दोस्रो लट पनि आउँदैछ रे
२०६२ कात्तिक ३, बिहीबार
यो दोस्रो लट भनेको डीभीको हैन नि फेरि। डीभी भर्ने कार्य त धमाधम हुँदैछ। मैले कुरा गरेको चाहिँ च्यानल नेपाल कै हो। बिना काम अफिसमा गएर हल्लिएर बस्ने जस्तो झ्याउ काम अरु नहुने रहेछ। गफैगफमा सुनिए अनुसार फेरि १८ जनालाई अवकाश दिने पत्र आउँदैछ रे दोस्रो लटमा। अनि शान्तिनगरको हेडअफिस पनि पुनः मिनभवनमा नै सर्दैछ रे तिहारपछि। आज आर्काइभ र स्टोरको क्लियरेन्स र परिचय पत्र पनि बुझाइदिएँ। अब यहाँबाट हिसाब हेरेर स्पेसटाइम नेटवर्कको लेखाशाखामा यति पैसा लिन बाँकी छ दिनू भनी सिफारिश पठाउन बाँकी रहेछ। पैसा बुझ्न चाहिँ उतै जानु पर्ने रे। त्यत्रो पैसा कसरी दिन्छ होला अफिसले ? हरेकको ६०-७० हजार बाँकी छ भन्ने सुनिन्छ। आफ्नो त त्योभन्दा बढी छ। आज काठमाडौंमा जाडो निकै बढेको छ। पानी पनि असार साउनमा भन्दा बेसीसँग परेको पर्यै छ। ब्लगरहरुको अनौपचारिक एकताको परिचय स्वरुप मैले “समवेदना” सन्देश पाइरहेको छु, हिजो ब्लगर नेपालका केपीले र आज युडब्लुबीका उज्ज्वलजीको समवेदना पाएँ। असत्ती एनटीसी मोबाइलको नेटवर्कले गर्दा उज्ज्वल जीको पुरुष आवाज त माघ १९ का दिनपछि सर्टवेभ रेडियोमा बीबीसी सुन्दा क्याथी र्याम्सको आवाज जस्तै पो सुनिएको ! मैले ल्यान्डलाइनमा फोन गर्न नम्बर टिपाएको थिएँ तर पानी परिरहेको बेला भिजेर मेटिएछ कि के हो, रिङ बजेन फेरि। नेपाल इन्फोका ब्लगर साथीले पनि हिजै च्याटबाट “समवेदना” सन्देश दिइसके। यसबीच, केही दिनदेखि ब्लग हेर्नेको संख्या ह्वात्तै बढेको रहेछ। कमेन्टहरुमा मलाई व्यक्तिगत लाञ्छना लगाउन पनि थालिएछन्। मलाई भने त्यसको वास्ता छैन। वर्डप्रेसका संस्थापक निर्माता म्याथ्यु मुलेनवेगको विचारलाई म आदर्श मानी हिँडिरहेको छु। उनी भन्छन्, ब्लग लेख्दा अरुले के सोच्लान्, त्यसको वास्ता नगर, आफूलाई के लेख्दा खुसी लाग्छ त्यही लेख। स्वयंप्रति इमान्दार भयौ भने पाठक आफसेआफ जोडिनेछन्…।


The ending is nice.
Iam not praising you, I don’t have to too.
But what all you write is brave and readers can see you can honest.
Most of people hide their weaknesses and personnel affaires but you have disclosed them all.
Look how many other journalists were kicked off, how many others were not given the salory? No body wrote but you did.
It is heard that Kantipur had created the pressor on Yubraj Ghimire to quit, Kantipur had forced to Yogesh Upadhyaye to quit, Kapil Kafle was kicked off from Samacharpatra even he said it was his choice, Yubraj Gautam was kicked off from Gorakhapatra etc……………….etc……….But nobody disclosed that.
You did.
Its nice to know what is going in media sector for people like us who do not know much about the situation of journalism and medias.
Comment by Subodh Sharma — October 21, 2005 @ 2:03 am
Dear Umesh,
I felt really sad when I read your blog about your job. I feel pity that journalism is not yet a profession that ensure your future. I knew there are a few who pay in time, but most others are same.
I hope you will soon get yourself invoved in some other place and keep up blogging.
And yesterday, when I tried to call you in the number you have given me, it was engaged all time. Sorry about that:
Comment by Ujjwal Acharya — October 21, 2005 @ 2:19 pm