October 19, 2005

च्यानल नेपालको मेरो जागिर “चट”

२०६२ कात्तिक १, मंगलबार
च्यानल नेपालको मेरो जागिर आजैका मितिदेखि लागू हुने गरी “चट” भएछ। सुनेको त थिएँ १ गतेदेखि व्यापक म्यानपावर कटौति हुँदैछ भनी। तर मलाई त थाहा पनि थिएन। बिहानको सिफ्टमा मजाले आफ्नो र अरुको पनि (मेरो काम अन्तर्राष्ट्रिय समाचारको डेस्कमा हो, समाचार बनाउने, त्यस अनुसारको भिजुअल खोज्ने अनि एडिटिङमा मिलाउने। तर अरु मान्छे नभएकोले बिहानी डेस्कका शम्भु पोखरेलले सहयोग गर्न आग्रह गरे बमोजिम अरु समाचार टाइप गरेर मिलाइदिई पावरप्वाइन्टमा स्लाइड मिलाएर पढाउन समेत सहयोग गरिरहेको थिएँ केही दिनदेखि) काम सकाएर घर फर्किसकेको थिएँ। साँझ सहकर्मी बालचन्द्र मिश्रले फोन गरेर हाजिरकपीमा मैले बिहान गरेको हाजिरलाई समेत केरेर “लेफ्ट” भनी लेखिएको छ भनेपछि मात्र थाहा पाएँ। उहाँका अनुसार “कू”मा पर्ने न्युजका अरु सहकर्मीहरुमा राधेश्याम दाहाल, मणी दाहाल, रञ्जन झा, कोमल शेरचन पनि रहेछन्। इन्टरटेनमेण्टका प्रायः सबै पनि निकालिनेमा परेका छन् रे। निकालिएकोमा भन्दा पनि अब गरिसकेको कामको पैसा कसरी उठाउने भन्ने चिन्ताले पो सताउन थाल्यो त मलाई। हिसाब गरी हेर्दा त पोहोरको असोज, कात्तिक, मंसिर, पुस, माघ, फागुन, चैत र यस वर्षको भदौ र असोज अनि स्पेसटाइममा काम गर्दाखेरीको असार, साउन र भदौ गरी एक वर्ष बराबरको तलब रकम पो उठाउन बाँकी रहेछ त। पैसा नलिई अवकाश पत्र बुझ्ने कुरा त आउँदैन। खै, कसरी, के पो गर्ने हो, म त सार्‍है दुविधामा पो परेँ त। बाँकी

च्यानल नेपालबाट अलग्गिनु परेकोमा खासै दुःख लागेको छैन भनेर भनौं भन्दा पनि किन-किन त्यो खबर सुनेदेखि मन अलि अशान्त झैं भइरहेको छ। यो जागिर भन्ने चिज पनि अनौठोको हुने रहेछ। तलब समयमा नआउने भए पनि जागिर छ भन्ने एउटा भर हुने रहेछ। १० वर्षभन्दा बढी भयो मैले पत्रकारिता गरेको तर आज पहिलो पटक बिना कुनै जागिर स्वतन्त्र बनेको छु म।

मलाई थाहा छ नेपालका एक-दुईलाई छाडेर सबै मिडिया हाउसको आर्थिक स्थिति ठीक छैन। कुन ठाउँमा कति महिना भयो तलब नदिएको भनी प्रतिस्पर्धा चल्छ। यी कुराहरु सार्वजनिक रुपमा बाहिर आउँदैनन्। बिचरा पत्रकारहरु, सबैको दुःखका बारेमा लेख्छन्, तर आफ्नै दुःख चुपचाप सहन्छन्। अरु विकल्प पनि छैन उनीहरुको।

पहिला स्पेसटाइम र पछि च्यानल नेपालमा हुँदा कहिले पनि समयमा तलब पाइएन। त्यसअघि म सिटी टाइम्स सन्ध्याकालीन दैनिकमा सम्पादकका रुपमा काम गर्थेँ। त्यहाँ पनि झण्डै पाँच वर्षसम्म काम गर्दा मलाई तलब भनेर छुट्याएर कहिले रकम दिइएन। त्यहाँ काम छाड्नु केही महिनाअघि मात्रै मलाई केही रकम तलबका रुपमा दिइने भनी छुट्याइएको थियो तर त्यो पनि नियमित नभएपछि मैले त्यहाँ काम गर्दागर्दै नयाँ सडक दैनिकमा काम थालेको थिएँ। तर नयाँ सडक पनि बन्द भयो। त्यसपछि स्पेसटाइममा आएँ। भदौ १६ को कान्डमा तोडफोड भएको कारण देखाई त्यो पनि बन्द भयो। अनि च्यानल नेपालमा हामीलाई सरुवा गरिएको थियो।

यसअघि २०६० वैशाख २९ गतेको दिन म सम्झन्छु। त्यतिबेला मैले पाँच वर्षदेखि काम गरिरहेको सिटी टाइम्स सन्ध्याकालीन छाड्ने कठोर निर्णय गरेको थिएँ। खासमा स्पेसटाइमबाट तीन महिना हुन लाग्दा पनि तलब नदिएकोले आर्थिक अभाव सार्‍है भइरहेको थियो । खल्तीमा पैसाको एकदमै कमीका कारण शान्तिनगर( स्पेसटाइम कार्यालय) देखि घर कालिमाटीसम्म हिँडेर आएको पनि कति दिन भइसकेको थियो । अनि भोलिपल्ट पीएलपी (मेरी एक महिला मित्र) को बिहेको भोजमा जानका लागि दाइजो पनि किन्नु थियो । त्यसैले शुक्रबारदेखि नै मैले सिटी टाइम्सका एकाउन्टेण्ट उत्तमलाई अलिकति पैसा चाहिन्छ है भनेर भनेको थिएँ । आइतबार उसले कुरा गरेको थियो रे त्यो प्रकाशनका सर्वेसर्वा सुजिव बज्राचार्यसित। त्यो दिन दिने नामै लिएन । उसले अलि पछि आउन मिल्छ? भनेर सोध्दैथियो र मैले चाहिँ अब भोलिमात्रै आउँला भनेर भनेको थिएँ। तर आज पैसा भयो भनेर सोध्दा त उसले मेरो कुरामा सुनुवाई होला जस्तो लागेन अब आफै एकचोटी कुरा गर्नु भनेर पो भन्यो । त्यसपछि त मलाई झनक्कै रिस उठ्यो । चाहिएको बेला दुई हजार पनि दिन नसक्ने अफिसमा किन काम गरिरहनु जस्तो रिस उठ्यो ।

त्यति नै बेला अब म सिटी टाइम्स छाड्छु भन्ने सोचिसकेको थिएँ । तर त्यतिबेला रिसलाई सम्हालेर बसेँ र त्यो दिनको सबै काम सकाएर निस्केँ । बाटोभर रिसले मुर्मुरिरहेको थिएँ ।

अरू बेला भएको भए स्पेसटाइम पनि जाँदिन थिएँ होला मूडअफ भएकोले। तर त्यो दिन सहकर्मी बालचन्द्र मिश्र पनि विदामा बस्नुभएकोले जानै पर्ने बाध्यता थियो । त्यसैले बिस्तारै हिँडेँ अफिसतिर । टेम्पोभर पनि म त्यही कुरा सोच्दै थिएँ र जस्तै भावनाले जित्न खोजे पनि त्यसलाई दबाएर म सिटी टाइम्स जाँदै जाँदिन भन्ने निर्णय गरेको थिएँ।

त्यो दिन मैले आफ्नो व्यक्तिगत डायरीमा यस्तो लेखेको रहेछु,

“सिटी टाइम्स नजाने भनेर मैले गरेको निर्णय सही हो वा होइन त्यो त भविष्यले नै बताउँछ तर मैले त्यत्रो गर्दा पनि मलाई आवश्यक परेको बेलामा दुई हजार वा जतिसुकै भए पनि पैसा दिन इन्कार गर्नुले मेरो चित्त नदुख्ने भनेको त हुँदैन । पैसा नै नलिई त कसले पो काम गर्छ र । फेरि त्यहाँ सबैभन्दा बढी जिम्मा पनि त मेरै नै थियो । खैर छादिदिउँ यी कुरा। अब जे हुन्छ भविष्यले देखाउँछ।”

आज फेरि च्यानल नेपालबाट निकालियो रे भन्ने सुन्दा झण्डै-झण्डै त्यस्तै अनुभव भइरहेको छ। कम्प्युटरमा यी शब्दहरु टाइप गरिरहँदा पौने दुई बजेको छ। यत्रो वर्ष कुनै न कुनै संस्थामा जागिर खाएर बसिरहेको आज एकाएक स्वतन्त्र हुन पुगेको छु। अब मेरो लागि यो ब्लगबाहेक अरु केही मञ्च छैन। न आम्दानीको कुनै स्रोत नै छ। बाँच्नका लागि के गर्ने हो, निश्चित गरिसकेको छैन। केही दिन त च्यानल नेपाल नै जानुपर्ला, आखिर पत्र नबुझेसम्म त वैधानिक रुपमा त्यहीँ कै हुँ नि म।

जस्तै दुःखकष्ट भए पनि काम गर्दाको तलब पाए च्यानल नेपाललाई नमस्कार गरेर उत्तरोत्तर प्रगतिको कामना गरेर खुसी साथ नै हिँडिन्थ्यो। तर गरिसकेको कामको पनि तलब दिन कति झुलाउने हो, यो सोचेरै दिक्क लागिरहेको छ। हे भगवान्, सहायता गर। दुःखको बेला भगवान नै सम्झिनु पर्दो रहेछ……..!

13 Comments »

The URI to TrackBack this entry is: http://merosansar.blogsome.com/2005/10/19/channel-nepal-fired-me/trackback/

  1. Umesh Bhai,

    Jagir ko khabar sunera naramro lago. Ho talb bhane kasari huchha linu hai. Daka harulai chadana hunna ni. hai ta. Hat ma sip vayeko manchhelai garo chaina jagir pauna.
    la ta
    dai

    Comment by paprachi — October 19, 2005 @ 1:41 am

  2. Timro jagir chat vayeko khabar le dukha lago. Hat ma sip hunelai sansar ma kahile pani khali basnu pardeina. yek na yek kam mili halchha. Yeti nai.

    Comment by paprachi — October 19, 2005 @ 1:47 am

  3. i couldn’t say anything except search for the another job. I know it is hard to get the job. Wish you all the best. You are doing good job through this internet site.
    Pashupati/Boston/USA

    Comment by pashupati — October 19, 2005 @ 9:04 am

  4. प्यारो मित्र उमेशजी,

    तपाईको व्यक्तिगत कुरा सुनेर निकै दुःख लाग्यो । तर पनि समय हो । हामीले फेस गर्न सक्नु पर्छ । “हुन त यस्ता भाँन्टाङ्ग भुन्तुङ्ग कामबाट विदा नलिईकन ठूलो जागीर या ठूलो कामले आगन चुम्दैन” । धैर्य गर्नु, हातमा सीप भएपछि कसैले केही गर्न सक्दैन । जागीरको कुरा पाइहाल्नुहुन्छ । मात्र धैर्य गर्नु ।

    Comment by Nilan Kumar Thechomi — October 19, 2005 @ 9:24 am

  5. पि्रय मित्र उमेशनविराउनु, नडराउनु भन्थे मेरा हजूरबाले । साच्चै रैछ । नौ महिनासम्म तलब पनि नपाउनु, उल्टै जागीरबाट चैट पार्नु † यो जमीम साहको तानाशाह प्रव ृति हो, जसको भण्डाफोर तपार्इले आफ्‍नो ब्लगमाफत्‍ भएपनि गर्नैपर्छ । मैले तपार्इस“ग कति दिन मेरो एमए पढाइ“को “नेपाली मिडियामा तलब नपाएकेा कुरा” विष्ायक कार्यपत्रमा सहयोग पुर्‍याउनुस्‍ भनेकै थिए, तर तपार्इले ‘इथिक्स’ को कुरा गर्नुभयो, देख्नु भयो त अहिले ? बार्‍ह वर्ष्ाको प्रजातन्त्रकालमा नेपाली मिडियाकेा जेजति विकास भयो भनेपनि यस्ता जमीम साहजस्ता प्रकासककै हाबी भएर यस्तो हालत हुन पुग्यो । यो कुरा सबैलार्इ चेतना भया ।तपार्इको हितैष्ाी मित्र

    Comment by Janaki Sharma — October 19, 2005 @ 10:37 am

  6. उमेशजी,
    तपाईको व्लग पढें, सुन्दा दुःख लाग्यो, यो सन्सार नै यस्तै छ तर धैर्य गर्नुहोला । कुनै पनि चिज विगर्नु भनेको नयाँ निर्माणको संकेत हो । तपाई जस्ता व्यक्तिले समेत यस्ता सानातिना कुरामा चित्त दुखाउने र हरेश खाने हो भने अरुले के गर्ने ? जीवनमा समस्या नै रहेन भने जीवन जिउनुको अर्थ नै रहदैन जस्तो लाग्छ मलाई, जीन्दगी भनेको संघषर्शील हुनुपर्दछ, होइन र ? मेरै कुरा गरु न साउदी अरेविया छिर्नु अघि जिल्ला विकास समितिमा कम्प्युटर अपरेटरमा एप्लाइ गरेको थें । सवैभन्दा र्सवश्रेष्ठ रिटन र प्राक्टिकलमा हुँदाहुदै पनि इन्टरभ्यूमा फालिए, मलाई इन्टरभ्यूमा यस्तो प्रश्न गरे तपाई जस्तो वढी योग्यता भएको मानिसलाई हामीले के जागीर दिने ? यहाँ त कम्प्युटरमा अलि अलि टाइप मात्र गर्ने मानिस खोजेका हौं जवकी त्यो पोष्टको विञापन राष्ट्रिय पत्रिकामा छापिएको थियो । होला त्यतिवेला मैले त्यहाँ जागीर पाएको भए त्यै ५-७ हजारमा झुण्डिरहनु पथ्र्यो नै तर आज त्यो भन्दा केही न केही पक्कै सुधार भाको छ जस्तो लाग्छ । पैसाकै कुरा गर्दा पनि केहि त छ नै तर अनुभवहरु प्रशसतै वटुलेको छु । नयाँ नयाँ देश र महादेशका मान्छेहरु, यूरोपेलीय देखि अप्रिmका हुँदै एशियाका नाम नसुनेका देशका मानिसहरु साथीहरु भएका छन् ।
    जेहोस् मित्र, समय आउँछ, धैर्य गर्नुहोस् ।
    उही तपाईको मित्र
    चिज

    Comment by Chij Kumar Shrestha — October 19, 2005 @ 10:40 am

  7. umesh ji,

    sad to learn one after another incident on you…astami ko din ma baje khasnu bhayo, triyadashi ko din ma afno jagir chat..yesko pida khapna sarai po garo hunchha

    sayed tapai le pitri santi dinu bhayena jasto chha..tyo bajeko photo hatai halnu paryo yo mero blog bata

    ani arko kura, sayed tapai ko jagir chat hunu ko karan tapai palace prati ekdam nakaratmak dharana pani huna sakchha… sulsule haru le tapai ko barema suinko diya pani huna sakchha…nepal ko manchhe ko tal tehi ho, kasko man ma ke pasya chha kaslai ke tha

    Comment by Chankhe — October 19, 2005 @ 3:26 pm

  8. hello umesh bro
    namaste
    tapain ko blog pade dukha lagyo yestai ho struggle garnu bhayeko chha 1 din kaso tapain pani ramro thau ma napugnu hola hoina ta . mero wish sadhai tapain lai . dukha namani kam gardai janu hola . blog nai tapain ko sathi chha …
    chhito bhetne aasha ma
    bhai

    Comment by u know me very well — October 19, 2005 @ 9:05 pm

  9. ए त्यो नाथे जमीम शाहको बारेमा धेरैलाई था छैन होला। त्यहा त त्यस्तै हो। कोहीपनि पत्रकारलाई कुन बेला निकालिन्छ केही थाह हुन्न। एकदिन जमीमे **लाईपनि अदालतमा ठडाउन सके धेरै राम्रो हुन्थ्यो। पिर नगर्नोस उमेश जी बरु तपाइकोलागि अर्को बाटो खुल्छ।मपनि त्यहाबाट लखेटिएको पत्रकार हो। दिनभरी काम गरेर आको अनि बेलुका समाचार लेखिसकेपछि त्यहाबाट खेदिएको पत्र पाको तर लखेटिएको भोलीपल्ट बाइलाइन एंकर न्यूज आको। त्यो मुला भ्रष्टलाई कसले ठेगान लगाउला ?

    Comment by Koirala — October 19, 2005 @ 9:22 pm

  10. Hello. umesh bro.
    Do not worry about this job man. Hell with that job. you are a good man. yoo will get another job pretty soon. you deserve better than that. count on it.

    Comment by hemanta — October 20, 2005 @ 12:09 am

  11. i’m really sad ,so what we do ….?but please be cool ok god is their ,you are most papular man so few time wait everythink ok das

    Comment by das — October 20, 2005 @ 12:53 am

  12. Umesh jee
    Yo tapai ko matra problem hoina sabai privite compeny ma kaam garne nepali ko problem ho.

    Comment by Ma Nepali — March 7, 2006 @ 12:29 pm

  13. hii umes ji sad know bout u but dont worry testyo jabo job ta kati auchha auchha

    Comment by sunilgurung — January 21, 2007 @ 5:22 pm

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Get free blog up and running in minutes with Blogsome | Theme designs available here

hit counters
Domestications
Advertisement text: credit card, device used to obtain consumer credit at the time of purchasing an article or service. Credit cards may be issued by a business, such as a department store or an oil company, to make it easier for consumers to buy their products. Alternatively credit cards may be issued by third parties, such as a bank or a financial services company, and used by consumers to purchase goods and services from other companies. There are two types of cards&mdash;credit cards and charge cards. Credit cards such as Visa and MasterCard allow the consumer to pay a monthly minimum on their purchases with an interest charge on the unpaid balance.