“राति घरमा पस्न पाउँदै पाउँदैन”
अध्यादेशको कडा अनुगमन गरी उल्लंघन गर्नेलाई कडा कारबाही गर्ने सरकारको चेतावनी
२०६२ कात्तिक ५ शनिबार

राजधानीमा आज कान्तिपुर एफएममा भएको आक्रमणको बारेमा चर्चा परिचर्चा भइरहेको छ। सबैले विरोध नै गरेका छन्। कान्तिपुर टेलिभिजनको प्राइम टाइम बुलेटिनमा नेपाल बार एसोसिएसनका अध्यक्ष शम्भु थापाले अन्तर्वार्ता दिँदै जुन प्रकारले तर्कसहित यो कार्यको विरोध गर्नुभयो, त्यसबाट म सबैभन्दा प्रभावित भएँ। मकरतन्त्रको चर्को विरोध गर्ने र न्यायको पक्षमा लड्ने एक व्यक्तित्वका रुपमा उहाँले आफ्नो परिचय बनाइसक्नुभएको छ। आज उहाँ भन्दै हुनुहुन्थ्यो, राति अर्काको घरमा त पस्न पाइँदै पाइँदैन। यो अहिलेको हैन राणा कालमा बनेको मुलुकी ऐनमा भएको व्यवस्था हो। उहाँले मुलुकी ऐनको धारा उद्धृत गर्दै सूर्य अस्ताएपछि कसैको घरमा पस्न नहुने बताउँदै नागरिक अधिकार ऐन र वर्तमान संविधानले पनि त्यस्तो व्यवस्था गरेको बताउनुभयो। “लागू पदार्थको सम्पूर्ण कार्य त्यो घरभित्र हुने भए त पस्न पाउँदैन, सञ्चार माध्यमको कार्यालयको त कुरै छाडौं। कानुनमा त बिहान सूर्य नउदाएसम्म रातभर घरलाई घेरेर मात्र राख्न पाइने व्यवस्था छ”, उहाँ भन्दै हुनुहुन्थ्यो, “रातिको समय भनेको त चोर डाँकाको समय हो” (more…)

