ग्ल्यामरस मोडल पूजा लामाद्वारा विषपान
२०६२ असोज ३० आइतबार

नेपालमा ग्ल्यामरस मोडलिङमा नयाँ रेकर्ड नै राख्ने (प्रमाणः सँगैको फोटो) मोडल पूजा लामाले आज विषपान गरेकी छिन्। किन गरिन्, कसरी गरिन्, हाल कहाँ छिन् त्यस बारेमा तत्काल मलाई केही थाहा हुन सकेको छैन।
पूजा लामा ग्ल्यामर मोडल मात्रै हैनन्, केही चलचित्रकी नायिका, केही टेलिभिजन कार्यक्रमकी प्रस्तोता र गीतसमेत गाइसकेकी गायिका हुन्।
दार्जीलिङमा जन्मिएर कर्मभूमि नेपाल बनाएकी पूजाले केही म्युजिक भिडियो र केही विज्ञापनहरुमा समेत काम गरेकी छिन्। तर सबैभन्दा चर्चा भने साइबर नेपाल (हाल नाम परिवर्तन गरेर साइबर संसार बनेको) नामको नेपालमा ग्ल्यामर मोडलिङको नयाँ ढोका खोल्ने साइटमा गरिएको यस्तो बोल्ड फोटो सेसन कै भयो। भलै, अहिले त्यो साइटमा गएर हेर्दा उनका यी फोटोहरु देखिने छैनन्। (सँगैको फोटो र यो फोटो त मैले उही बेला सेभ गरेर राखेको पो त!)यी फोटो किन हटाइएका हुन्, उनीहरु नै जानुन्। सुनेको कुरा गर्ने हो भने त त्यो फोटो सेसनमा प्रकाशित फोटोहरुभन्दा पनि “बोल्ड” फोटो खिचिएका थिए रे। अब यो भन्दा पनि “बोल्ड” भने पछि तपाईँ अनुमान लगाउनुस् कस्तो होला ?
पूजा लामाको कुरा सुनेपछि मलाई साइबर नेपालकी अर्की मोडल कोहिनूर सिंहको याद आयो। हाल उनी आनी बनेकी छिन्। एक मोडल आनी, अर्कीद्वारा विषपान….भो, अब चाहिँ यस्तो खबर सुन्न नपरोस्, कि कसो ?
[अपडेटः(असोज ३१) आज प्रकाशित नेपाल समाचारपत्रका अनुसार, उनले शनिबार १८ वटा सिटामोल र संख्या खुल्न नसकेको मात्रामा निद्रा लाग्ने अौषधि खाएकी थिइन्। उनलाई तत्काल वीर अस्पतालको आईसीयुमा लगिएको थियो। उनको उपचार भइरहेको र हाल उनी खतरामुक्त रहेको बताइएको छ। कान्तिपुर अनलाइनले पनि यो समाचार दिएको छ जसलाई ब्लगका एक पाठक निलन थेच्वमीले तल प्रतिक्रियामा साभार गर्नुभएको रहेछ। समाचारपत्रको अनलाइन संस्करणमा भने यो समाचार राखिएको छैन]

