च्यानल नेपालको मेरो जागिर “चट”
२०६२ कात्तिक १, मंगलबार
च्यानल नेपालको मेरो जागिर आजैका मितिदेखि लागू हुने गरी “चट” भएछ। सुनेको त थिएँ १ गतेदेखि व्यापक म्यानपावर कटौति हुँदैछ भनी। तर मलाई त थाहा पनि थिएन। बिहानको सिफ्टमा मजाले आफ्नो र अरुको पनि (मेरो काम अन्तर्राष्ट्रिय समाचारको डेस्कमा हो, समाचार बनाउने, त्यस अनुसारको भिजुअल खोज्ने अनि एडिटिङमा मिलाउने। तर अरु मान्छे नभएकोले बिहानी डेस्कका शम्भु पोखरेलले सहयोग गर्न आग्रह गरे बमोजिम अरु समाचार टाइप गरेर मिलाइदिई पावरप्वाइन्टमा स्लाइड मिलाएर पढाउन समेत सहयोग गरिरहेको थिएँ केही दिनदेखि) काम सकाएर घर फर्किसकेको थिएँ। साँझ सहकर्मी बालचन्द्र मिश्रले फोन गरेर हाजिरकपीमा मैले बिहान गरेको हाजिरलाई समेत केरेर “लेफ्ट” भनी लेखिएको छ भनेपछि मात्र थाहा पाएँ। उहाँका अनुसार “कू”मा पर्ने न्युजका अरु सहकर्मीहरुमा राधेश्याम दाहाल, मणी दाहाल, रञ्जन झा, कोमल शेरचन पनि रहेछन्। इन्टरटेनमेण्टका प्रायः सबै पनि निकालिनेमा परेका छन् रे। निकालिएकोमा भन्दा पनि अब गरिसकेको कामको पैसा कसरी उठाउने भन्ने चिन्ताले पो सताउन थाल्यो त मलाई। हिसाब गरी हेर्दा त पोहोरको असोज, कात्तिक, मंसिर, पुस, माघ, फागुन, चैत र यस वर्षको भदौ र असोज अनि स्पेसटाइममा काम गर्दाखेरीको असार, साउन र भदौ गरी एक वर्ष बराबरको तलब रकम पो उठाउन बाँकी रहेछ त। पैसा नलिई अवकाश पत्र बुझ्ने कुरा त आउँदैन। खै, कसरी, के पो गर्ने हो, म त सार्है दुविधामा पो परेँ त। बाँकी (more…)

