अर्को वर्षभित्र संसदीय निर्वाचन गर्न राजाको आदेश
२०६२ असोज २५, मंगलबार
राजाले अर्को वर्ष अर्थात् २०६३ सालभित्र प्रतिनिधि सभाको निर्वाचन गराउन निर्वाचन आयोगलाई आदेश दिएका छन्। विजया दशमीको उपलक्ष्यमा राजाबाट देशवासीका नाममा जारी भएको सन्देशमा उक्त कुरा उल्लेख छ। सन्देशमा अधिराज्यभरिका नगरपालिकाहरूको निर्वाचन सम्पन्न भएपछि स्वभावतः सिर्जना हुने उपयुक्त अवस्थालाई सुदृढ गरी २०६३ सालभित्र प्रतिनिधिसभाको निर्वाचन गराउन निर्वाचन आयोगलाई निर्देशन दिएको उल्लेख छ। राजाले निर्वाचनको सम्पूर्ण प्रक्रिया मर्यादित, स्वच्छ र धाँधलीरहित ढंगमा सम्पन्न गराउन प्रजातन्त्रमा निष्ठा राख्ने अन्तर्राष्ट्रिय समुदायलाई पनि सक्रिय सहयोग गर्न आह्वान गरेका छन्। दलहरुले माघमा घोषणा गरिएको नगर निर्वाचन बहिस्कार गर्ने बताइरहँदा राजाले भने सन्देशमा बालिग नेपालीहरूको सामूहिक विवेकलाई सम्मान गर्न बहुदलीय प्रजातन्त्रमा निष्ठा राख्ने सबैले घोषणा भइसकेको महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकाहरूको निर्वाचनमा सहभागी भएर प्रजातन्त्रको हितमा योगदान दिनुपर्ने उल्लेख गरेका छन्।
राजाबाट विजयादशमी २०६२ को शुभउपलक्ष्यमा देशवासीका नाममा बक्सेको सन्देशको पूर्ण विवरणका लागि भित्र आउनुहोला-
(यो वक्तव्य भोलिमात्र सार्वजनिक गर्न सरकारी सञ्चारमाध्यम राससले पठाएको भए पनि मैले ब्लगका पाठकहरुका लागि नेपाली समयअनुसार राति सवा १० बजे नै पोस्ट गरेको हुँ। कृपया यसलाई अरु स्थानमा अहिले नै सार्वजनिक नगरिदिनुहोला)
प्यारा देशवासीहरू,
सत्यको सधैँ विजय हुन्छ भन्ने शाश्वत सन्देश स्मरण गराउँदै शान्ति, न्याय र मर्यादाका लागि निरन्तर क्रियाशील रहन प्रेरणा दिने महान् चाड बडादसैँको शुभउपलक्ष्यमा स्वदेश तथा विदेशमा रहे-बसेका नेपालीहरू तथा सम्पूर्ण हिन्दुहरूको सुख, शान्ति र समृद्धिका निमित्त हामी शुभकामना व्यक्त गर्न चाहन्छौँ ।
आफ्नो राष्ट्रको समस्या आफैंले समाधान गर्ने, आपसी मनोमालिन्य आपसको छलफलबाटै हटाउने तथा सदा स्वतन्त्र रहेको आफ्नो स्वाभिमानी इतिहासमा गर्व गर्ने नेपालीहरूका लागि राष्ट्रवाद नै एकमात्र मिलनविन्दु हो । वास्तवमा यही नै नेपालीको विशिष्ट पहिचान हो । यसैबाट निर्देशित भई देशलाई अहिलेको अप्ठयारो अवस्थाबाट जोगाएर पुर्खाहरूले अविच्छिन्न कायम राखेको राष्ट्रिय स्वाभिमानलाई भविष्यका पुस्ताका लागि पनि आत्मविश्वासको आधार बनाउनु पर्दछ । गत आठ महिनामा दृढ निश्चयी देशभक्त जनताको संलग्नतामा कर्त्तव्यनिष्ठ सुरक्षाकर्मीहरूको प्रयासबाट आतङ्ककारी गतिविधिमा कमी आएको छ, आमजनताले शान्तिसुरक्षाको बढ्दो अनुभव गर्न थालेका छन् । तर जनताको चाहना र देशको आवश्यकताबमोजिम आतङ्कवादबाट देश र प्रजातन्त्रलाई बचाउन सबैले सधैँ चनाखो र सक्रिय रहनु आवश्यक छ । स्वच्छ र धाँधलीरहित निर्वाचनद्वारा स्थापित जनप्रतिनिधिमूलक संस्थाहरूलाई सक्रिय तुल्याएर मात्रै र्सार्थक बहुदलीय प्रजातन्त्रको महत्वपूर्ण अभ्यास हुन सक्दछ । त्यसैले बालिग नेपालीहरूको सामूहिक विवेकलाई सम्मान गर्न बहुदलीय प्रजातन्त्रमा निष्ठा राख्ने सबैले घोषणा भइसकेको महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकाहरूको निर्वाचनमा सहभागी भएर प्रजातन्त्रको हितमा योगदान दिनुपर्छ । अधिराज्यभरिका नगरपालिकाहरूको निर्वाचन सम्पन्न भएपछि स्वभावतः सिर्जना हुने उपयुक्त अवस्थालाई सुदृढ गरी २०६३ सालभित्र प्रतिनिधिसभाको निर्वाचन गराउन निर्वाचन आयोगलाई हामीबाट हुकुम बक्सेका छौँ । निर्वाचनको सम्पूर्ण प्रक्रिया मर्यादित, स्वच्छ र धाँधलीरहित ढङ्गमा सम्पन्न गराउन प्रजातन्त्रमा निष्ठा राख्ने अन्तर्राष्ट्रिय समुदायलाई पनि सक्रिय सहयोग गर्न हामी आह्वान गर्दछौँ ।
बाटो बिराएकाहरूले पनि राष्ट्र र जनताको हितमा समर्पित हुन हत्या-हिंसा छोडेर प्रजातान्त्रिक प्रतिस्पर्धाको राजनीतिमा प्रवेश गर्न अब ढिलो गर्नु हुँदैन । जस्तोसुकै मतभेद पनि समझदारीबाट हटाएर राष्ट्रिय अस्मिता रक्षा गर्न सम्मानजनक आधार फेला पार्न सकिन्छ । यसैले देशको आवश्यकता र जनताको चाहना बुझेर इतिहाप्रतिको दायित्व महसुस गरी राष्ट्रिय राजनीतिको मूल प्रवाहमा समाहित हुन सबैलाई ढोका खुला रहेको कुरा पनि हामी स्पष्ट गर्न चाहन्छौँ ।
अन्तमा, मातृभूमिको बृहत्तर हित हुने दिगो शान्ति स्थापना भई नेपाली जनताको सुखद र समृद्ध भविष्य सुनिश्चित हुनका लागि राष्ट्रप्रेमी देशभक्त सबै नेपालीहरू एकबद्ध भई नयाँ इतिहास प्रारम्भ गर्न श्री नवदुर्गा भवानीले हामी सबैलाई अभिप्रेरित गरून् - यही हाम्रो प्रार्थना छ ।
जय नेपाल !


gyanele chunab garne ????
Comment by Ramhari Koirala — October 11, 2005 @ 10:28 pm
.. khoi chunab hola bhanne patyar malai lagdaina….
KG ko past ra recent visit haroo maile pani TV ma heren …
hoina KG lai bolna pani teti auchha jasto malai lagena…. na ta bhasa mileko chha na ta Nepali grammer nai boldakheri… ke ho testo para… testo khate parale desh chalchha… ??
Comment by gaman — October 11, 2005 @ 11:04 pm
मुक्तक
निर्दोषलाई यातना दिलाईसके पछि
हत्यालाई आत्महत्या भनाईसके पछि
अब षड्यन्त्रकारी सरकारलाई के को पिर
पत्रकारको लागि कालो विद्येक बनाईसकेपछि ।
जनतालाई खसी बनाईसके पछि ।
नेपाललाई डेक्ची बनाईसके पछि ।
अब दादु पन्यू जनता केको काम
Comment by Nepali — October 12, 2005 @ 11:27 am
bato kasle birayo? Gane is churing too much philosophy
Comment by xyz — October 12, 2005 @ 12:27 pm
GYNE KO MESSAGE TESTAI AAUCHA BHANNE SABAILAI TAHHA THIYO. NAULO KURA HOINA. BATO BIRAYA KO TA GYNE LE HO. SABAI MLE RA GYNE LAI THIK BATOMA LAIJANU PARCHA. TESO BHANE KO GYNE KO AANTA HO
Comment by ABC — October 12, 2005 @ 12:46 pm
हुनत नेताहरुले १२ बषंमा * खाए ज्ञाने ले पानि आफ्नै *******खायो ।
यिनीहरुको भाले भिडन्त चै ठुलै हुन्छ २, ३ लाख् मानिस् नमरि र एकदम
सच्चा र इमानदार नेता नभई नेपालमा प्रजातन्त्र अनि बिकास को संभावना
छैन ।
Comment by rajendra prasad nyaupane — October 15, 2005 @ 4:58 pm
Hey nata Haru Ho Aba Kehi Nagara ???????? U jnow What R U Doing????? For Country?????????? That’s All…………………………………………………………………………….
Comment by "SAmip" MP. gartaula — October 17, 2007 @ 10:03 pm