October 22, 2005

“राति घरमा पस्न पाउँदै पाउँदैन”

अध्यादेशको कडा अनुगमन गरी उल्लंघन गर्नेलाई कडा कारबाही गर्ने सरकारको चेतावनी
२०६२ कात्तिक ५ शनिबार

राजधानीमा आज कान्तिपुर एफएममा भएको आक्रमणको बारेमा चर्चा परिचर्चा भइरहेको छ। सबैले विरोध नै गरेका छन्। कान्तिपुर टेलिभिजनको प्राइम टाइम बुलेटिनमा नेपाल बार एसोसिएसनका अध्यक्ष शम्भु थापाले अन्तर्वार्ता दिँदै जुन प्रकारले तर्कसहित यो कार्यको विरोध गर्नुभयो, त्यसबाट म सबैभन्दा प्रभावित भएँ। मकरतन्त्रको चर्को विरोध गर्ने र न्यायको पक्षमा लड्ने एक व्यक्तित्वका रुपमा उहाँले आफ्नो परिचय बनाइसक्नुभएको छ। आज उहाँ भन्दै हुनुहुन्थ्यो, राति अर्काको घरमा त पस्न पाइँदै पाइँदैन। यो अहिलेको हैन राणा कालमा बनेको मुलुकी ऐनमा भएको व्यवस्था हो। उहाँले मुलुकी ऐनको धारा उद्‍धृत गर्दै सूर्य अस्ताएपछि कसैको घरमा पस्न नहुने बताउँदै नागरिक अधिकार ऐन र वर्तमान संविधानले पनि त्यस्तो व्यवस्था गरेको बताउनुभयो। “लागू पदार्थको सम्पूर्ण कार्य त्यो घरभित्र हुने भए त पस्न पाउँदैन, सञ्चार माध्यमको कार्यालयको त कुरै छाडौं। कानुनमा त बिहान सूर्य नउदाएसम्म रातभर घरलाई घेरेर मात्र राख्न पाइने व्यवस्था छ”, उहाँ भन्दै हुनुहुन्थ्यो, “रातिको समय भनेको त चोर डाँकाको समय हो”

उहाँले मध्यरातको समयमा कान्तिपुर एफएममा प्रहरी पसेकोमा आफूलाई पटक्कै विश्वास नभएको बताउनुभयो। “त्यहाँ त वर्तमान मन्त्रिपरिषद् प्रवेश गरेको हो, त्यसको शैली प्रवेश गरेको हो। आफूले बोलेको जे पनि कानुन हुने घमण्ड यो सरकारमा छ”, उहाँ भन्दै हुनुहुन्थ्यो।

“यदि यस्तै हो भने त अब जोसुकैको घरमा जतिसुकै बेला प्रवेश गर्न पाइने भयो। म मेरो झगडिया हो भन्दै जोसुकैको घरमा प्रवेश गर्न पाउँछु। त्यतिमात्र हैन अब कर तिरेको छैन, छापा मार्न आएको भन्दै जसको घरमा जे लुटेर लगे पनि हुने भयो”, उहाँको तर्क थियो।

उहाँले वर्तमान मन्त्रिपरिषद्को यस्तो कामकारबाहीको विषयलाई लिएर संयुक्त राष्ट्र संघमा उजुरी दिनुपर्ने, सर्वोच्चमा लुटिएका सामान फिर्ता पाउन र क्षतिपूर्तिका लागि पुनरावेदन अदालतमा रिट निवेदन दर्ता गर्नुपर्ने सुझाव पनि दिनुभयो। [शम्भु थापाले बसन्तपुरको नागरिक भेलामा गरेको भाषण सुन्न यहाँ क्लिक गर्नुस्]

सञ्चार युध्द नेपालमा गजबसँग चर्किएको छ। कान्तिपुर र निजी मिडिया एकातर्फ र सरकारी सञ्चारमाध्यम र सरकारका समर्थकहरु अर्कोतर्फ भएका छन्। नेपाल टेलिभिजनको आजको मुख्य समाचार पनि कान्तिपुर एफएममा गरिएको सरकारी कारबाहीको बचाउ नै थियो।

सरकारका मन्त्रीहरुलाई लाज लाग्यो कि के हो, देशवासीका नाममा सन्देश पढ्ने शैलीमा सञ्चार मन्त्रालयका प्रवक्ता रत्नराज पाण्डे टेलिभिजन पर्दामा देखिए। उनले अध्यादेशमा लागू भएका प्रावधानको कडा अनुगमन गरिने र उल्लंघन भएमा कडा भन्दा कडा कारबाही गर्ने चेतावनी दिए।

अहिले नेपालको मिडिया युध्दमा आफ‌्नो पक्षका समाचारलाई हाइलाइट गरी विरोधी विचारलाई स्थान नै नदिने डरलाग्दो प्रवृत्ति हावी भएको छ। निजी प्रजातन्त्रवादी मिडियाले अलिअलि भए पनि ठाउँ दिएको छ विरोधी विचारलाई। तर सरकारी सञ्चारमाध्यम, अहँ….पूरै पञ्चायती शैली लागू भएको छ। आफ्नो समर्थनका कुरा बाहेक अरुलाई स्थान नै दिइँदैन।

रिपोर्टर्स क्लबलाई काउन्टर दिन सरकारसमर्थकहरुले सञ्चार समूह बनाएका छन्।

सरकारी सञ्चारमाध्यममा एउटा डरलाग्दो मन्दविष खुवाउने काम भइरहेको छ। नेपाल टेलिभिजनको ८ बजेको प्राइमटाइम बुलेटिनपछि आजको सन्दर्भ नामको एउटा विष खुवाउने कार्यक्रम प्रसारण हुने गर्छ। यो कार्यक्रमको काम नै सरकारविरोधीहरुलाई गाली गर्नु हो। यसमा विभिन्न “दास” हरुले विचार लेख्ने गर्छन्। त्यही विचारलाई समाचार पढे जस्तै गरी एंकरले पढ्छन्। पछि थाहा भयो, त्यो विचार त रासस, गोरखापत्र र रेडियो नेपालबाट पनि प‌्रसार हुने गरेको रहेछ।

अहो, यी शब्द टाइप गरिरहँदा पो थाहा भयो- यो “विष” लाई त अङ्ग्रेजीमा अनुवाद गरी राति १० बजेपछिको अङ्ग्रेजी समाचारपछि पनि प्रसारण गरिने रहेछ। आजको विषय थियो, दीपङ्खा यात्रा र राजनीतिक पार्टीहरुले भर्खरै दसैंको उपलक्ष्यमा गरेको चियापान समारोहका विषयमा। चियापान समारोहमा विदेशी कूटनीतिज्ञहरुलाई बोलायो भन्दै आलोचना गरिएको रहेछ।

6 Comments »

The URI to TrackBack this entry is: http://merosansar.blogsome.com/2005/10/22/sambhu-thapa/trackback/

  1. मर्ने बेला कमिलाको प्वॉख पलाउछ भन्थे , साच्चै पो रहेछ

    Comment by साऊदीको कामदार — October 23, 2005 @ 5:59 am

  2. gynandra ko pukh palayako nai ho ta ?
    ki dai la bolaya ko ha ? boka lai tha dinu hai !

    Comment by boka — October 23, 2005 @ 6:05 am

  3. जनताहरुलाई अन्धो भनाईसके पछि ।
    जनताको हक अधिकार लुटिसके पछि ।
    यो सरकारलाई अब कसको ख्याँस ख्याँस ।
    जनता सदाको लागि निदाईदिए पछि ।
    उसलाई त मैले चिने, रातमा निस्कने भूत रहेछ उनि
    उसले त मलाई थुने, लेखक, संञ्चारकर्मी रहेछ भनि
    ऐन कानुन फेरे, रातारात घेरे, जनताका सम्पती लुटे
    राति राति निस्कन थाले, चौठौं अंङ्गको भूतरहेछ उनी ।

    Comment by Nepal Payaaraa — October 23, 2005 @ 9:40 am

  4. चोरहरुले देश खाने भए अव सवैले वेलै सोच्नु पर्दछ । जनता अव जाग्नु पर्दछ
    चिज

    Comment by Chij Kumar Shrestha — October 23, 2005 @ 10:00 am

  5. sarkari media le je bhane pani kasaile pani pataudeian. sarkari bhat haru le bhanako pataune murkha koi chain hola.

    Comment by samar — October 23, 2005 @ 1:16 pm

  6. umesh ji tapain lai bholi dekhi blog banda garne aadhesh aauna sakchha hai be careful… hami bidesh ma basne nepali lai thulo gun lagaunu bhayeko chha tapain lai sahayo g garna nasake pani tapain le gareko kam lai salut gardachhu

    Comment by kaile — October 24, 2005 @ 12:43 am

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Get free blog up and running in minutes with Blogsome | Theme designs available here

hit counters
Domestications
Advertisement text: credit card, device used to obtain consumer credit at the time of purchasing an article or service. Credit cards may be issued by a business, such as a department store or an oil company, to make it easier for consumers to buy their products. Alternatively credit cards may be issued by third parties, such as a bank or a financial services company, and used by consumers to purchase goods and services from other companies. There are two types of cards&mdash;credit cards and charge cards. Credit cards such as Visa and MasterCard allow the consumer to pay a monthly minimum on their purchases with an interest charge on the unpaid balance.