मैले अवकाश पत्र बुझेँ
२०६२ कात्तिक २ मंगलबार
पैसा नदिएसम्म अवकाश पत्र नबुझ्ने भनेर हिजो सोचेको भए पनि हरहिसाब मिलानको लागि सबै प्रक्रिया अगाडि बढाउन नियमअनुसार गर्नुपर्ने काम गर्नैपर्यो। त्यसैले अवकाश पत्र बुझेँ। अवकाश पत्र नबुझ्नुको अर्थ निकाल्न खोज्दा पनि निस्कन नचाहने जस्तो हुने थियो। त्यसमाथि त्यो “दलदल”मा फँसेर अझै आफ्नो पैसा डुबाउनुको सट्टा खुरुक्क बाँकी रकम उठाउनु र मेरा एक पुराना सहकर्मी मित्र दीपेन्द्र लामाको शब्दमा “कुवा” बाहिर निस्कनु नै श्रेयस्कर हुन्थ्यो। मलाई अहिले सबैभन्दा बढी डर लागेको चाहिँ त्यहाँ रहेको बाँकी पैसा उठाउन नसकिएला कि भन्ने हो। सोझालाई पायो भने त जहाँ पनि हेपिने रहेछ। फेरि यसअघि छाडेका कति साथीहरुको रकम अझै पनि भुक्तान भएको छैन रे। आज सहकर्मी बालचन्द्र मिश्रको सहयोगमा कति पैसा उठाउन बाँकी रहेछ भनी हिसाब गरी हेर्दा लिन बाँकी रकम झण्डै एक लाख रहेछ। हिसाब हेर्न यहाँ क्लिक गर्नुस् बाँकी (more…)

