पडकास्टको परीक्षण प्रसारण
२०६२ कात्तिक ७ सोमबार
दसैंभर म पडकास्टको बारेमा सोधखोज गरिरहेको थिएँ। विदेशमा पडकास्ट ज्यादै लोकप्रिय भइसक्यो। सन् २००४ लाई ब्लगको वर्ष भने जस्तै २००५ लाई पडकास्टको वर्ष भनिएको छ। नेपालीमा पडकास्ट कतै देखिनँ मैले। अहिले फूर्सद पनि भएको बेला किन नेपालीमा पडकास्ट नगर्ने त भन्ने विचार आयो र सुरु गर्ने जमर्को गरेको हुँ। आजको परीक्षण प्रसारणमा समाचार राखेको छु। यस्तो समाचार दिनहुँ दिन पाए हुन्थ्यो। तपाईँहरुको साथ पाएमा दिनहुँ पनि गर्नेछु। समाचार बाहेक अरु विविध विषय र सांगीतिक पडकास्ट पनि म गर्न जमर्को गर्नेछु।
मेरो संसारको पहिलो पडकास्टको परीक्षण प्रसारण डाउनलोड नगरी सिधै सुन्न यहाँ क्लिक गर्नुस्।
डाउनलोड गरेर सुन्न चाहनुहुन्छ भने यहाँ राइट क्लिक गरेर सेभ टार्गेट एज गर्नुस्।
आफ्ना सल्लाह, सुझाव लेख्न नबिर्सनु होला नि फेरि।


Umesh ji,
This is a very novel effort. I heard the voice news content and found very candid way of bringing the news to all. I wish best in the days ahead….
Chankhe
Comment by Chankhe — October 24, 2005 @ 2:42 am
lau umesh ji dherai ramro chha … daily पडकास्ट rakhnu hola hai saknu bhaye samma ..
tapain sanga chhito bhetne aasha ma
Comment by kaile — October 24, 2005 @ 3:08 am
very good work.
Comment by dpk — October 24, 2005 @ 5:04 am
ARE WA UMESH JI!!!!!!!!!!!!!!
Sarkar le purbanchal ma FM chaluna nadine bhaneko thio but u have been able to broadcast throught the world.
It’s good effort . Infact tapile tyo RANA and shah ko jagir choder pakka and pabitra hune bhayeko cha prajatantra kolagi ladna.
Hope u will soon find good job.
Comment by Deepak — October 24, 2005 @ 5:28 am
Great Job! I think you should keep it up.
Comment by LA — October 24, 2005 @ 6:57 am
नेपालीमा पडकास्ट प्रसारण अति लोकप्रिय हुनेछ ।
Comment by prakas — October 24, 2005 @ 7:16 am
Thsi is a new step .
Wish You All the Best !!!
Comment by B1jel — October 24, 2005 @ 9:01 am
राम्रो प्रयास, Keep it up
Comment by THE BOSS — October 24, 2005 @ 10:04 am
ओ उमेशजी,
सर्वप्रथम पडकास्ट परीक्षण प्रसारण गरी देश विदेशका नेपालीहरुलाई सत्य तथ्य समाचार उपलब्ध गर्ने जमर्को गर्नुभयो । यसको लागि धन्यबाद दिन चाहन्छु । र साथमा अहिलेको देशको यो घडीमा मलाई यो विधिको समाचार प्रसारण निकै उपयुक्त लाग्यो । सकेमा यसलाई निरन्तरता दिएर सबै नेपालीहरुलाई सचेत र सावधान गर्राईदिनुहुन विनम्र अनुरोध गर्दछु । आवश्यक परे मबाट हुनसकेको सहयोग र्ने वाचा गर्दछु । निलन कुमार थेच्वमि
Comment by Nilan — October 24, 2005 @ 10:13 am
रोकेर रोक्न सक्दैनन, विहानीको किरणहरुलाई..
छेकेर छेक्न सक्दैनन्, सृजनाशील दिमागहरुलाई
लुटेर सक्ने छैनन्, विद्वानहरुका बुद्धिहरुलाई…
थुनेर थुनिने छैनन्, पत्रकारका आवाजहरुलाई..
काटेर सक्ने छैनन्, कलमवीरका औलाहरुलाई..
भूलेर भूल्ने छैनन्, हत्याराहरुका हर्कतहरुलाई..
मागेर पाउँने छैनन्, शोषककहाँ अधिकारहरुलाई…
Comment by Nepal Payaaraa — October 24, 2005 @ 12:40 pm
उमेशजी तपाइँको प्रयास राम्रो छ। तर आर्थिक तथा अन्य वातावरणले यस्ता काम प्रभावित गर्ने भएकाले कसरी निरन्तरता दिने भन्नेबारे शुरुमै सोच्नु जरुरी छ। कति दिन खल्तीको पैसाले काम गर्ने?
वेब प्रकाशनहरूमा विज्ञापन दिने चलन नेपालमा पनि शुरु भएको छ। यो गतिलाई समात्न सक्नुभयो भने असंभव छैन। तर त्यसका लागि विज्ञापन बेच्न सक्ने छुट्टै संस्था वा व्यक्तिको आवश्यकता हुन्छ।
मेरो संसारमै किन जाने? कान्तिपुर वा नेपालन्यूजमा गए पुग्दैन र? यसो भन्ने पाठकहरूलाई तान्न गल्ली-गल्लीमा भएका राजनीतिक गतिबिधिहरू जस्ताको तस्तै दिन सक्नुपर्छ। यसका लागि अहिलेको राजनीतिक वातावरणले पनि साथ दिएको छ।
म आफैं मेरो संसार ब्लगमा पहिलोपल्ट कसरी आएको थिएँ भने एकजना साथीले यो साइटमा सात दलले गरेका प्रदर्शनहरूमा लगाइएका नाराहरू जस्ताको तस्तै रेकर्डिङ् गरेर राखिएका छन् भनेका थिए।
त्यसपछि मैले यो साइट केही साथीहरूलाई सिफारिस गरेँ। लण्डनस्थित विद्यावारिधि गरिरहेका एक नेपाली मित्रले पछि यसो भने मलाई, “कति कुरा त राम्रै छन् तर धेरै लिङ्क डेड छन्, ब्राउज गर्नलाई मेनुहरू पनि असजिला लाग्ने र कतिपयले घटिया गाली-साली पनि लेखेका हुँदा रहेछन्।” यी कुरा वास्तवमा अरूको पनि मनमा खड्किएको हुनुपर्छ।
हामी सेन्सरसिप बिरोधी कुरा गर्छौं, पूर्ण प्रेस स्वतन्त्रताको कुरा गर्छौं। तर यो व्यक्तिगत गाली-सालीमा ओर्लिनेहरू हामीले कुरा गरेको प्रेस स्वतन्त्रताभित्र पर्दैनन्। तिनीहरूले ठाउँ पाइराखेमा भलाद्मी पाठकहरू विस्तारै किनारा लाग्ने छन् र अन्ततः वेबसाइट नै बन्द गर्नुपर्ने स्थिति आउने छ। यो मेरो विश्लेषण होइन, सन् ९० को दशकमा मैले एउटा वेब साइट चलाउँदाको अनुभव हो।
उही कुमार लामा, लण्डन
Comment by उही कुमार लामा — October 24, 2005 @ 2:55 pm
Your effort is really laudable. Please keep it up.
Comment by Ram — October 24, 2005 @ 4:32 pm
uhi kumar lama ko kura ma ramro sanga dhyan denuhola la.
Comment by samar — October 24, 2005 @ 6:24 pm
umesh ji sarai ramro chha dinahu dinu hola hami le sakeko sahayog garna tayar chhaun hami qatar ma raheka 20 nepali le yo auta computer ma tapaiko blogging herna ra sunna payaka chhaun yo samachar le ta ajha ramailo bhayo
Comment by rajendra prasad nyaupane — October 24, 2005 @ 7:55 pm
Umesh,
I loved it. I was really hoping for some development like this. You are the pioneer of podcasting in Nepal.
Great Work.
Comment by Ujjwal Acharya — October 24, 2005 @ 9:41 pm
Umresth Jee,
You did highly acclaimed job. I really appriciated it. Keep going.
Comment by uttam — October 27, 2005 @ 5:45 am