’t be too sad! Sorry to hear such a sad news. If you follow the good lessons and sayings or your dad that will be the real respect to him rather than being too sad and crying on his name.
See this song
BACHUNJEL TERO RA MERO
MARE PACHHI MATOKAI CHAUGHERO
Comment by Subodh Sharma — October 11, 2005 @ 10:10 pm
Sorry , I didn’t mean to say dad , I meant to say Grand Dad.
Comment by Subodh Sharma — October 11, 2005 @ 10:13 pm
उमेश जी यो त भएन है। मलाइ त बेसरी डर लाग्यो। यस्तो नहाल्नुपर्ने। जिवनमा कति कुरा साचा हुन्छन् तर केही कुराहरु यस्ता हुन्छन् जुन नसंझेकै जाती हुन्छ। प्रेमीले दिएको धोका र मृत्यु यस्ता कुरा हुन् जसले मानिसको मनलाई कुडाउंछन्।
यो तस्विर जिवनको सत्य हो तर सत्य कुरा संधै कहां मिठो हुन्छ र ?
Comment by Ramhari Koirala — October 11, 2005 @ 10:20 pm
UUUUUUUU umesh ji ! yo jibanako stya kuro ho tara herna dar vo . plz hataunus . Satya sandhai mitho hunna ho . Premile deko dhoka ra mritu sayad jibanaka thula satya tara tita kura hun.
Comment by Ramhari Koirala — October 11, 2005 @ 10:24 pm
tapai ko pariwari sok dekhda sarai dukha lagyo pheri dasain ko mukha ma k garne yastai ho chitta bujhau nu nai parchha sokakul atma ko santi milos
Comment by rajendra pd nyaupane — October 12, 2005 @ 12:04 am
my condolense to you
Comment by jyoti — October 12, 2005 @ 1:35 am
I do not know how to write a letter
I will send you my heart
There will be sky
There will be moon, sun and stars
Filled with a journey
A never fading flower
The flower inspired philosophy
The flower inspired literature
The flower inspired music
That flower
I am sending you that flower
I do not know how to write a letter
I will send you my heart
- Plagiarized
Comment by Mukti Sir — October 12, 2005 @ 2:10 am
Umesh Bhai,
Sarai dhukha lago. Tara aphno mehenat ko kam cahi nachodnu hai, If I returned Nepal I will ceratainly come to see you. Prameya sir le lekheko kabita ta kasai ko copy nai ho, malai thaha cha kasko ho bhanne kuro.
Comment by Mb — October 12, 2005 @ 3:00 am
उमेशजी,चारैतिर खुशी मनाउँदै गरेको यस घडीमा तपाईलाई शोक परेकोमा तपाईका सकल परिवारजनलाई शोकलाई सहन सक्ने शक्ति प्राप्त होस भन्ने कामना ।
Comment by मधुसुधन गुरागाञी — October 12, 2005 @ 9:42 am
उमेशजी,
आज तपाईको ब्लग पढें । हजुरबा बित्नुभएको कुरा सुनेर निकैं दुःख लाग्यो ।। उमेशजी धैर्य गर्नु ।। जिन्दगीको नमिठो सत्य यही हो ।। हाम्रो जिन्दगी, मात्र एक सपना रहेछ भन्ने तपाईको ब्लगले बुझायो । जुन सपना साकार पार्ने होडमा पथहरुमा यात्रा गर्छ र थाहै नपाईकन सकेर खरानी भई पुन माटोमा मिसिन जान्छ थाहै हुँदैन….. ।
तपाईका परिवार र आफन्तहरु प्रति धैयधारण गर्ने शक्ति प्रदान होस् भनी चिर शान्तिको कामना गर्दछु । धन्यवाद ।
Comment by Nilan Kumar Maharjan — October 12, 2005 @ 9:46 am
मेरो हार्दिक समवेदना।
Comment by पांचु — October 12, 2005 @ 11:24 pm
उमेश जी सारै दुख लाग्यो यो ब्लग पढेर तर के गर्ने एकदिन हामीहरुले यो संसारलाइ
छोड्नै पर्छ।तर्सथ मृतक आत्माको चिरशान्तिको कामना गर्दै तपाईका परिवार र आफन्तहरु प्रति धैयधारण गर्ने शक्ति प्रदान होस् भनी चिर शान्तिको कामना गर्दछु ।
Comment by chahal sayapatri — October 13, 2005 @ 3:59 am
समवेदना।
Comment by Ujjwal — October 13, 2005 @ 8:11 am
उमेश जी सारै दुख लाग्यो यो ब्लग पढेर तर के गर्ने एकदिन हामीहरुले यो संसारलाइ
छोड्नै पर्छ।तर्सथ मृतक आत्माको चिरशान्तिको कामना गर्दै तपाईका परिवार र आफन्तहरु प्रति धैयधारण गर्ने शक्ति प्रदान होस् भनी चिर शान्तिको कामना गर्दछु ।
Comment by PRAKAS — October 14, 2005 @ 5:55 pm
Mero Tarfa bata Hardik sardanjali tapaiko parivar lai…
Comment by suren — October 14, 2005 @ 6:36 pm
Umesh jee
heartiest condolence to you and your family members for this moment
Comment by Nepal Ko chhora — October 15, 2005 @ 9:30 am
मृत आत्माले चिर शान्ति प्राप्त गरोस, मेरो हार्दिक समवेदना ।
Comment by mahesh Chhetri — October 17, 2005 @ 11:55 am
“Life is like a vapour that appears for a little and vanishes away.”
Comment by ashu — October 18, 2005 @ 12:17 pm