October 16, 2005

सिरीमा सिरी नि माइला

२०६२ असोज ३० आइतबार
पाँच दिन विदा बसेर आज पहिलो दिन अफिस पुगेँ। दसैंको ह्याङअ‍ोभर अझै सकिएको छैन काठमाडौंमा। अझै पनि बाटो सुनसान नै देखिन्छ। यसपालिको दसैं यत्तिकै बित्यो। दिनभर र राति अबेरसम्म कम्प्युटरमा टाँस्सिएर बस्दा आँखा नै कमजोर भएको जस्तो अनुभव भएकोले कम्प्युटरमा बस्न अलि कम गर्नुपर्ने महसूस गरिरहेको छु। विगत केही दिनदेखि पडकास्टिङका बारेमा अलि खोजबिन गर्ने काम गरिरहेको छु। त्यसैले नयाँ ब्लगका लागि खासै विषय पाइरहेको छैन। त्यसो त अहिले दसैंपछिका दिनमा समाचारहरु पनि खासै छैनन्। यत्तिकैमा इमेलमा कुमार लामा नामका ब्लग पाठकको मेल आइपुग्यो। त्यसमा एउटा प्यारोडी रहेछ। उहाँलाई म व्यक्तिगत रुपमा चिन्दिनँ। तर सार्‍है हँसीमजाकिया स्वभावको हुनुहन्छ जस्तो लाग्छ। सुरुमा पठाउनुभएको एउटा फोटो हेर्दा खुबै हाँसो उठेको थियो। उहाँ आफ्नो नाम पनि इमेलमा लेख्दा नन कुमार लामा भनेर लेख्नुहुन्छ। शायद आफू कुमार छैन भनेर झ्याली पिट्न यसो गर्नुभएको होला। आज उही नन-कुमार लामाको प्यारोडी पढ्न चाहनुहुन्छ भने भित्र आउनुहोला……

सिरीमा सिरी नि माइला

प्यारोडीकारः उही कुमार लामा

संकलनः माल्दाइ, स्वरः माल्दाइ र माइलीभाउजू, दमाहाः डिस्को विक्रम, झ्याम्टाः बुहारी विक्रम, नरसिङ्गाः पा(बा)स्टर चुलसी गिरी, सनाईः इसारानुसार जंगिने थापा। सधन्यवाद नारायण गोपाल र ज्ञानु राणा (सिरीमा सिरी नि कान्छी बतासै चल्यो)

माइलीभाउजूः
सिरीमा सिरी नि माइला बतासै चल्यो
भटट गरेको बासना, म त कानै सुन्दिनँ।
माइली आइन् नि माइला फाल र हाल्दै
नबोले पनि हाँस न, म त कानै सुन्दिनँ।

माल्दाइः
ढुंगाको छानो नि माइली केराको छानो
नारायणहिटीको बाहाँसम्म, सुन मेरी निरमाया।
पीरले गर्दा नि माइली ज्यान बुढो भयो
यो माया लैजाउँ कहाँसम्म, सुन मेरी निरमाया।

माइलीभाउजूः
फ्रिजमा राखेको त्यो चिसो बियर अर्काको हातले पिउँला
संपत्ति जत्ति डिस्कोवाललाई, जोवन कल्लाइ दिउँला?
बाढीमा आयो नि माइला बागमती गंगा
पारि है तिमी वारि म, म त कानै सुन्दिनँ।
नमरे बाँचे नि माइला रक्सीले साँचे
यो माया लाउँला जनमभर, म त कानै सुन्दिनँ।

माल्दाइः
दिनै र भरि भेट र घाट, दार्चुला र जनकपुर
आधि र वैंश मुर्ति र भटट, थोरै रह्यो बाँकी
बँदेलको मासुले माइली यो पेटै फुल्यो
जिन्दगीको भर छैन, सुन मेरी निरमाया।
रक्सी र सुर्तिले माइली “नसक्ने” भा’ छु
रिसानी भए माफ होला, सुन मेरी निरमाया।

माइलीभाउजूः
माइली आइन् नि माइला फाल र हाल्दै
नबोले पनि हाँस न, म त कानै सुन्दिनँ।

माल्दाइः
पीरले गर्दा नि माइली ज्यान बुढो भयो
यो माया लैजाउँ कहाँसम्म, सुन मेरी निरमाया।

2 Comments »

The URI to TrackBack this entry is: http://merosansar.blogsome.com/2005/10/16/siri-ma-siri-parody-bu-kumar-lama/trackback/

  1. ha ha ha…i can’t stop laughing!!

    Comment by jyoti — October 16, 2005 @ 10:52 pm

  2. really nice ……
    thanks….

    Comment by samar — October 18, 2005 @ 12:29 pm

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Get free blog up and running in minutes with Blogsome | Theme designs available here

hit counters
Domestications
Advertisement text: credit card, device used to obtain consumer credit at the time of purchasing an article or service. Credit cards may be issued by a business, such as a department store or an oil company, to make it easier for consumers to buy their products. Alternatively credit cards may be issued by third parties, such as a bank or a financial services company, and used by consumers to purchase goods and services from other companies. There are two types of cards&mdash;credit cards and charge cards. Credit cards such as Visa and MasterCard allow the consumer to pay a monthly minimum on their purchases with an interest charge on the unpaid balance.