कान्तिपुर एफएमको साइटमा सरकारी प्रतिबन्ध ?
अपडेट २ सरकारले प्रतिबन्ध लगाएको हैन जस्तो लाग्यो। साउदी अरबका एक पाठकले भर्खरै च्याटमा त्यहाँ पनि साइट नखुलेको जानकारी दिए। कान्तिपुरले नै झूर सर्भरमा होस्ट गरेको जस्तो छ यो साइट। (राति ९ बजे)
अपडेट १ कान्तिपुर दैनिकको अन्तिम पृष्ठमा आधा पेज ढाकिने एफएमको साइटको विज्ञापन अहिले साँझ देखेपछि शंका लाग्यो- कतै सरकारले यो साइटमाथि प्रतिबन्ध लगाएको त हैन ? www.kfm961.com टाइप गर्दा मेरो वर्ल्डलिंकको इन्टरनेटबाट अझै पनि पेज खुल्दैन। तर प्रोक्सी साइटबाट चलाएर हेर्दा भने खुल्यो। यद्यपि साइट निकै ढिला खुलिरहेको छ। प्रोक्सीबाट खुल्ने, सिधै नखुल्ने त प्रतिबन्ध लगाइएका साइटहरुमा मात्र हुने गर्थ्यो। यद्यपि, साइट होस्टिङमा खराबी भएको पनि हुनसक्छ। विदेशमा यो साइट खुल्छ कि खुल्दैन, कमेन्टमा लेख्नुस् है ! (साँझ ७ बजे)
“लञ्च”पछि पनि खुलेन कान्तिपुर एफएमको साइट
२०६२ कात्तिक ६ आइतबार
आफ्नो सातौं वार्षिकोत्सवका अवसरमा कान्तिपुर एफएमले हिजो राति एफएम र टेलिभिजनमा एक साथ एक भड्किलो उत्सव लाइभ प्रसारण गरेको थियो। आरजेहरु अंगालो हाल्दै नाच्दै राति सामान लुट्न आउने सरकारलाई गिज्याइरहेका थिए। गायकगायिकाहरुले गीत गाएका थिए। अनि त्यही कार्यक्रममा एफएमका अध्यक्ष हेमराज ज्ञवालीले देशविदेशका स्रोताहरुका लागि भन्दै ल्यापटपमा बटन थिचेर कान्तिपुर एफएमको अफिसियल साइट लञ्च गरेका थिए। साइबरका बारेमा आरजेहरुको ज्ञान कतिको रहेछ भनेर त त्यति बेला नै देखियो। आरजे भन्दै थिए, कान्तिपुर एफएमको आधिकारिक साइट kfm961.com.np तर लञ्चपछिको प्रोमोमा भनियो kfm961.com मात्रै। वेब एड्रेसमा एउटा अक्षरमात्र यताउता भए पनि पेज खुल्दैन भन्ने ज्ञान नै रहेनछ उनीहरुमा। लञ्चपछि कस्तो रहेछ त साइट भनी हेरौं न भनेर हेर्दा दुवै एड्रेसमा पेज खुलेनन्। kfm961.com.np त दर्ता नै भएको रहेनछ, मर्कण्टायलको एनपी डोमेन सर्च गरी हेर्दा। kfm961.com पनि यी शब्द टाइप गरिरहँदा अपराह्न साढे १ बजेसम्म खुलेको छैन। साइट बनेकै छैन भने लञ्च गर्न किन हतार भएको हो ? कि अस्ति प्रहरीले सामान लुटेर लाँदा साइट चलाउन चाहिने कुरा पनि लुटेर लगेका हुन् ???


khulyo hau khulyo hamro ma ta nepal ma net ko problum le garda nakhuleko huna sakchha bistarai kholne ta ho ni hatar garera pani hunchha ta umesh ji . hatar garyo bhane sabai kam bigrinchha bhanne thaha chhaina sabai kura ko maja lina jannu parchha k ..
alchhi ko purpuro
Comment by alchhi no 1 — October 24, 2005 @ 12:16 am
umesh bro aaja tapain ko site pani kehi samaya ko lagi raja ko pic matra aaune bhayeko thiyo ta ahile bharkhar matra thik bhayeko chha . kantipur fm ko site europe bata ta hernu mileko chha tapain le lekheko chai hoina yo chai hernu ta pakka pani khulchha hola http://www.kantipurfm961.com/ la struggle gari rahanu bhayeko chha thulo safalta milos yehi subhakamana.
———————————————-
लौ, यो साइट त तु. खुल्छ त। हैन साथी, अफिसियल रुपमा त kfm961.com प्रचार भएको छ। आज कान्तिपुरको विज्ञापनमा पनि त्यही एड्रेस छ। यो नयाँ साइट चाहिँ कहाँबाट भेट्टाउनु भो गाँठे तपाईँले ? -उमेश
Comment by kaile — October 24, 2005 @ 12:28 am
Khulcah Yar Daami Khulcha……From Pacific Region.
Comment by THE Boss — October 24, 2005 @ 9:56 am
Umesh Je! Tapaiko Aanusar! Bedesh bata Yoo site (विदेशमा यो साइट खुल्छ कि खुल्दैन, कमेन्टमा लेख्नुस् है ) Khulcha.
Thechomi
Comment by Nilan — October 24, 2005 @ 10:17 am
Khulchha ni ramrari ani khulchha so fast.
thx
chij
Comment by Chij Kumar Shrestha — October 24, 2005 @ 10:38 am
Khulna ta khulo, tyo kaile jee le deko website but sunna sakiyena ho.
kasaree sunee ho, umeshje eko podcast sunna sajilai sakiyo tara yo kantipur FM sakiyena.
Comment by man bahadur, South Korea — October 24, 2005 @ 4:23 pm
Nepali haru lee pani dami site banauda rahechan vanne thaha vayo kantipur FM ko site herera….. Germany ma ta dami speed le chulcha……..Sayed Nepal ko internet speed le dhoka diyo hola tapailai….
Comment by Aavash — October 27, 2005 @ 3:44 am
majja le khulcha…………. KFM simply the best
sydney, australia
Comment by rakesh — February 19, 2008 @ 2:17 pm
Bangladesh ma ta kfm961 ko page khuleko 6ina tara yaha ta net ko problem 6ina ta shaati. sayad sarkar le nai rok laghayeko po ho ki?
Comment by Sunita — June 20, 2008 @ 9:14 am