October 20, 2005

मैले अवकाश पत्र बुझेँ

२०६२ कात्तिक २ मंगलबार
पैसा नदिएसम्म अवकाश पत्र नबुझ्ने भनेर हिजो सोचेको भए पनि हरहिसाब मिलानको लागि सबै प‌्रक्रिया अगाडि बढाउन नियमअनुसार गर्नुपर्ने काम गर्नैपर्‍यो। त्यसैले अवकाश पत्र बुझेँ। अवकाश पत्र नबुझ्नुको अर्थ निकाल्न खोज्दा पनि निस्कन नचाहने जस्तो हुने थियो। त्यसमाथि त्यो “दलदल”मा फँसेर अझै आफ्नो पैसा डुबाउनुको सट्टा खुरुक्क बाँकी रकम उठाउनु र मेरा एक पुराना सहकर्मी मित्र दीपेन्द्र लामाको शब्दमा “कुवा” बाहिर निस्कनु नै श्रेयस्कर हुन्थ्यो। मलाई अहिले सबैभन्दा बढी डर लागेको चाहिँ त्यहाँ रहेको बाँकी पैसा उठाउन नसकिएला कि भन्ने हो। सोझालाई पायो भने त जहाँ पनि हेपिने रहेछ। फेरि यसअघि छाडेका कति साथीहरुको रकम अझै पनि भुक्तान भएको छैन रे। आज सहकर्मी बालचन्द्र मिश्रको सहयोगमा कति पैसा उठाउन बाँकी रहेछ भनी हिसाब गरी हेर्दा लिन बाँकी रकम झण्डै एक लाख रहेछ। हिसाब हेर्न यहाँ क्लिक गर्नुस् बाँकी

मलाई दिइएको अवकाश पत्र। हाम्रा एक हाकिमले सटीक टिप्पणी गरेका थिए आज, पत्रको व्यहोरामा लेखिएको कम्पनीलाई तपाईँको सेवा आवश्यक परेमा पुनः सम्पर्क राखिने भन्ने वाक्यलाई लिएर- कम्पनीलाई आवश्यक पर्दा हामीलाई आवश्यक पर्ने छैन भनी दिने नि

सहकर्मी दीपक पाण्डे भन्दै थिए, यसपटक भाषा शिष्ट बनाएको रहेछ, पहिले त कम्पनीलाई तपाईँको सेवा आवश्यक नपर्ने भएकोले भनी लेखिएको हुन्थ्यो।

आज दिनभर नै अफिसमा हाँसोठट्टा गर्दै बसियो। साथी प्रमोद आयामले बालचन्द्र मिश्रलाई तपाईँ त Standard Chartered Bank हुनुभयो नि ३६५ दिन, २४ घण्टा खुल्ने भनी जिस्क्याए। हुन पनि अन्तर्राष्ट्रिय समाचार विभागमा हामी ३ जना थियौं पहिले तीन सिफ्ट हेर्ने- म बिहानी सिफ्टमा, बालचन्द्र मिश्र अपराह्नको सिफ्टमा र रञ्जन झा रात्रि सिफ्टमा। म र रञ्जन निकालिनेमा परेपछि अब अन्तर्राष्ट्रिय समाचार विभागमा एक्लो उनी नै रहेका छन्। अझ अर्का साथी राधेश्याम दाहालले च्यानल नेपाल पनि बन्द भएपछि तपाईँहरुलाई केबलतिर लान्छ होला हगि, भोलिपर्सि बाटोमा भेट्दा अ‍ो बालचन्द्र जी, कता ? भनेर सोध्दा लाइन जोड्न जान लाग्या, भन्नुहुन्छ होला भनेर पनि खुबै हसाँए। [स्पेसटाइम बन्द भएपछि हामी केहीलाई च्यानल नेपाल सरुवा गरिएको थियो] निकालिएका अर्का सहकर्मी चिरञ्जीवी शाह भने सानै उमेरमा अवकाश पाइयो भन्दै हसाउँदै थिए।

हाँसो ठट्टा भए पनि मनमा भने एक किसिमको नरमाइलोपन छाएको थियो। त्यस्तो हुने रहेछ। मान्छेजत्तिकै माया लाग्ने रहेछ संस्थाको पनि। तलबको विषयमा जतिसुकै असन्तुष्टि भए पनि जतिसुकै रिस संस्थाप्रति भए पनि मनको एउटा कुनामा मानवीय भावना लुकेको हुने रहेछ र माया लाग्ने रहेछ। हिजो आफूलाई निकालियो भन्ने सुनेदेखि नै यस्तो भइरहेको छ। आज झन बढी भएको महसूस गरेँ।

यस्तो बेलामा मलाई ब्लगमा सहानुभूतिका दुई चार शब्द कोरिदिनु हुने सबैलाई धन्यवाद छ। दुःखका बेला यस्ता शब्दले निकै सान्त्वना दिने रहेछ भन्ने अनुभव पनि मलाई आज भयो।

केही मार्मिक कुरा पनि भए- स्पेसटाइम पत्रिकाका एक कर्मचारीलाई बिहेको दिन पार्टी भइरहेको बेला अवकाश पत्र बुझाइएको थियो रे !

यो लटमा निकालिनेमा १९ जना परेका रहेछन् रे। न्युजमा डेस्कका म र रञ्जन झा, रिपोर्टिङमा राधेश्याम दाहाल र चिरञ्जीवी शाह, न्युज एंकर कोमल शेरचन र कम्प्युटरका मणी दाहाल। क्यामेरा सेक्सनमा ३ जना, एडिटिङमा ३ जना अनि इन्टरटेनमेण्टमा सरोज केसी, प्रवीण, साहनवाज र अर्का एक जना बाहेक सबै रे।

प्रशासन प्रमुख प्रभात खत्री कहाँ गएर पनि केही बेर कराउन गयौं हामी १५ दिन किन कुर्ने भनी। उनले प्रक्रिया सबै पुर्‍याउनुस् अनि हामीले लेखाशाखामा सिफारिश गरिदिने काम हो भनी भने। सहकर्मी राधेश्यामले चिठ्ठीको मितिमा चाहिँ ३१ गते भनेर लेख्ने अनि दिन चाहिँ २ गते किन दिएको भनी सोधे। म पनि हिजो १ गते त मैले काम गरेँ नि काम गर्नु अगाडि नै किन चिठ्ठी नदिएको त भनी कराएँ। अनि उनले तपाईँको त्यो एक दिनको पनि हिसाब पठाइ दिउँला भनी भने। हामीले अरु कुरा थाहा छैन तिहार अगाडि हाम्रो पैसा चाहिन्छ भनी भन्नेमा जोड दियौँ। उनले प्रक्रिया पुर्‍याउनमा जोड दिए।

प्रक्रिया भनेको चाहिँ आर्काइभ, स्टोर क्लियरेन्स गरेर परिचय पत्र बुझाइसके पछि हाजिरीको रेकर्ड पठाउने रहेछ। आर्काइभ भनेको चाहिँ अफिसको कामका लागि हामी जुन डीभी (डिजिटल भिडियो) क्यासेट प्रयोग गर्छौं, त्यो हाम्रो आफ्नो जिम्मामा आफ्नो नामबाट इस्यु हुने गर्छ र त्यो केही गरी हराएमा त्यसवापत पैसा तिर्नुपर्ने हुन्छ। मेरो त आर्काइभमा दुई वटामात्रै टेप थियो र मैले जतन गरी राखेको थिएँ। मैले घर गएर डीभी ल्याएर आर्काइभ पनि क्लियरेन्स गरेँ। तर साथी मणीको भने केही टेप हराएको रहेछ। उसले भोलि मात्रै बुझाउन लागेको रहेछ। अर्का साथी राधेश्यामको भने भइसकेको थियो। अब भोलि मणीको पनि आर्काइभ क्लियरेन्स गरेर सँगै हाजिरी रेकर्ड बुझ्ने ठाउँ र त्यहाँबाट एकाउन्टमा जानु पर्ला।
[यी शब्द टाइप गरिरहँदा बिहानको चार बजेको छ। तर सुत्न अ‍ोछ्यानमा पस्यो भने नानाथरि कुरा खेल्ने हुनाले बरु ब्लग लेख्दै बसेको छु। एक किसिमको आत्मसन्तुष्टि अनुभव हुने रहेछ ब्लग लेख्दा]

यो पनि हेर्नुस्-

च्यानल नेपालको मेरो जागिर “चट”

दोस्रो लट पनि आउँदैछ रे

च्याने अपडेटः दिनभर पैसाको लागि झुलाए

च्याने अपडेटः फेरि पनि झुलाए पैसाको लागि

22 Comments »

The URI to TrackBack this entry is: http://merosansar.blogsome.com/2005/10/20/fired-letter/trackback/

  1. Yo Channel Nepal vanne samstha ta chor, danka, chusaha je vane pani hune raichha ni! (सबै कर्मचारी) afule jastai taskari garera kharcha chalauchhan vanne sochne raichha ki ke ho?

    Katro beijjet !!! Thukka yesta talab dna pani nasaknele ke chalaunu sanchar samstha . Nasake ta Bakhra charauna janu ni Hetaunda tira. Teha Cheej banaunalai bakhra palan hundai chha re ni!

    Yetro beijjet vaye pachhi aba tehi samsthama arule kasari kam garne hola? Umesjeeko sahakarmiharule kasari aru sita Channel Nepalma kam garchhu vannu! Kaha kam garnu hunchha vanda Channel Nepal vanna pani laj!

    Kam liyera , tyo Channel Nepal dekhaundai Taskari garyo *** **** ani kam garnelai chahi 15 din pachhi aunus re talab lina?
    THUKKA tesko ijjet, tesko ant. Marnu ni baru yesta ta.
    Bungai hidchha tyo kun dina ki vagchha tyo taskar. Paisa belaima uthaunu hola hai sathi ho dharna diyera vaye pani.
    Barsa din samma talab ta diyena diyena , jagir bata nikalda pani banki talab 15 din pachhi lina bolaune lachhi, kamjor, jogi vanda ni garible ajhai ke ko nakle tyo samstha chha vannu?

    CHHI CHHI CHHI CCHI !!! Hagnelai vanda dekhnelai laj! Hunata yesta taskarko ke ijjet hunchha ra!

    Umeshjee, jhan dui tin barsa kam lagayera yo paisa natiri Pakistan tira vangne thiyo hola, belaima chhodna paunu vayechha ramro vayo vanne thannu hos.

    Comment by Subodh Sharma — October 20, 2005 @ 2:14 am

  2. Yo Channel Nepal vanne samstha ta chor, danka, chusaha je vane pani hune raichha ni! Jamimle afule jastai taskari garera kharcha chalauchhan vanne sochne raichha ki ke ho?

    Katro beijjet !!! Thukka yesta tamab dna pani nasaknele ke chalaunu sanchar samstha . Nasake ta Bakhra charauna janu ni Hetaunda tira. Teha Cheej banaunalai bakhra palan hundai chha re ni!

    Yetro beijjet vaye pachhi aba tehi samsthama arule kasari kam garne hola? Umesjeeko sahakarmiharule kasari aru sita Channel Nepalma kam garchhu vannu! Kaha kam garnu hunchha vanda Channel Nepal vanna pani laj!

    Kam liyera , tyo Channel Nepal dekhaundai Taskari garyo tyo Jamim Shahle ani kam garnelai chahi 15 din pachhi aunus re talab lina?
    THUKKA tesko ijjet, tesko ant. Marnu ni baru yesta ta.
    Bungai hidchha tyo kun dina ki vagchha tyo taskar. Paisa belaima uthaunu hola hai sathi ho dharna diyera vaye pani.
    Barsa din samma talab ta diyena diyena , jagir bata nikalda pani banki talab 15 din pachhi lina bolaune lachhi, kamjor, jogi vanda ni garible ajhai ke ko nakle tyo samstha chha vannu?

    CHHI CHHI CHHI CCHI !!! Hagnelai vanda dekhnelai laj! Hunata yesta taskarko ke ijjet hunchha ra!

    Umeshjee, jhan dui tin barsa kam lagayera yo paisa natiri Pakistan tira vangne thiyo hola, belaima chhodna paunu vayechha ramro vayo vanne thannu hos.

    Comment by Subodh Sharma — October 20, 2005 @ 2:15 am

  3. Bessari hanso lagne raichha bich ma ta

    Comment by Subodh Sharma — October 20, 2005 @ 2:27 am

  4. उमेश जी,

    के गर्ने साथी यहां सबै नेपालीको हाल एउटै हो । मान्छेको श्रम शोषण गरेर खान पल्केका परजिवि र तिनिहरुलाईनै हरतरहले मद्दत गर्ने प्रशासकिय यन्त्र, त्यस्तै देशका १ नम्वरको पत्रीका हौं भनेर धक्कु लगाउने मिडिया हाउसहरु सबैनै श्रमजिविहरुको पसिनामा पौडी खेलिरहेका छन । मिडियामा मात्र हैन हरेक निजि क्षेत्रबाट सञ्चालित संस्थाहरुमा यो प्रवृती हावी छ । तपाईको पारिश्रमिक सजिलै लिन सक्नुहोस र दिन आनाकानी गरेमा श्रम अदालत र अदालतकै पनी ढोका घच्घचाउनु पर्छ ।

    महेश क्षेत्री

    Comment by chhetri — October 20, 2005 @ 12:04 pm

  5. K ho kam gharnee bhala ma chai talab na deeda panee khusi bhaya ra gharnee anee pahree kam bata out bhaya pachi chai mero yatee lenu cha utti lenu bhanee bhanee why don’t you take your salary every month? Why you work there up too now ? what you want from site visitor ? we know that you are making people foolish . yo ta yak dam fata anee maganta bhanee bhayo . I think you are really bad person ………. And VIP beggar

    Comment by Kathmandu — October 20, 2005 @ 1:10 pm

  6. Umesh ji,

    My question pertains to whole journalism professionals. You gave detail account of salary due for the past one year. Thats good. But, how were you surviving for so many days? Took loan? Or, salaried from family? j/k If the thing that I heard was true, the salary is almost no thing to most Journalists, as there are many other sources of income like kick backs, black mail fee, etc. Salaray of journalists are analogous to those of Section Officers in Revenue Department…So, why hue and cry?
    Coincidently the person who signed the letter is some Sumsher Rana. As I was guessing earlier, you have been writing against palace. That may be one reason for your dismissal. However, my sympathy goes with you. Hope you are still single without any burden of wife and children…
    —————————————
    हे भगवान ! कति टाढाको सोच्नुभएको यार तपाईँले। त्यस्तो हैन नि। ती बूढा जबरा त आफै पीडित मान्छे हुन्। यसमा प्यालेसको कुनै सरोकार छैन। अनि हामी १९ जनालाई सामूहिक अवकाश दिइएको हो, म एकलाई मात्र हैन। तपाईँले अन्तिममा गर्नुभएको होप पनि खेर गएको छ :)
    हो, तपाईँले भन्नुभए जस्तै अधिकांश पत्रकार त्यस्तै छन्। तर हामी जस्ता कयौँ पत्रकार कसरी तलबको आशामा खाली खल्ती राखेर पीडा भोग्थ्यौँ, कसरी हाम्रो गुजारा चल्थ्यो, त्यो बारेमा पछि ब्लग गरुँला नि त है ! - मेरो संसार

    Comment by Chankhe — October 20, 2005 @ 1:30 pm

  7. उमेशजी
    के गर्ने यस्तै छ यहाँको चलन, हाँस्ने हाँसिरहन्छ दुःख भोग्ने दुःखी नै रहन्छ सधैं । त्यसैले देश डुबेको छनि। जहाँ तही यस्तै कुप्रवृतिले जरो गाडेकै छ । जेहोस् एक दिन खुशीका दिनहरु लिएर आउने छ भविष्यले । जीवन यही त हो नि, दुःख र सुखको सम्मेलन। पृथ्वीमा दिन र रात भए सरह जीवनमा दुःखको यो क्षण पछि सुखका पलहरु पनि आउने नै छ । धैर्य गर्नुहोस् साथी
    तपाईको साथी
    चिज कुमार श्रेष्ठ
    साउदी अरेविया

    Comment by Chij Kumar Shrestha — October 20, 2005 @ 1:51 pm

  8. काठमाण्डौं जी,
    खोई मैले त उमेश जी ले मागेको कतै पनी देखिन । मान्छेका वाध्यता र विवशताहरु धेरै हुन्छन मेरा छन् तपाईका होलान (वा न होलान बेग्लै कुरा) । यदि मेमोरी कार्ड किन्न सहयोगको अनुरोध लाई कोटयाउनु भएको हो भने, यो उमेशजी को निजी ब्लग हो । यसलाई अपडेट गर्न र नया ताजा कुराहरु राख्न पक्कै पनि समय र पैसा लाग्छ । उमेशले समय र पैसा खर्च गरेर ब्लग चलाउने तपाईहरु सित्तैंमा मनोरञ्जन लिने वाह । उस्को ब्लगमा नया कुरा खोज्न आउने तपाई हामी पो माग्ने जस्तो लाग्छ मलाई त ।

    Comment by chhetri — October 20, 2005 @ 2:57 pm

  9. Cheetri jee blog site bhanako aafno feeling bata janata, samaj and desh lai right way ma lanee ho na kee aafno hajur bhau mora ko, job less bhaya ko ,card kina chanda magnee tham hoina ya . I know umesh jee very well one day you will comment same like me.
    cheetri jee there are lot’s of blog site even I have too but other site are not like umesh ko jasto . They have also same problem like Umesh but they did not do like Umesh. They manage there money problem by putting add like on there blog site for example can see other Nepali blog site and entertainment site where you can get lot’s of add like .so Cheetri jee mind you language and Umesh jee ko sewa gharna chordinuu la

    Comment by kathmandu — October 20, 2005 @ 4:37 pm

  10. sathi haru ho Umesh lay magnee para ko kura ghara ko ho kee hoina ta some time he say i don’t have money to buy memory card some time he say i don’t received my salary from long time , some time he say mero grand father dai bhana ra blog ma man laga ko kura legcha yasko bicha k ho ta salar na dida na dai panee kam gharnee ho ta phari bhana ko har na maro poisha daya ne mali dar lagee ra cha what it mean baccha jasto kura gharnee ho khana na paya ko ho bhanee Umesh ra Chattri lai bhole yak yak thak bhat chanda dinuu pereo sathi ho hoina bhanee ramro sanga blog lakhnu peryo ar kura rayo poisha ko piosha ta blog lai hit bhanayo bhanee athaya site ma google ko add like rakhya ra i halcha ne yadi tati panee audaina bhanee ma link rakhna help ghare dinchuu but VIP Thag hunu bhaya na blog arru ko pane cha but other bloger are not like VIP thag Umesh .

    Comment by kathmandu — October 20, 2005 @ 4:55 pm

  11. काठमाडौंले लेखेको कुरा एउट विध्यमान नेपाली प्रवृती हो जो लिनमात्र खोज्छ तर दिन केही पनि चाहँदैन, जस्तै जमिम साह र मालदाइ शाहहरू। यी दुबै साह र शाह मपाइँवादीमात्रै होइन् तस्करीमा पनि नाम कमाएका डनहरू हुन् जसले केही दिन जानेकै छैन मात्र लिन जानेको छ।
    र केही गर्न खोज्ने उमेश श्रेष्ठहरूलाई आफूले भौतिकरुपमा केही दिन नसके पनि उनीहरूको कामलाई प्रशंसा गर्न त सक्नुपर्छ। तर खै त काठमाडौं?

    Comment by गणतन्त्रवादी नेपाली — October 20, 2005 @ 5:01 pm

  12. umesh dai maile pani ta 7 months ko talb na pai kana chodako ho ni channel nepal , dhanna tapain lai chain deni bhayachan, baru time ma nai chodhnu bhayako ma badhai.

    Comment by भsangya — October 20, 2005 @ 5:57 pm

  13. Kathmandu,
    Tapain le lekhnu bhayo
    “blog site bhanako aafno feeling bata janata, samaj and desh lai right way ma lanee ho na kee aafno hajur bhau mora ko, job less bhaya ko ,card kina chanda magnee tham hoina ya”
    blog ko ta barema nikai bigya jasto garera bhashan chhatnu bhayo ni. Blog ko bare ma define garne adhikar tapain lai kasle diyo ?
    Bichara lai blog bhanekai thaha chhaina rahechha ! Blog bhaneko afno bichar bekta garne thaun ho. Blogger le aafu lai man lageko kura lekhchha ani man lagne le herchha man nalagne le herdaina. Tapain lai usko hajur bau moreko kura padhna man lagdaina bhane napadhe bhai go ni. Tapain lai kasle samaya ra paisa ko naas hune gari tapain ko bhasa ma yo bakwas blog padhna aaunu paryo ???

    Comment by Nitesh — October 20, 2005 @ 8:56 pm

  14. Niteshjee lai dherai dherai dhanyabad.
    Blog vaneko khali bektigat feeling matrai bekta garnu parchha vanne ta chhaina nai tara yo blogma ta Umeshjeele ispastai vannu vayeko chha ni mero bektigat kura feeling lekhchhu vanera.
    Sittaima herne ti bidhika photo haru, sittaima padhne ani ke ko tyau tyau vyaguta karaye jasto;
    Kathmandujee, tapai tu arko searchma gaye hunchha ni! Kasle dori bandhera lyayeko chha han yo blog padhna? 4 rupiya tine ani kinne Kantipur Dainik, kinne Nispachhe vanne Rajako Godama Malish daleko kura lekhne khabar, kinne ni 25 rupiya tirera Himal. Kasko bau ko ke khana aune yo sitema? sittima news chapauna yaha aune ani bektigat kura lekhna napaune? Blogma afno kura matrai explain garna pani painchha.

    Aru blogle bektihgat kura vandainan vane utai jane. Badhi bakbaas kina?
    Nepali patrakarka samasya, thagharule diyeka dukha lekhnu ramro ho ni! Aru Channel Nepal jana chahanelai satarka garauchha ni yesle garda!
    Patrikale aja dinchhu, voli dinchhu, arko mahina dinchhu vanda vandai loot parchhan, dukha dinchhan, afule gari sakeko thau maya lagchha, sathivai hunchhan chineka, purano thauma kam garna sajilo hunchha, dela ni ta yetro samsthale vanera kurchhan, dhariye garchhan . Ke tyo naramro ho?

    Yo Kathmandu vanne ki ta Mero Sansarko ris garne kunai patrar ho, sake ta blog wala nai hola, natra Mailo Thakuri (Gyane Saha) wa tyo Jamimkai kohi lagautiya ho.

    Sajilo tarika ra upaye: Bektigat ho yo mero blog vane pachhi bektigat kura nasunne vaye
    YOU BLOODY (sorry hai sathi ho, sarai jhonk chalyo kya aba ta! talab pani napaunu ani usailai gali garnu ulto?) GO OUT!
    READ Royalist news papers. Otherwise NO MORE BARKING OK?

    Comment by Subodh Sharma — October 20, 2005 @ 11:44 pm

  15. Kathmandu,

    Grow up man!!!!!!!!!!!
    Democaracy is required in everphase of life. The topic which u point is worthless for discussion. It is his private creation let him to go in his way.

    U can not bring ordiance that can onself from thinking.
    He mr. umesh ji a young , intelligent and dyanmic youth. He is creative and has been doing lot. We should expect something from him.

    If you can not write a single word of sympathy for him than u don’t have right to visit his webblogs

    Don’t behave like animal

    Srinivash

    Comment by srinivash rahul from south india — October 21, 2005 @ 6:59 am

  16. sathi haru ho think your self if you did not get salary from your office then did you work there for long time. i think no never you work there but think about Umesh and his friend how much fulish they are ha ha ha ah ha ha. Nepali haru ko banee gaha pachi bhoto dhakni bhanaya ko aee ho . I just want to suggest umesh jee and his friends

    Comment by kathmandu — October 21, 2005 @ 10:05 am

  17. Yo don’t have capacity and knowledge enough to suggest him. The way you have expressed shows that you are not knowledgeable to give suggestion to a person like Salokya. The way you expresed shows that you are poor in the head.
    First you should learn your self.
    Don’t be more silly and stupid by telling that you want to suggest him. Seeing your comment we can just laugh at it.
    Who will take your suggestions as a suggestion. lokk how many people have already commented over your comment thinking you are foolish.

    Comment by Subodh Sharma — October 21, 2005 @ 11:28 am

  18. kathmandu jasto jhur manchhe ko kura ma pani kina lamoi commetn yaar, jaslai aaru ko feeling ko bare ma aki tha chain ushko kura ma kina hami lekhne.

    Comment by bibak — October 21, 2005 @ 6:23 pm

  19. ek prakar le sochne ho bhane ta kathmandu le lekhako kura pani thikai jasto lagayo malai. yo bare ma hami ra umesh jeee le pani ek pathak ramro sanga sochne ho ki?

    Comment by samar — October 21, 2005 @ 6:25 pm

  20. Umesh here represents the state of nepali youth. Look how scaring is situation in Nepal . U have to conmpromise with any thing that happens at any time.
    If Umesh was a son of govinda raj joshi or may be Umesh koirala than he won’t have to write blog . May be he may have been doing job in some good NGOS or like u having lap top infronnt
    Conditon of Umesh is the conditon of nepalese youth. If Umesh did not get job may be one day there’s no alternate he will have to go to iraq like many people’s go abroad for job.
    But young people like umesh who are grown in Nepal are capable. bholi ko nepal chalune manche haru huna. Umesh ji rati bhari pani kamjor nahunush. tapi jasto capable manche le bholi ko din ma tyo sumsher jabara tapiko boss lai jagiri dine manche hunu parcha.
    aba ko nepal young nepali ko ho. east or west nepalse youth are the best
    tapiko safalta hamro saftlat ho . hamro pusta ko saflta ho. hamro subhakamana tapailai

    Comment by Deepak Joshi — October 21, 2005 @ 7:59 pm

  21. subodh jile thick bhannu bhayako chha. kathmandu jee tapain kina i kura na bhujhi aaru lai comment garnu hunchha, kaile khain ta think positive yaar. umes je ko dhukha ma hasna man lagchha hoina tapain lai, kina tapin pani aafno bani aaru ko aagadi dhekhaunu hunchha?

    Comment by samarpan — October 21, 2005 @ 8:08 pm

  22. its really sad to hear abt you being retrenched. i didn’t even know tha space-time daily has been ceased. really sad to hear about you and more upsetting thing is the rate of unemployment thats going higher and higher in nepal. the situation out there must be worst, hope the authorities consider this thing. lets keep our fingers crossed!!!
    well frankly speaking, can’t blame anyone!! you yourself and the whole public has to take the initiative, pointless waiting for others to step out!!
    do something rite now before you get left out!

    Comment by kabir — October 26, 2005 @ 12:51 pm

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Get free blog up and running in minutes with Blogsome | Theme designs available here

hit counters
Domestications
Advertisement text: credit card, device used to obtain consumer credit at the time of purchasing an article or service. Credit cards may be issued by a business, such as a department store or an oil company, to make it easier for consumers to buy their products. Alternatively credit cards may be issued by third parties, such as a bank or a financial services company, and used by consumers to purchase goods and services from other companies. There are two types of cards&mdash;credit cards and charge cards. Credit cards such as Visa and MasterCard allow the consumer to pay a monthly minimum on their purchases with an interest charge on the unpaid balance.