तुलसी गिरीद्वारा राजाको टीका बहिस्कार ?
२०६२ असोज २६, बुधबार
आज विजयादशमी। हजुरबुबा बित्नुभएकोले आफ्नो निधार खाली भए पनि सबैको निधारमा रातो टीका देखिन्थ्यो। दरबारमा पनि दसैंको कम रमझम थिएन। मन्त्रीहरु, संवैधानिक अंगका प्रमुखहरु र सर्वसाधारणको पनि ठूलो भीड सँधै झैं दरबारमा थियो। अरु समाचारहरु नहुने हुनाले टेलिभिजन च्यानलहरुमा पनि झण्डै १५ मिनेट समाचार यही राजदरबारको टीका रमझमले ढाकिएको थियो। ध्यानपूर्वक नै हेरेँ, रुचिपूर्वक नै हेरेँ। शाही कम्युनिस्ट राधाकृष्ण मैनाली बडेमानको भुँडी हल्लाउँदै लाइन बसिरहेकोदेखि पूर्वप्रधानमन्त्री मरिचमान सिंहले स्वस्ति गरेकोसम्मका दृश्य टेलिभिजनको पर्दामा देखियो तर मैले त्यो भीडमा एक जनालाई भने फेला पार्न नै सकिनँ- मन्त्रिपरिषदका उपाध्यक्ष डा. तुलसी गिरी। टिभी च्यानलहरुले एडिट गर्दा गिरीको दृश्य काटिएको त हैन जस्तो पनि लाग्यो र राससको आधिकारिक समाचार पर्खने निधो गरेँ। राससले रातिको बुलेटिनमा पठाएको समाचार यस्तो थियो- बाँकी (more…)

